arrow

स्थानीय तहले जोड्यो कुमाल समुदायका घरमा खानेपानी धारा

logo
सीता डोटेल
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
rampur_palpa.png

पाल्पा ।  रामपुर नगरपालिका वडा नम्बर ६ ले वडाका ६० विपन्न परिवारमा ५० प्रतिशत अनुदानमा खानेपानीको धारा जडान गरिदिएको छ ।

रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाको क्षेत्र भित्र रहेर पनि आर्थिक अबस्था कमजोर भएर धारा जडान नगरेका कुमाल समुदायका घरमा वडाले सहुुलियत  स्वरुप धारा जडान गरेको वडाअध्यक्ष हुुमनाथ न्यौपानेले जानकारी दिए । यहाँ कुमाल समुदायको बाक्लो वस्ती रहेको छ । झण्डै ८० घर परिवारमा धारा जडान गर्न बाँकी रहेको थियो । स्वास्थ्य र सरसफाईका लागि महत्वपुर्ण पानीको धारा जडानले नगरपालिकाले घोषणा गरेको ‘‘एक घर एक धारा जडान’’ कार्यक्रमलाई सफल पार्न महत्वपुुर्ण भुमिका खेल्नेछ । आर्थिक अबस्था कमजोर र आम्दानीको राम्रो प्रबन्ध नभएको घर किटान गरि धारा जोड्न बाँकी कुमाल समुदायका घरमा आधा छुुटमा धारा जडान गरिएको न्यौपानेले बताए। अझै २० घरपरिवारमा बाँकी छ न्यौपानेले भने । ६ घरमा पुरै सहुुलियतमा जडानको लागि परामर्श गरेका छौ । ४ बर्षअघि देखि शुरु आयोजनामा कतिपय घरपरिवारले स्वतस्फूर्त रुपमा धारा जडान गरिसकेका छन् ।

समथर भाग भइकन पनि हिउँदको समयमा खानेपानी समस्या व्यहोर्न बाध्य कुमाल समुदायमा धारा जडानले सहजताको साथै आनीबानीमा समेत सुधार हुुने नगर प्रमुुख रमण बहादुर थापाले बताए। वडाको यो कार्यक्रम अन्य वडामा पनि बिस्तार गरिने थापाले बताए। धारा जडान संगै पँधेरा, खोलाबाट पानी भर्दै आएका स्थानीयहरु खुशी भएका छन् । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका थियौ गरीव, विपन्न परिवारका लागि वडा कार्यालयले धारा जडान गरेर गुन लगाइदियो तिलकपुरकी उषा कुमालले भनिन। ती घरधुरीमा प्रति घर दश १० हजार रुपैयाँ सहयोग गरी खानेपानी धारा जडान गरिएको हो । खानेपानीको समस्या केही हदमा हटेको छ । १ बर्षभित्रमा वडाका सबै घरमा धारा जडान गरिसक्ने वडा सचिब बासुदेव ढकालले बताए ।  

स्थानीय तहले खानेपानीको व्यवस्था मिलाई दिएकोमा एकदमै खुशी लागेको अर्का उपभोत्ता कृष्णबहादुर कुमालले बताए । उनले भने “गाउँका सबै छिमेकीका घर घरमा आयोजनाका पानी आउँदा निकै रहर लाग्थ्यो, बिना झन्झट जनप्रतिनिधि आफैले सबै प्रक्रिया मिलाएर घरमै पानी आउने गराइदिनुभएको छ ।”

यस्तै वडा नं. ६ ले अध्यारोमा बस्दै आएका रामपुर ६ का कुमाल समुदायका ११ घरमा बिजुली जडानका लागि वडा कार्यालयले मिटर बक्स सहयोग गरेको छ । वडाका सबै घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्यका साथ कुमाल समुदायमा बिजुली बत्ति जडान गर्न नसकेर अन्धकारमा बसेका एघार घरपरिवारलाई प्रति घरपरिवार दुई हजार चार सय ७९ रुपैयाँ बराबरको मिटर बक्स निशुल्क सहयोग गरेको हो । उनीहरुले मिटर जडान गरि वडामा बिल पेश गरिसकेका छन् । वडा कार्यालयले बिजुली बत्ती नबलेका परिवारको तथ्याङ्क संङ्कलन गर्दा १६ घरमा बत्ती नबलेको पाइएको थियो । जनप्रतिनिधिले अनुगमन गरि सो घरमा बिजुुली बत्ती बाल्न मिटर सहयोग गरेको हो । बाँकी घरमा पनि प्रक्रिया पुरा गरि १ महिनाभित्रमा वडाका सबै घरमा बिजुुली बत्ती पुगिसक्ने वडाअध्यक्ष न्यौपानेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ