arrow

ललितपुर महानगरपालिकावासी स्वास्थ्य सेवाबाट वञ्चित

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
lalitpur_mahanagarpalika_hamrakura1.jpg

ललितपुर। ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन्। महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्था नहुँदा महानगरवासीले सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा पाएका छैनन्। 

उपमहानगरपालिका हुँदादेखि नै बासिन्दाले नगर अस्पतालको माग गर्दै आएका थिए। ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्की महानगरपालिकावासी उपचारका लागि काठमाडौँका सरकारी अस्पताल वा यहीँका निजी अस्पताल जान बाध्य भएको बताउन्छन्। उनी भन्छन्, “महानगरपालिकाभित्र स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र छैनन्।”

महानगरपालिकामा नगरस्तरको स्वास्थ्य संस्था नहुँदा सबैभन्दा असर मातृशिशु स्वास्थ्यमा परेको छ। महानगर क्षेत्रमा २० मातृशिशु क्लिनिक छन्। ती क्लिनिकलाई ‘बर्थिङ सेन्टर’ बाट सिफारिस गरेर बिरामी कहाँ पठाउने भन्ने समस्या छ। कार्की भन्छन्, “जटिल समस्या आउँदा कि प्रसूति गृह वा किष्ट अस्पतालमा पठाउने गरिन्छ।” आर्थिक रुपमा सम्पन्न निजी स्वास्थ्य संस्थामा गए पनि शहरी गरीबहरु सरकारी स्वास्थ्य संस्था नहुँदा समस्यामा छन्।

जनप्रतिनिधिले निर्वाचनका क्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए। उनी भन्छन्, “जनप्रतिनिधिले एक वर्ष मात्रै काम गरेकाले अझै आशा गर्ने समय छ।” लामो समयदेखि जिल्ला अस्पतालको सुविधा लिएको पाटन अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ समेत लागु गरेको छैन। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ