arrow

रामपुर नगरपालिकामा पुुर्ण सरसफाईको स्टीकर टास तिब्र

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ ६ आइतबार
sticker.jpg

पाल्पा । रामपुर नगरपालिकाका घरमा पुर्ण सरसफाईको स्टीकर टासने कामले तिब्रता पाएको छ । नगरका २ हजार घरधुरीमा पुर्ण सरसफाई गर्ने कार्यक्रम अन्तर्गत स्टीकर टासको कामले तिब्रता पाएको हो ।

नगरपालिकाका मुख्य बजार क्षेत्र रहेको वडा नम्बर ४,५,६ र ७ नम्बर वडाका २ हजार घरधुरीमा पुर्ण सरसफाई कार्यक्रम सञ्चालन भएको हो । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले गत माघदेखि पुर्ण सरसफाई कार्यक्रम चलाएको हो । परियोजना अन्तर्गत अहिले रामपुर नगरपालिकाको आयोजनामा बिभिन्न सुचकको आधारमा जनचेतना जगाउदै सरसफाईमा समुदायलाई सजक गराउदै पुर्ण सरसफाई  सुचक पार गरेका घर तथा भवनमा स्टीकर टासिएको हो ।

 सफा, स्वच्छ क्षेत्र, नियमित चर्पीको प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित पानीमा पहुँच र प्रयोग, स्वच्छ ताजा खाना प्रयोग सम्बन्धी व्यवहार, घर बिद्यालय संघसंस्था सरसफाई र वातावरणीय सरसफाई जस्ता सुचक पुरा गरेपछि त्यो घर पुर्ण सरसफाई भएको मानिन्छ र त्यस घरमा हरियो स्टीकर टासँ गरिन्छ । रामपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित स्वास्थ्यको टिमले घरको अनुगमन गरि घरमा स्टीकर टासिएको हो । नगरका वडा नम्बर ४ र ७ मा झण्डै सबै घरको अबलोकन अनुगमन गरिएको नगर प्रमुख रमण बहादुर थापाले बताए ।

 सुचक पुरा भएका घरमा हरियो स्टीकर र सुचक पुरा नभइसकेका तर पुरा प्रगति नआएका घरमा समय सिमा दिएर निलो स्टीकर टासिएको नगर प्रमुख थापाले बताए । यी दुई वडाबाट नगरमा कार्यक्रम शुरु भएको हो । ती वडामा कार्यक्रम पनि सफलता उन्मुख छ थापाले थपे। वडा नम्बर ४ मा ३ सय घर हाराहारीमा हरियो स्टीकर टासिकएको वाँस कार्यक्रमका सामाजिक परिचालक सुन्दरी बस्ताकोटीले बताए । त्यस्तै वडा नम्बर ७ का ४ सय घरधुरीमा हरियो र १ सय १० घरधुरीमा निलो स्टीकर टासिँएको अर्का सामाजिक परिचालक गिता पौडेलले बताए । यी वडामा १ हजार बढी घरधुरी छन् ।

कार्यक्रमले प्रत्येक वडाका ५ सय घरधुरी गरि ४ वडाका २ हजार घरमा कार्यक्रम गर्ने भनेपनि वडामा हजार बढी घर भएपछि कुन घरमा गर्ने र कुनमा छोड्ने समस्या भएको वडा नम्बर ७ का अध्यक्ष तिर्थ पंगेनीले बताए । वडाका घर, संघसंस्था समुह, बिद्यालय भवन गरि ४ सय भवनमा हरियो स्टिकर टाँस गरिएको छ ।  आफैले गर्नुपर्ने काम सहज भएपनि वेवास्ताले नगरिएकोमा वाँसले ल्याएको अभियान साच्चिकै राम्रो रहेको रामपुर ७ मा रहेको शुभकामना आमा समुहका अध्यक्ष श्रीकला भट्टराईले बताइन् ।

 वडा नम्बर ५ र ६ मा केही दिन अघि मात्र अभियान शुरु भएको छ । अभियानको शुरुवातमा वडा भेला आयोजना गरि स्वच्छ, स्वस्थ्य र सरसफाईमा ध्यान दिन आग्रह गर्दै फोहोर संङ्कलनको लागि बाल्टी बितरण गरिएको थियो । अब यी वडामा पनि वडाका जनप्रतिनिधिको रहोवर र सहयोगमा घरधुरीको अनुगमन गरि सुचक पार गरेका घरधुरीलाई स्टीकर टाँस गरि नियमित सरसफाई गर्न र निलो स्टीकर भएका घरमा न्युनतम सुचक पुरा गर्न तर्फ अग्रसर गराउदै सफा स्वच्छ वातावरण र नगर बनाउने अभियानमा लाग्ने नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ