arrow

किन अड्कियो कामपामा शौचालय निर्माणको काम ? 

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
kathmandu-metro-final-final.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भन्दै आएको आधुनिक शौचालय निर्माणको काम अझै अघि बढ्न सकेको छैन । 

पाँचवटा निर्माण कम्पनीले निर्माणका लागि लागत खर्चसहित योजना पेश गरेपनि कामपाले भनेअनुसारको डिजाइन नआएकाले काम शुरु हुन नसकेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनले भने, “शौचालय निर्माणका लागि करीव रु १७ लाखसम्मको लगानी गर्ने कामपाको योजना छ, आएका जति पनि डिजाइनहरु कामपाको योजनाभन्दा बढी मूल्यको रहेकाले काम अघि बढ्न नसकेको हो ।” 

महानगरलाई निर्माणका लागि सानो स्थान, कम पानी प्रयोग र दैनिक प्रयोग कर्ताको रेकर्ड राख्ने किसिमको निर्माण गर्नुपर्नेछ । 

आएका सबै प्रस्तावहरु रु ३० लाख देखि ४० लाखसम्म लागतका, निर्माणका लागि धेरै स्थान लिने र सुविधा पनि कम भएका छन् । 

विभिन्न कामकाजका लागि सडकमा आवतजावत गर्ने नागरिकलाई सेवा दिन भन्दै कामपाले करीव सात महिना अघिनै कामपाका विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने बताएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ