arrow

नेकपाका नगरप्रमुखको करामत, लम्कीचुहामा वडा अध्यक्षहरुलाई बाँडियो मोटरसाइकल

नगरपालिकाले ३३ लाख खर्चियो मोटरसाइकलमा

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ जेठ १२ शनिबार
motercycle.jpg

लम्की। लम्कीचुहा नगरपालिकाले वडा अध्यक्षहरुलाई पल्सर मोटरसाइकल बाडेको छ । यमाहा कम्पनीको १ सय ५५ सीसीका १४ वटा मोटरसाईकल १ देखि १० सम्मका १० जना वडा अध्यक्ष र ४ वटा मोटरसाइकल बिभागिय प्रमुखलाई बाँडिएको छ। 

लम्कीचुहा नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत हिमालय बमले दिएको जानकारी अनुसार २ लाख ३७ हजार २ सय ५० रुपैया प्रति मोटरसाइकलका दरले खरिद गरिएका १४ मोटरसाईकलको ३३ लाख २१ हजार ५ सय रुपैया बराबरका मोटरसाईकल बाँडिएको हो। जनताको कामलाई छिटो छरितो गर्नका लागि मोटरसाइकल खरिद गरि नगरपालिकाले वडा अध्यक्षलाई बाडेको दावी गरिएको छ। 

नगरपालिकाले वितरण गरिएका मोटरसाइकल वडा कार्यालयको मातहतमै रहने जनाएको छ। लम्कीमा रहेको गंगा अटोमोबाइल्स बाट खरिद् गरिएका बजाज कम्पनीका मोटरसाईकल सबै एउटै रंगका रहेका छन । मोटर साइकल खरिदका लागि लम्कीचुहा नगरपालिकाले टेण्डर आब्हान गरेपछि ३ वटा मोटरसाईकल कम्पनीका सोरुमले टेण्डर हालेका थिए।  

यमाहा, बजाज र हिरो कम्पनीका स्वरुमबाट आएका टेण्डर फाइल मध्य आर्थिक र प्राबिधिक प्रस्ताव अनुसार लम्कीस्थित बजाज कम्पनीको गंगा अटो मोबाईल्स छनोटमा परेको नगरपालिकाले जनाएको छ । प्रत्यक वडा अध्यक्षलाई मोटरसाईकल वितरण गरि सकेपछि अब जनताको काम छिटोछरितो हुने लम्कीचुहा नगरपालिकाले दावी गरेको छ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित मेयर महादेव वजगाईले नगरपालिकाबाट पास गराएर मोटरसाइकल वाँड्ने निर्णय गराएका हुन्। नगरपालिकाका वडा अध्यक्षहरुबीच सो निर्णयले खुसी ल्याएपनि स्थानपय मतदाताहरुबीच आफूहरुको करको दुरुपयोग भएको गुनासो छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ