arrow

शिक्षामा नयाँ आयाम ‘युनेस्को’

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ १७ बिहिबार
unesko.jpg

स्याङ्जा ।  सरकारबाट लगानी हुदै आएका सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर बढाउन वालिङमा कार्यशाला गोष्ठि आयोजना गरिएको थियो । एक दिने कार्यशाला गोष्ठिमा नगरपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिका भित्र रहेका सामुदायीक विद्यालयका प्रअ तथा शिक्षक, विद्यार्थी, पत्रकार र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । युनेस्कोका नवप्रवर्तकहरुको प्रचार प्रसार सम्वन्धी कार्याशाला गोष्ठि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा सम्पन्न भएको हो ।

शिक्षाको माध्यमबाट मानव मस्तिष्कमा शान्तिको विजारोपण गरौं, आफ्नो घर, समुदाय, विद्यालय, कार्यालय ग्रिन, क्लिन, पिस र सेफ सफा राखौ भन्ने उदेश्य वोकेर युनेस्कोले हरेक सामुदायीक विद्यालयलाई विश्वभर चिनाउने काम गरेको सहायक महासचिव विष्णु बहादुर द्धारेले बताए । २०३० सम्म नेपाललाई पूर्ण साक्षरता बनाउने उदेश्य रहेकोले सामुदायीक विद्यालयको गुणस्तरीयता कसरी काम गर्न सकिन्छ र हामीले के गर्नुपर्छ भन्ने सुझाव सहितको छलफल समेत गरिएको थियो । अवका सामुदायीक विद्यालय शान्तिमैत्री तथा आपसी सदभाव, सहनशिलता, मानव अधिकारको सम्मान, सहकार्य र सामुयीक प्रयासबाट मात्रै शिक्षाको गुणस्तरीयता कायम राख्न सकिने उदेश्य युनेस्कोको रहेको द्धारेले सहभागीहरुलाई जानकारी गराए ।

ल्याउने, टिकाउने र सिकाउने पद्धतीको विकास अवको अपरिहार्य हो युनेस्को सहायक महासचिव द्धारेले भने,“योग्य शिक्षकको आपुर्ति र जिवन उपयोगी शिक्षा अनिवार्य गराउनु आवश्यक छ ।” ग्लोवोलाईजेसन सगँ नेपालको शिक्षा र बाहिरको शिक्षा नेपालका विद्यालयलाई जोडाउने युनेस्कोको लक्ष्य हो द्धारेले भने । नेपालमा लामो समय काम गरेको युनेस्को राजधानी मात्रै केन्द्रित हुदा यसको बारेमा धेरैलाई ज्ञान नभएपनि पछिल्लो समय भने पाठ्यक्रममा यसको परिचय र कामका बारेमा भने राखिएको उनले बताए ।

अवको शिक्षा दिगो विकासमा केन्द्रित रहेर अगाडी बढ्नु पर्ने अर्का सहजकर्ता रामचन्द्र तिमिल्सिनाले बताए । प्रारम्भीक वालविकास, प्राविधिक, व्यवसायीक उच्च शिक्षा, प्राविधिक व्यवसायीक सिप तथा रोजगारी र सम्मानजनक पेशा सहितको शिक्षाका सुचकलाई अगाडी राख्नुपर्ने तिमिल्सिनाले सुझाए । प्रभावकारी, फलदायी, प्रयोग र समाजमा पर्ने सफलता सगै अवका बालवालिकाको भविष्यको रुपान्तरण नै यो कार्यक्रमको मुल उदेश्य रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख दिलिपप्रताप खाँण र उपप्रमुख कल्पना तिवारीले शिक्षाको भविष्य शिक्षकको हातमा रहेको उल्लेख गर्दै वालिङलाई शैक्षिक नगरीका रुपमा चिनाउन सबैलाई आग्रह गरे । विद्यार्थी नहुँने र शिक्षक धेरै हुने पछिल्लो समय विद्यालय संकटमा परेको उल्लेख गर्दै ग्रामिण क्षेत्रको बसाईसराई गुणस्तरीय शिक्षाकै लागि घट्ने गरेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ