arrow

बिहानै महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी    

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७५ जेठ १३ आइतबार
Kanchanpur_District1.png

कञ्चनपुर । पश्चिम नेपालस्थित कञ्चनपुरको  सदरमुकाम महेन्द्रनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ । 

महेन्द्रनगरको भानु पार्टी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बिहान बम विस्फोट भएको सञ्चालक कैलाश सुनारले बताए ।

बम कसले र किन विस्फोट गराएको भन्ने खुल्न सकेको छैन । बम विष्फोटबाट मानवीय क्षति नभएपनि निर्माणाधिन भवनको पर्खाल प्वाल परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेटीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ