- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ब्राजिलको लागि सबैभन्दा बढी अपेक्षा गरिएका खेलाडी हुन् नेयमार । विश्वको सबैभन्दा महँगा फुटबलरमाथिको अपेक्षा बढी हुनु पनि स्वाभाविक नै हो । ब्राजिल भने आफ्नो टोलीमा उनीमाथिको अपेक्षा कम गर्ने दिशामा अघि बढिरहेको छ ।
नेयमार अहिले आफ्नो खुट्टाको अपरेसन सफल भएपछि पुनः मैदानमा फर्किने तयारीमा रहेका छन् । सोमबार नेयमारले आफ्नो टोलीका अन्य साथीहरुसँग आफ्नो स्वास्थ्य परीक्षण गराए । रियो दि जेनेरियो नजिकै रहेको एक क्याम्पमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
नेयमार अहिले ब्राजिलको टोलीका प्रशिक्षक टाइटसँग वार्ता गर्न जाँदैछन्, जो मुलुकको सबैभन्दा महत्वपूर्ण स्ट्राइकरमाथि कुनै पनि किसिमको दबाब बनाउन चाहँदैनन् । सोमबार उनले अन्य १६ ब्राजिलियन खेलाडीहरुसँग केही समय तालिम पनि गरेका थिए । अहिले आफूहरुले नेयमारलाई आत्मविश्वास बढाउनका लागि केही समय दिइरहेको ब्राजिलको फुटबल संघका अधिकारीहरुले बताएका छन् ।
यसले उनीमाथिको दबाब पनि कम हुने र आफ्नो पूर्ण खेल पस्किनसक्ने पनि बताइएको छ ।
गएको फेब्रुअरीयता उनको दायाँ खुट्टामा देखिएको समस्याको कारण उनी कुनै पनि खेलमा सहभागी भएका छैनन् । र्माच ३ मा उनको एक सर्जरी गरिएको थियो र उनी एक साताअघि मात्र फ्रान्समा तालिमको लागि फर्किएका थिए । ब्राजिलका फुटबल अधिकारीहरुले नेयमारले टोलीको लागि शतप्रतिशतको नतिजा दिनु जरुरी रहेको तर आफूहरु अहिले टोलीका अन्य सदस्यहरुको विषयमा पनि सोचिरहेको बताए ।
आगामी जुन ३ मा हुन गइरहेको क्रोएसिया विरुद्धको मैत्रीपूर्ण खेलमा उनले ४५ मिनेट मात्र खेल्नसक्ने बताइएको छ । रुस विश्वकपभन्दा अगाडि ब्राजिलले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोस्रो खेल भने जुन १० मा अष्ट्रियाविरुद्ध खेल्नेछ । ब्राजिल यस पटक विश्वकपमा सुरुवात पनि निकै राम्रो गर्ने तयारीका साथमा अघि बढिरहेको कारण सुरुवाती दुई खेलहरु टोलीको लागि महतवपूर्ण हुने अधिकारीहरुले बताएका छन् ।
जुन १७ मा ब्राजिलले स्विट्जरल्याण्डको विरुद्ध पहिलो खेल खेल्नेछ । उसको समुहमा रिसवट्जरल्याण्डका साथै कोस्टारिका र सर्बिया रहेका छन् । लेफ्ट ब्याक मार्सेलो, मिडफिल्डर क्यामिरो र स्ट्राइकर रोबर्टो फिर्मिनो आगामी सोमबार लण्डनमा मात्र टोलीमा फर्किनेछन् ।
रियल मड्रिड र लिभरपुलको च्याम्पियन्स लिगको फाइनल आउन लागेको कारण उनीहरु उक्त खेलको लागि व्यस्त देखिएका हुन् । बुधबार ब्राजिलको पहिलो चरणको तालिम सुरु हुनेछ ।