arrow

यसकारण गर्दैछ काठमाडौं महानगरपालिकाले मोदीलाई अभिनन्दन

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
kathmandu-metro-final-final.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गर्दैछ । बैशख २८ गते मोदी दुई दिने नेपालको औपचारिक भ्रमणमा आइरहँदा  पहिलो दिन नै जनकपुरमा प्रदेश नम्बर २ ले नागरिक अभिनन्दन गर्दैछ । 

मोदी सो नागरिक अभिनन्दनपछि काठमाडौं काठमाडौं आउने छन् । उनलाई टुडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्नेछ । अर्को दिन अर्थात् बैशाख २९ गते शनिबार काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा मोदीलाई नागरिक अभिनन्दन गर्दैछ । 

यो नागरिक अभिनन्दनलाई मोदीको पहिलो नागरिक अभिनन्दनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन नपाउने भएपछि गरिएको भनी गलत प्रचार गरिएको छ । 

ओली जनकपुर गए पनि मोदीलाई स्वागत गरी जानकीमन्दिरमा संयुक्त पूजापाठपछि फर्किने छन् । मोदीको रंगभूमि मैदानमा भव्य नागरिक अभिनन्दन हुनेछ । 

काठमाडौं महानगरपालिका वडा २६ का वडाध्यक्ष ख्यामराज तिवारी भने, ‘काठमाडौं महानगरपालिकाले हरेक देशका कार्यकारी औपचारिक भ्रमणमा आउँदा नागरिक अभिनन्दन र महानगरपालिकाको साँचो हस्तान्तरण गर्दै आइरहेको र सोही अनुसार २९ गते दिउँसो २ बजे भारतीय प्रधानमन्त्री ज्यूको नागरिक अभिनन्दन हुनेछ ।’

उनले जनकपुरमा प्रधानमन्त्री ज्यू नागरिक अभिनन्दनमा सरिक हुन नपाएको बदलामा यहाँ गर्न लागिएको नभएको बताए । उनले भने ‘यो महानगरपालिकाको परम्पराअन्तर्गत भएको हो ।’

यो अभिनन्दनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ