arrow

शुद्धोधनमा ५ ऐन पारीत

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
suddhodhan1.jpg

कपिलवस्तु ।  शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुले ५ वटा विभिन्न ऐनहरु पारीत गरेको छ । लवनीमा सम्पन्न दोस्रो गाउँसभावाट उक्त ऐनहरु सर्वसम्मती रुपमा पारित भएका हुन् । पारित ऐनमा शिक्षा ऐन २०७५,प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन २०७५ , स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्यविधि २०७५ ,न्याय समित कार्यविध २०७५ र एकिकृत सम्पत्ती कर व्यवस्थापन कार्यविधि २०७५ पारीत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ द्धारा पस्तुत गरिएको उक्त ऐनहरु सर्वसम्मती वाट पारित भएका थिए । गाउँपालिकाकामा परिषद वाट पारित योजनाहरु मध्ये ७० प्रतिशत योजना सम्पन्न भएको र अन्य कामहरु सम्पन्न हुने क्रममा रहेको बताए ।

कार्यक्रममा वोल्दै सांसद अतहर कमालले गाउँपालिका आर्थिक विकासको लक्ष्य पुरा गर्न लागेको हुँदा अव गाउँपालिकाले समामाजिक विकास तर्फका कामहरु गरि शिक्षित गाउँपालिका र न्यायिक गाउँपालिका वनाउन पर्ने वताए । उक्त महिला, शिक्षा तथा सामाजिक विकासको लागी गाउँपालिका, प्रदेश सभा सदस्य र प्रतिनिधी सभा सदस्य मिलेर एकिकृत रुपमा कार्यक्रमहरु लैजानको लागी गाउँपालिकाले नेत्तृत्व लिनु पर्ने वताए । त्यस्तै भारतका लागी नेपाली पुर्व राजदुत दिपकुमार उपाध्यायले स्थानीय जनप्रतिनिधीहरुले जनताको दुःख र मर्म वुझेर पुर्वाग्राही नराखी काम गरेमा राम्रो नतिजा दिन सकनिे बताए । त्यसको लागी आवश्यकतामा आधारीत योजना छनौट गरी वस्ती तह सम्म काम गर्नुपर्ने बताए ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद  पोख्रेललले स्थानीय तहका पदाधीकारीहरुले निति निर्माण गरी सँरक्षकको भुमीकामा वसी विकास गर्नुपर्ने वताए । योजना तथा गाउँपालिका सँचालनका कार्य सम्पन्न गर्न कर्मचारीहरु सक्षम रहेको समेत पोख्रेलले वताए ।  गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँको अध्यक्षता उपाध्यक्ष सुधादेवी पाण्डेयको स्वगत र नायव सुब्बा इश्वरी प्रसाद न्यौपानेको सँचालनमा दोस्रो गाउँ सभा सम्पन्न भएको थियो । कार्यक्रममा शुद्धोधन गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकिय अधिकृत अन्नतपाणी मरासिनी, वडा अध्यक्ष मनोज कुमार यादव लगायतले शुभकामना दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ