arrow

उपचारको लागि भिरको बाटो जोखिम मोलेर तातोपानीमा ढुब्दै बिरामी

logo
निर्मल खत्री,
प्रकाशित २०७५ जेठ ९ बुधबार
gurja_tatopani_(2).JPG

म्याग्दी । धौलागिरी गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको  सिमाना पर्ने खरिबासमा रहेको  तातोपानी कुण्डमा गुर्जाका स्थानियहरुले  पूर्वाधार निर्माण गरेका छन ।धेरै पहिला शिकार खेल्ने शिकारीहरुले भिरमा रहेको तातोपानी पत्ता लगाएका थिए ।

सोही तातोपानीमा गाउँपालिकाको आर्थिक सहयोगमा गुर्जा र मुदीका स्थानियको श्रमदानबाट कुण्ड,शौचालय धारा बाटो लगायतका पूर्वाधार निर्माण गरेका छन । हेर्दै कहाली लाग्दो भिर घना जंगल चारैतिरको पहाड लाग्छ यहाँ भिर बाहेक अरु केही छैन गुर्जा देखि करिव ५ घण्टाको पैदल यात्रा पछि पुगिने दुई वडाको सिमानाको  खोचमा अवस्थित कुण्डमा मुदी र गुर्जाका विभिन्न बस्तीमा बसोबास गर्ने स्थानीयको चाप बढ्दै जान थालेपछि गाउँपालिकाले ११ लाख अनुदान र दुवै वडाबाट ३ लाखको श्रमदानमा पूर्वाधार निर्माण गरिएको तातोपानी कुण्ड तथा घोरेटो बाटो निर्माण समितिका अध्यक्ष प्रेम छन्त्यालले बताए ।

बिभिन्न रोग निको हुन थाले पछि ‘कुण्डमा स्नान गर्न आउनेको संख्या बढ्न थालेपछि पूर्वाधार निर्माण  गरिएको हो ।,‘कुण्ड निर्माणमा स्थानीयले ज्यानको जोखिम मोलेर जनश्रमदान गरेका  हुन भिरमा जोखिम मोलेर गुर्जाको खरिवास हुदै कुण्डसम्म पुग्ने बाटो समेत बनाईको छ । ‘अझै पुरा भएको छैन गाउँ भन्दा धेरै टाढा भएका कारणले पनि ब्यवस्थापन गर्ने समस्या भएको छन्त्यालको भनाई छ ।“ भिरको ठाउँ ज्यानलाई दाउँमा राखेर सिमेन्ट बालुवा लगायतका निर्माण समाग्रीहरु लिएर कुण्डको निर्माण गरिएको छन्त्याल बताउछन ।

गुर्जा र मुदी हुदै आवतजावत गर्ने भीर अत्यन्त जोखिमपूर्ण भएकाले गुर्जाबासीले खरिबास र मुदीकाले डेमु भिरको जोखिम मोलेर कुण्डमा पुग्ने गर्दछन ,। त्यही जोखिम मोलेर पनि स्थानियहरु हप्ता दिन सम्मलाई पुग्ने खर्च समेत लिएर कुण्डमा पुग्ने गरेको गुर्जाका वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता झक छन्त्यालले बताए ।न्यूनतम पूर्वाधार विस्तार गरिएपनि विरामीलाई बस्ने सुविधा सहितको पूर्वाधार निर्माणको लागि करिव २० लाख बराबरको बजेट तत्काल आबश्यकता भएको उनको भनाई छ ।

कुण्डको माथिल्लो भागमा  पुरानो पोखरी रहेको छ ।सोही मुहानबाटै करिव २० मिटर तल कुण्ड बनाई पाईप बाट तातोपानी लिएर संकलन गरिने ब्यवस्था गरिएको छ ,। मुदी बाट भिरको बाटो ज्यानको जोखिम मोलेर कुण्डमा डुब्न आएका ओम बहादुर बिकले ९ देखी ११ दिनसम्म नियमित स्नान गरेर फर्कने बताउदै कुण्डमा स्नान गरेपछि ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका रोग निको हुने उनले बताए । भिरबाट आवतजावत गर्नुपरेको बताउँदै गाउँपालिका संग स्थानिय मिलेर बाटो निर्माण गर्नेको लागि बजेट माग समेत गरेको उनको भनाई छ,जनप्रतिनिधी छन अव छिटै यो बाटो ब्यवस्थीत हुने आशा गरेका छौ ।

 भिरको बाटो जोखिम मोलेर पनि ७० बर्ष माथिका बृद्धबृद्धा समेत कुण्डमा स्नान गर्ने पुग्र्ने गर्दछन ।कुण्ड निमार्ण भएपछि एकपटक ३० जनाले स्नान गर्न सक्ने क्षमता रहेको छ । तर स्नान गर्ने पुग्ने बिरामीहरुको लागि बस्ने संरचना केही पनि नभएकोले बिरामीहरु अस्थाई त्रिपालको टहरा बनाई बस्ने गरेका छन । स्नान गर्ने आउने बिरामीहरुलाई आरामदायी बसाईको लागि संरचना निर्माण गर्नेको लागि गाउँपालिका संग बजेट माग गरिएको प्रवता छन्त्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ