arrow

बोलेरोमा काठ तस्करी, तीन जना पक्राउ 

logo
देवानन्द न्यौपाने 
प्रकाशित २०७५ जेठ ९ बुधबार
kailali-ban.jpeg

कैलाली । अबैध रुपमा चिरान गरेको काठ लिदै गरेको अवस्थामा कैलालीको लम्कीचुहाबाट बोलेरो जिप सहित ३ जना पक्राउ परेका छन् । इलाका बन कार्यालय रामपुर र सेक्टर बन कार्यालय लम्कीको संयुक्त गस्ती टोलीले गोप्य सुचनाको आधारमा मंगलबार राति चुरे क्षेत्रबाट चोरी तस्कर गरी से १ च १९६८ नम्बर को बोलेरो जिपमा ल्याउँदै गरेको सालको १ सय ८ थान कडि बरामत गरेको हो । 

जिपमा बसेर काठ तस्करमा संलग्न लम्कीचुहा नगरपालिका २ बघौराका भक्तबहादुर खत्री, बलियाका हिरासिंह बयक र गाडि चालक भल्का निवासि सिताराम चौधरीलाई पक्राउ गरि राति नै जिल्ला बन कार्यालय धनगढी चलान गरिएको सेक्टर बन कार्यालय लम्कीका प्रमुख बरिष्ट बन अधिकृत देबेन्द्रलाल कर्णाले जानकारी दिए । पक्राउ गरिएको जिप र १ सय ८ थानाठ ईलाकावन कार्यालय रामपुर बौनियामा राखिएको छ । 

पछिल्लो समयमा चुरे क्षेत्र बाट अबैधरुपमा ढुङ्गा, बालुवा, गिट्टीका साथै काठ तस्करी बढेको छ । सामुदायिक बनका पदाधिकारीकै मिलेमतोमा अबैध रुपमा प्राकृतिक स्रोतको दहन बढ्दै गएको सरोकारवालाको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ