arrow

काठमाडौं महानगरले शुरु गर्‍यो निजी विद्यालयको अनुगमन

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
kathmandu-metro-final-final.jpeg

काठमाडौं। काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको अनुगमन शुरु गरेको छ । 

नयाँ शैक्षिकशस्त्र शुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “वैशाख महिना भर्ना लिने महिना हो यो समयमा कामपाले नियमित रुपमा अनुगमन गर्ने छ ।” 

शुल्क भौतिक संरचना बमोजिम केन्द्रित हुने भएकाले अनुगमनका क्रममा अनुचित भए सम्झाइ बुझाइ गर्ने र नमाने थप कारवाही गर्ने पनि अर्यालले भन्नुभयो । कामपाले गत असोजदेखि विद्यालय गाभ्ने र नयाँका लागि अनुमति दिने विषयमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिले अनुगमन गरिरहे पनि वैशाख महिना भर्ना लिने महिना भएकाले विशेष रुपमा अनुगमन गरिरहेको हो । 

हाल कामपामा १०० सामुदायिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जस्मा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरूप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ । चालू आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि कामपामा आवेदन परेको छ भने चालू रहेका विद्यालयमा कक्षा थपका लागि १०० निवेदन परेको छ । 

विसं २०११ देखि नक्शाङ्कनका आधारमा विद्यालय खोल्न दिनुपर्छ भन्ने अवधारणाका साथ विद्यालय सञ्चालन हुँदै आए तापनि विसं २०२८ मा आएको शिक्षा ऐनको आधारमा थप विद्यालयका लागि अनुमति दिइदै आएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ