arrow

राष्ट्रपतिको सम्वोधनमा राजाको झल्को, सरकारले संसदलाई अपमान गरेको आरोप

' प्रधानमन्त्रीले राष्ट्रपति मार्फत सभामुखलाई गरे अपमान '

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
rastrapati1.JPG

काठमाडौं। सरकारले जननिर्वाचित सार्वभौम संसदलाई अमान गरेको प्रसङग संसदमा प्रवेश गरेको छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै यो प्रसङगले सरकार प्रमुख तथा संसदको प्रमुखको पनि ध्यानाकर्षण गरिएको छ। 

गणतन्त्र स्थापना भएपछि संसदलाई आदरार्थी शब्द प्रयोग गरेर नै सम्वोधन हुँदे आएको थियो। अघिल्लो बर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पनि सरकारले संसदका सभामुखलाई आदरार्थी शब्द नै प्रयोग गरेको थियो। राष्ट्रपतिको सम्वोधनको शुरुवात मै सम्माननीय सभामुखज्यू उल्लेख गरिएको थियो । तर यो पटक राष्ट्रपतिको सम्वोधनमा दुवै सदनका प्रमुखहरुलाई ठाडो शैलीमा सम्वोधन गरिएको छ। न अगाडी सम्माननीय न पछाडी ज्यू। नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिश, र राष्ट्रिय सभाको अध्यक्षलाई सम्माननीयले सम्वोधन गर्ने चलन छ। 

अघिल्लो बर्ष पनि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले नै वाचन गरेकी थिइन तर त्यस बेलामा नेपाली काँग्रेस माओवादीको संयुक्त सरकार थियो। अर्थात राष्ट्रपति भण्डारीले पढेको नीति तथा कार्यक्रममा आवाज उनको भएपनि शब्द शेर बहादुर देउवा र प्रचण्डको थियो। तर यस पटक आवाज राष्ट्रपति भण्डारीकै भएपनि शब्द थियो प्रधानमन्त्री केपी ओलीको।  ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपतिले सोमबार संयुक्त सदनमा वाचन गरेकी थिइन। 

संयुक्त सदनमा राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा सदनका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई प्रयोग भएका शब्दहरुमा काँग्रेसका सांसदहरुले आपत्ति जनाएका थिए। काँग्रेस सांसद डा मिनेन्द्र रिजाल त नीति तथा कार्यक्रम लगत्तै सो जानकारी दिन प्रधानमन्त्री केपी ओली तथा सभामुख कृष्ण बहादुर महराकहाँ पुगे। सँगै रहेका नेकपाका नेता प्रचण्डले पनि सो बारेमा जानकारी लिए।

गणतन्त्र आएदेखि अपनाइएको अभ्यासका बारेमा जानकारी लिएपछि प्रचण्डले किन यस्तो हुन गएको हो भन्ने बारेमा चासो राखे। तर प्रधानमन्त्रीले रिजाललाई ९ गते बैठकको लागि जिब्रो तिखारेर राख्न पो भने। जवाफमा रिजालले पनि आफूले मंगलवार नै संसोधन प्रस्ताव राख्ने बताए। संसदका सभामुख र अध्यक्षलाई अपमान गरेर सिंगो संसदको अपमान गर्न प्रधानमन्त्री उद्यत रहेको काँग्रेस सांसद रिजालको तर्क छ। प्रधानमन्त्रीले राष्ट्रपति मार्फत संसदको अपमान गर्नु भएको काँग्रेसको भनाइ छ। 

सोमबार संसदमा उल्लेख भएका शब्द र शैली राजाको पालमा गरिने खालका भएको काँग्रेसको भनाइ छ। के हामीले गणतन्त्रमा नयाँ राजकीय अभ्यास गर्न खोजेका हौ र काँग्रेस सांसदहरुको भनाइ छ। की राष्ट्रपतिलाई नयाँ राजाको रुपमा व्यवहार गर्न  खोजेका हौ ? काँग्रेसले जवाफ मागेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ