arrow

शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
teacher.jpeg

नवलपरासी। पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा समेत रोक्का गर्ने रणनीति बनाएको छ। यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएपछि शिक्षा क्षेत्रको सुधारका लागि यस्तो रणनीति बनाएको गाउँपालिकाले जनाएको छ।

शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले उचित रणनीति अघि बढाएर शैक्षिक गुणस्तरीयता प्रदान गर्न नसक्ने शिक्षकको हकमा पाउँदै आएको सेवा सुविधासमेत रोक्का गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले जानकारी दिए।

वास्तविक नतिजा अनुसार तीन सय १५ जना विद्यार्थीमध्ये कक्षा ८ मा यसबर्ष चारजना मात्र विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष बस्ताकोटीले जानकारी दिए। गुणस्तरीय शिक्षाका लागि विद्यालय गाभिएदेखि काम अघि बढाएको छु अध्यक्ष बस्ताकोटीले भने, “ शिक्षक शिक्षिकाका सेवा सुविधासम्म रोक्का गरेर भए पनि आउँदो वर्ष शिक्षाको नतिजामा निकै सुधार ल्याउन अब गाउँपालिका अगाडि बढ्छ ”

गाउँपालिकाले पूर्वी नवलपरासी जिल्लाको पहाडी क्षेत्रको अति विकट स्थानीय तह मानिने बुलिङ्टार गाउँपालिकाको शिक्षा गुणस्तर सुधारका लागि विशेष कार्ययोजना अघि बढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए।

यस प्रकारको खस्किँदो नतिजाले गाउँपालिकाको बेइज्जत भएकाले गुणस्तरीय शिक्षाका लागि काममा ठगी गर्ने शिक्षकको सेवा सुविधासमेत रोक्का गर्ने अध्यक्ष बस्ताकोटीले जानकारी दिए।

यस बुलिङ्टार गाउँपालिकामा हाल एक उच्च माविसहित ४४ वटा प्रावि र निमावि रहेका छन्। हाल यस गाउँपालिकामा कूल २० हजार जनसंख्या रहेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ