arrow

माथागढी गाउँपालिकाको विशेष गाउँसभा, चार विधेक पारित

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
mathagadi-palpa.jpg

पाल्पा। माथागढी गाउँपालिकाको विशेष गाउँ सभा भएको छ। शुक्रबार भएको विशेष गाउँसभाले महत्वपूर्ण चार बिधेयक पारित गरेको छ। गाउँसभाले  प्रशासनिक कार्यविधि २०७५, शिक्षा ऐन २०७५, विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेक २०७५, न्यायिक समितिले उजुरीको कार्वाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक २०७५ पारित गरेको हो।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिकाको आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकासका लागि विनियोजित बजेटका बारेमा जानकारी गराए। उनले समग्र विकासका लागि गुरुयोजना बनाएर काम गर्ने बताए। पाँच वर्ष भित्र गाउँपालिकालाई समृद्ध बनाउने गाउँपालिकाको योजना रहेको अध्यक्ष थापाले बताए।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश सांसद विर बहादुर रानाले माथागढी गाउँपालिका क्षेत्रको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्दै गाउँपालिकालाई समृद्ध बनाउनुपर्ने बताए। गाउँपालिकाका प्रवक्ता मधुपराजुलीको स्वागतबाट सूरु भएको सभाको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षतामा भएको थियो। विशेष सभा कार्यक्रममा गाउँपालिकाका राजनीतिक दलका प्रतिनिधी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु पत्रकारहरुको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ