arrow

नगरपालिकाले ज्यादती गरेको भन्दै, व्यवसायीहरु विरोधमा

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ १४ सोमबार
Baglung_Bazar.jpg

बागलुङ । बागलुङ नगरपालिकाले बागलुङ बजारमा ज्यादती गरेको भन्दै व्यवसायीहरु विरोधमा उत्रीएका छन्। नगपालिकाले बजार क्षेत्रका पसलमा झुण्डाई राखेका र घरको पेटीमा राखिएका व्यापारिक सामानहरु मनपरी ढंगले उठाएर लगेको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन ।

व्यवसायीले पसलको बाहिरी भाग फुटपाथमा राखिएका सामग्रीहरु विना जानकारी नगरपालिकाले उठाएको भन्दै विरोधमा उत्रिएको बताएका छन्। हाम्रो पसलको सामान विना जानकारी कुनै विवरण नराखी मनपरी ढंगबाट उठाईएको छ व्यवसायी तेज प्रसाद शर्माले भने यो नगरपालिकाको कामप्रति हामी असुन्तष्ट रहेका छौं । नगरपालिकाले पसलको बाहिरी सटरको भागमा झुण्डाएर राखिएको सामान पनि उठाएर लगेको व्यवसायीहरुको आरोप रहेको छ ।

यता बागलुङ उद्योग बाणिज्य संघले एक प्रेस विज्ञप्ती जारी गरी बजार क्षेत्रका सडक पेटी खाली गराउने क्रममा नगरपालिकाले गरेको व्यवहारप्रति गम्भिर ध्यानकर्षण गराएको छ। उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले हस्ताक्षर गरेको विज्ञप्तीमा नगरपालिकाकाले प्रशासनको सहयोगमा पर्याप्त सुचना तथा जानकारी नगरी, अभद्र तरीकाले पसलबाट सामान उठाएकोमा खेद प्रकट गरिएको छ ।

नगरपालिकाका कर्मचारी विना पहिचान तथा मादक पदार्थ समेत सेवन गरी घर भित्रका सामान समेत उठाई अमर्यादित रुपले व्यवसायीहरुलाई धम्काई सामान उठाएकोमा संघले ध्यानकर्षण गराएको हो। नगरपालिकाले कुनै समन्वय नगरी आफ्नो मनपरी ढंगले हटाउन खोजेको छ अध्यक्ष भारीले भने, जबरजस्ती उठाएर लगिएका सामाग्रीहरु सकुशल रुपमा फिर्ता गर्नु पर्दछ। साथै अमर्यादित कार्यमा संलग्न कर्मचारीहरुलाई कारवाही गर्नुपर्दछ । नगरपालिकालाई बजार क्षेत्रमा कुनै पनि काम गर्दा समन्वय गरेर अगाडि गर्न उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।

यता बागलुङ नगरपालिकाले भने दुई दिन पहिले २४ घण्टाको समय दिएर सुचना गरेता पनि व्यवसायीले सुचनालाई वेवास्ता गरी फुटपाथमा राखेका सामग्रीहरु नहटाएपछि उठाउन बाध्य भएको जनाएको छ। हामीले उद्योग बाणिज्य संघ र सवै पक्षसँग बसेर फुटपाथका सामाग्रीहरु हटाउने निर्णय गरेका हौं नगर प्रमुख जनकराज पौडेलले भने हामी पुन सहमति गछौं यदि सहमति नभए निर्णय अनुसार कार्यान्वय गर्नका लागि पछि पर्ने छैनौं । नगरपालिकाले बागलुङ बजारलाई सफा र सुन्दर नगर बनाउन सहयोग गर्न सवै पक्ष सँग आग्रह गरेको छ । व्यवसायीले आईतबार केही समय बागलुङ बजारका पसलहरु बन्द गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ