arrow

आम्दानीको स्रोत पहिल्याउदै स्थानीय तह

पर्यटकीय क्षेत्रको विकासमा स्थानीय तह

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ ५ शनिबार
pratinidhi.jpg

पाल्पा । विभिन्न कार्यक्रमहरु बनाएर कार्यन्यन गर्दै आएका जिल्लाका स्थानीय तहहरुले आम्दानीको स्रोतमा ध्यान दिन नसकिरहेका बेला जिल्लाको एक स्थानीय तहले आम्दानीको स्रोत पहिचानमा ध्यान दिएको छ । पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोतमा वृद्धि गर्न पूर्वखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रहरुको खोजी गरी पर्यटन व्यवसाय पर्वद्धन अभियान शुरु गरेको हो । गाउँपालिकाले वडा नं १ देखी वडा नं ६ सम्मका पर्यटकीय स्थलको पहिचान गरी पूर्वाधार विकास गर्दै सिङ्गो गाउँपालिकालाई पर्यटकीय गाउँपालिका बनाउन पर्यटकीय स्थलहरुको अध्यन अवलोकन शुरु गरेको हो ।  

सदरमुकाम तानसेनबाट ३५ किलोमिटर पूर्वमा रहेको पूर्वखोला गाउँपालिकालाई जिल्लाकै नमुना पर्यटकीय गाउँपालिका बनाउन वडा तहबाट पर्यटकीय स्थलहरुको पहिचान गरिएको छ ।   पूर्वखोला गाउँपालिका वडा नं २ जल्पा पर्यटकीय संम्भावनमा बोकेको स्थान हो ।  थुप्रै पर्यटकीय स्थलहरु हुँदा हुदै पनि तिनिहरुको संम्वद्र्धन र प्रचार प्रसारको कमीको कारण ओझेलमा पर्दै आएका छन् । स्थानीयनतहमा निर्वाचित जनप्रतिनिधीहरु आएपछि ओझेलमा परेका पर्यटकीय स्ललहरुको खोजी गरी संरक्षण  प्रवद्र्धनमा चासो दिएका हुन्  । जल्पा क्षेत्रका विभिन्न पर्यटकीय स्लहरुको पहिचान भएपछि पूर्वखोला गाउँपालिका वडा नं २ जल्पाले ग्रामीणस्तरमा पर्यटन विकास र संम्भावन विषयक कार्यक्रम गरी पर्यटन व्यवसायको विषयमा प्रचार प्रसार अभियान शुरु गरेको छ  ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पुर्वखोला गाउँपालिका आफैमा पर्यटकीय स्थल भएको बताउदै सांस्कृति, धार्मिक, प्राकृतिक रुपमा विकास गर्न सके  गाउँपालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए  । गाउँपालिका अध्यक्ष थापाले यस क्षेत्रमा मगर समुदायको बस्ती धेरै भएकाले उनीहरुको संस्कृति भेषभुषा खानपान लगायतका कुराहरुलाई उजागर गरी यस क्षेत्रको पर्यटनबाट आर्थिक विकास गर्ने, ब्राहमण समुदायमा भएको बालानाच, रोईला गीतलाई प्रवद्र्धन गर्दै आगामी बर्ष थप योजनाका साथ काम गर्ने  बताए ।  जल्पाको मगरी संस्कृति अन्तरगत मारुनी, करुवा नाच, घाटु नाच बचाउदै यस क्षेत्रमा मगरी होमस्टे सञ्चालनको लागि वडातहबाट योजना बनाई काम गर्ने वडा नं २ जल्पाका वडाअध्यक्ष निरबहादुर सारुले बताए ।  

जल्पा मगर समुदायको बाहुल्यता रहेको क्षेत्र भएकोले युवा शक्तिलाई परिचालन गरी कृषि पर्यटन र होमस्टे सञ्चालन गर्न सकिने होमस्टे एसोसिएसनका केन्द्रिय उपाध्यक्ष धनिश्वर बस्यालले बताए । तानसेन नगरपालिकाका समाजसेवी दयाराज पाण्डेले नजरमा जल्पा परम्पराकाल देखि नै पर्यटकीय स्थलको रुपमा चिनिएको बताए । पाल्पाको मध्य भागमा रहेको जल्पा क्षेत्रमा धार्मिक, एतिहासिक महत्वका ठाउँहरु प्रशस्त रहेका छन । प्राकृतिक रुपमा बनेका झरना, गुफा, लेकहरुले जल्पा आउने पर्यटकहरुलाई पटक पटक आउने गरी लोभ्याउने गरेको  समाजसेवी पाण्डेले बताए । केन्या बाट नेपाल घुम्न आएकी तेरिसा आलेभाले जल्पा क्षेत्र घुमघाको क्रममा अति राम्रो लागेको बताईन । जल्पा क्षेत्रको कला संस्कृति, मगरी समुदायको भेषभुषा, रहन सहन खानपानबाट प्रभावित भएको आलेभाले बताईन ।

अवलोकन पछि भएको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठ वडा नं ३ का वडाअध्यक्ष निलकण्ठ भट्टराई, जल्पा वडासदस्य भिमिसरा आले,  विमीसरा हिताङ्ग, वडां ४ का वडासदस्य मेयर सिंह थापा, समाजसेवी रामप्रसाद आचार्य, पदम दर्लामी, दामोदर न्यौपाने, बेदबस्याल, दामोदर अधिकारी, शसिल आचार्य, स्वास्थ्य चौकी प्रमुख रमेश सुनार लगायतले जल्पामा पर्यटकिय क्षेत्र धेरै भएकोले गाउँपालिकाले विशेष योजना बनाएर पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका थिए । नगरपालिकामा मात्र सिमित हुने गरेका पर्यटन गतिविधी गाउँपालिकाका वडा वडामा विस्तार भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ