arrow

एक करोड बराबरको मोवाइल चोरी हुदाँ पनि चोर पक्रिन सकेन प्रहरीले

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ १ मंगलबार
mee.png

बुटवल । बितेको पाँच वर्षमा बुटवल र भैरहवा क्षेत्रबाट मात्रै एक करोडबढीको मोवाईल चोरी भएको छ । श्रृंखलाबद्ध रुपमा भएको मोवाईल पसल चोरीका कारण मोवाईल ब्यवसायिले एक करोड नोक्सानी ब्यहोर्नु परेको हो । बुटवल क्षेत्रमा महिनै पिच्छे पसलमा चोरी हुँदा प्रहरी प्रशासन मुखदर्शक बनेको र चोरी कार्यमा संलग्न यसै उम्किने गर्दा ब्यवसायि त्रसित समेत बनेका छन् ।

तर प्रहरी प्रशासनले आश्वासन मात्र दिने गरेको ब्यवसायिहरुले आरोप लगाएका छन् । मंगलबारमात्र बुटवल ट्राफिकचोकमा रहेको सिद्धबाबा इन्फोटेकमा १५ लाख बढीमा मोवाईल लगायतका इलोक्ट्रोनिक समान चोरी भयो । चोरी कार्यमा संलग्नको खोजि गर्नका लागि ईलाका प्रहरी कार्यालय बुटवलले आश्वासन मात्र दिएको बुटवल उद्योग बाणिज्य संघ मोवाईल बस्तुगत समितिका सभापति विष्णु ज्ञवालीले बताए ।

एभरेष्ट मोवाईलका संचालक समेत रहेका ज्ञवालीले यसअघि पनि मोवाईल पसलमा चोरी हुने गरेको तर प्रहरीले चोरी कार्यमा संलग्नको खोजी गर्नुका साटो आश्वासन मात्र दिएर उम्कीने गरेको गुनासो गरे । उनले प्रहरीले आश्वासन दिनेमात्र होईन चोरी कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर ब्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताए ।

यस्तै क्यान रुपन्देहीका उपाध्यक्ष रामुदेव गौतमले पालैपालो गरि मोवाईल पसलमा चोरी हुँदा ब्यवसायिलाई त्रसित पर्ने कार्य गरेको बताए । मोवाईल बस्तुगत समितिमा मात्र बुटवल क्षेत्रका दुई सयबढी पसल ब्यवसायिहरु आवद्ध छन् । भने वितेको पाँच वर्षमा मात्र श्रृंखलाबद्ध भएको चारीमा एक करोडबढीको चोरी भएको छ ।

बुटवल र भैरहवा क्षेत्रका गणेश इलेक्ट्रोनिक, श्री आर एस, आरएस मोवाई, एटु मोवाईल, सविन मोवाईल, विशाल मोवाईल लगायतमा ठुला र अन्य साना ठुला गरि १० मोवाईल पसलमा चोरी भएको छ । पाँच वर्षको यो अवधिमा चोरी कार्यमा संलग्न एक जना पनि पक्राउ नपरेको मोवाईल समितिका अध्यक्ष ज्ञवालीले बताए । यसैबीच ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक केशव भट्टराईले मोवाईल चोरीमा संलग्नको खोजि भई रहेको बताउँछन् ।

उनले एक महिना अगाडी अमरपथमा रहेको सचिन मोवाईलमा भएको चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको र फरार दुई जनाको खोजिका लागि अनुसन्धान भई रहेको बताए । मोवाईलको आइएमइ कोर्ड ट्रयाक गर्ने कार्य नेपालमा मात्र सम्भव नभएको उनको भनाई छ । नेपालमा चोरी भएका मोवाईल भारतमा र भारतमा चोरी भएका मोवाईल नेपालमा ल्याउने कार्य हुने भएकाले चोरी कार्यमा संलग्नलाई नियन्त्रण गर्न समस्या भएको बताए । उनले सूक्ष्म अनुसन्धान भने जारी रहेको बताए ।

मोबाइल समिति अध्यक्ष ज्ञवालीले सातदिन भित्र चोरी कार्यमा सम्लग्न पक्राउ नपरे, प्रहरी प्रशासन विरुद्ध प्रत्यक मोबाइल पसल अगाडि कालोझन्डा राख्ने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ