arrow

विद्यालयका छात्रालाई सेनिटरी प्याड

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
sanitary-napkin-pad.jpg

फलेवास, पर्वत। महाशिला गाउँपालिकाले सबै विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ। महिनावारीका बेला छात्राहरु विद्यालय छाड्न बाध्य हुने गरेको र त्यसले गर्दा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो। गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले किशोरीको पठनपाठन प्रभावित नहोस् भनेर गाउँपालिकाका आठ मावि तहका विद्यालयका छात्रालाई प्याडको व्यवस्था गर्न थालिएको जानकारी दिए। त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गाउँपालिकाले गरेको छ।

महाशिलामा आठ वटा मावि तहका विद्यालय सञ्चालित छन्। जुनसुकै बेला छात्रा महिनावारी भए पनि तुरुन्तै प्याडको प्रयोग गर्न सक्ने गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बरालले जानकारी दिए। यसैबीच पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको आयोजना र गाउँ शिक्षा शाखाको आयोजनामा महिनावारी सरसफाइ दिवस आयोजना गरिएको छ। सो अवसरमा मावि तहका छात्राबीच महिनावारी सरसफाइबारे वक्तृत्वकला प्रतियोगितासमेत गराइएको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ