arrow

पाल्पाका स्थानीय तहलाई सरकारीको जिम्मा

logo
प्रकाशित २०७५ वैशाख ५ बुधबार
palpa2.jpg

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनमा भएको एक कार्यक्रममा जिल्लामा दर्ता भएका सहकारी सम्बन्धित स्थानिय तहलाई जिम्मा दिइएको छ ।

स्थानिय तहमा जनप्रतिनिधि आइसकेपछि स्थानिय तहलाई बलियो र स्थानिय स्तरबाट नै सेवा दिन सहकारीहरु स्थानिय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला स्तरका कार्यालय स्थानिय तहमा गएपछि कार्यक्रम गरी जिल्लामा दर्ता रहेका २ सय ४० सहकारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । बैशाख ४ र ५ गते तानसेनमा भएको कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले सहकारीका अभिलेख सम्बन्धित नगर तथा गाउँपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गर्दै यस्ता प्रक्रियाले सहकारीकर्मीलाई सहज र स्थानीय तह थप बलियो हुने बताए । गरिबी अन्त्य गर्न सहकार्यमा सञ्चालन भएको सहकारीले जिवन स्तर माथि उठाउन बिभिन्न भुमिका खेलेको पनि ढकालले बताए । यसैबिच डिभिजन सहकारी कार्यालय अन्तर्गतका अन्य ४८ वटा सहकारी प्रदेश सरकारलाई हस्तान्तरण गरिने भएको छ ।

८ गाउँपालिका र २ नगरपालिका रहेको जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रशासकीय अधिकृतहरुलाई सो अभिलेख हस्तान्तरण गरिएको हो । जिल्लामा दर्ता भएर बिभिन्न स्थानमा रही सञ्चालन हुदै आएको सहकारी मध्ये रामपुर नगरपालिकाका २८ र तानसेन नगरपालिकाका ५८, निस्दी गाउँपालिकाका १९, पूर्वखोलाका १५, रम्भाका १९, माथागढीका २१, बगनाशकालीका ४०, रिब्दीकोटका ३५, रैनादेवी छहराका ३२ र तिनाउका २२  सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

 सहकारी हस्तान्तरण गर्दै डिभिजन सहकारी प्रमुख कृष्णबहादुर बोहोराले स्थानीय जनताको आवश्यकता र नीति अनुसार सहकारी व्यवस्थापन, दर्ता, खारेजी तथा कारवाही गर्न सक्ने जिम्मेवारीका साथ स्थानीय तहलाई अधिकार सहितको अभिलेख बुझाइएको बताए ।

जिल्लामा २ सय ८८ वटा सहकारी रहेकोमा दुई र दुई भन्दा बढी जिल्लामा कार्यक्षेत्र भएका सहकारीलाई भने प्रदेशमा हस्तान्तरण गरिनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ