arrow

सुन काण्डका आरोपी सञ्जेलका वकिलसँग सनसनीपूर्ण कुराकानी : के भने गृहमन्त्रीलाई ?

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
lila.JPG

सुन तस्करी प्रकरणमा कुनै मान्छेको नाम चर्चाको शिखरमा छ भने त्यो नामको हो गोरे । स्थापित नाम गरेको आर्थत् उडामणि उप्रेती । सुन तस्करी प्रकणमा जोडिएको अर्को नाम हो नेपाल प्रहरीका सई बालकृष्ण सञ्जेल जो निलम्बनमा छन् । तिनै सञ्जेलको तर्फबाट बहस गरेपछि, प्रदेश नम्बर १ का प्रदेश सांसद मोरङ क्षेत्र नं. २ ख का सांसद लीलाबल्लब अधिकारी । प्रदेश सांसद अधिकारीले आफुले सञ्जेलको तर्फबाट बहस गर्नुमा कानुनी रुपमा कुनै पनि कमजोरी नगरेको जिकिर गर्दै, गृहमन्त्री रामबहादुर थापाको सार्वजनिक आक्रोसले कुनै अर्थ नराख्ने टिप्पणी समेत गरेका छन् । हामीले प्रदेश सांसद अधिकारीसँग कुरा गरेका छौं : 

० बालकृष्ण संजेलको मुद्दाले एकाएक विवादमा तान्यो तपाईँलाई, काँबाट आइलाग्यो यो लफडा ? 
–हाहाहा...त्यो मैले पनि राम्रजी बुुज्या छैन । महत्वपूर्ण कुरा त के भने मिडियामा जसरी आयो, मलाई त के लाग्छ भनि, १९३८ अक्टुुबर तिर मंगलग्रहबाट आक्रमण हुँदैछ भन्ने रेडियोबाट सुनेर न्यूयोर्कका मान्छेको भागाभाग भए । त्यस्तै लण्डमा पनि बाक्लो कुहिरो आको बेलामा पृथ्वी ध्वस्त हुन्छ भनेर मान्छे भागरेभाग भए । कैयौं मान्छे मरे, हाहाहा.. १० मिनेट पछि कुुहिरो हट्यो । यो पनि यस्तै रुमरको रुपमा आयो हैन ? बास्तविकता त भोली अदातले भन्ला । सवालचाहिँ के हो भने मैले बहस गर्न हुन्थ्यो कि हुन्थेन, न्याशनल र इन्टरन्याशलन प्राक्टिसेस के छन्, यो कुराको बारेमा खोजी भएन ।  

० भन्नाले चलेको चलन अनुसार नै बहस गर्नु भाछ ? 
बिलकुल, एकदमै । म प्रदेश सभाको सदस्य हुँ । नेपालको संबिधानको धारा १९२ (पछि सच्याए २९२) मा चैने बहस गर्न क कल्लै हुँदैन भन्ने प्रष्ट लेखिद्या छ । संसदीय सुनुवाइ समितिमा रहने सदस्य बाहेक भनेर । मैले त्यसैको उपयोग गरेको छु ।
हेर्नुस् संविधानको धारा २९२ को प्रावधान : 
    
अर्को कुरा म त प्रदेशसभाको सदस्य । यो त पहिलो अभ्यास हो । अर्को हाम्रो नजिकरमा रहेको इण्डियाकै प्राक्टिसलाई हेर्ने हो भने पनि पी चिताम्बरम पूर्व अर्थमन्त्री आफुु  एम पी हुँदाखेरी बहस गर्नुभाछ, मन्त्री भएपछि गर्नुभा छैन । त्यसैगरी हालका अर्थमन्त्री जो हुनुुहुन्छ भारतका अरुण जेट्ली, ह्वाँ पनि एमपी हुँदाखेरी बकाइका कोर्ट प्राक्टिस गर्नुभाछ । अब यहाँ चाहिँ यो हाहाहा... भोली मैले बहस गरेको बालकृष्ण संजेल दोषी होला निर्दोश होला त्यो मेरो विषय होइन, त्यो कोर्टको पार्ट हो । मैले त जम्माजम्मी गरेको के हो भने निर्दोष फस्नु हुँदैन र दोषी उम्कनु हुँदैन भनेर मात्र हो । 

० केन्द्र सरकारले त प्रश्न उठायो नि ? 
–यो चाहिँ कस्तो रछ भने हजुरको केन्द्र सरकार मातहतमा प्रदेश सरकार होइन । प्रदेश सरकार आफैंमा सार्वभौम छ । केन्द्र सरकारका जे जति हक अधिकार छन्, केही सवाल बाहेक ( परराष्ट्र, सुरक्षा, सार्वजनिक श्रोत साधन, अन्तर्राष्ट्रिय सन्धि सम्झौता लगायत ) मैले प्रदेश कानुन उल्लंघन गर्नु हुँदैन । तर केन्द्र सरकारले लगाएको अभियोगको मारमा एउटा निर्दोश परो भन्न हुन्छ भन्ने मेरो बुुझाइ हो, हाहा... । 

० प्रदेश सरकारले यो बहसको विषयमा प्रश्न उठाएको छ कि छैन ? 
–अअ.. प्रदेश सरकारले औपचारिक रुपमा उठाएको छैन । म प्रदेश सरकारकै पक्षको मान्छे हुँ । सरकार पक्षको नाताले मेरो नेताहरुले मलाई सोध्नुु स्वाभविक हुन्छ । सर्वासाधारणमा मिडिया मार्फत फैलिएको निगेटि भ्रम  को बारेमा तपाईले के गरेको भन्ने प्रश्न चाहिँ गरेका छन् । मेरो संसदीय दल, मन्त्री मुख्यमन्त्रीहरुलाई पनि यस्ता प्रश्न छन् । तर मलाई औपचारिक रुपमा यो विषयमा कुरा भएको छैन । 

० प्रदेश सरकारले अब बहस नगर् भन्यो भने ? 
–प्रदेश सरकारले पनि भनो भने यसमा मेरो जिद्दी पनि छैन । तर यसमा मेरो बार काउन्सिल एक्टले प्रतिबन्ध गर्‍या छैन । प्रदेश सभा संचालन नियमावलीले पनि रोकेको छैन । मलाई लाग्छ, संघीय संसद संचालन नियमावली बन्दैछ, त्यसले पनि हिजोको प्राक्टिस हेर्दा त्यस्ले पनि रोक्दैन । 

० पार्टीले के भन्या छ ? 
–पार्टीले मलाई औपचारिक रुपले बहस नगर्नू भनेको छैन । म पार्लियामेन्ट नभको बेलामा बहस गर्न गएको हो । 

० पार्ट टाइम जब हो यो ? 
–अ.... त्यलाई नामाकरण जे गर्दा पनि हुन्छ । यो कानुन विपरीत हैन । मैले जष्टिस र ल को डिफेन्स गर्‍या हो । तर आम संचाल जगतले कसरी प्रस्तुत गदर््यो भने तस्करी नै घोषणा गर्दियो । 

० केन्द्र सरकारका गृहमन्त्रीले सार्वजनिक रुपमै प्रश्न उठाएका छन् । तर पार्टी र प्रदेश सरकारले केही भन्या छैन भन्नुहुन्छ । तपाईं अब बहस गर्न जाने कि नजाने ? 
–मेरो पार्टी नजा भन्दा पनि म मान्छु, प्रदेश सरखारले नजानुस भन्दा पनि म मान्छु । तर त्यो नभनिरहेको बेला मेरो क्याइन्टको प्लिड गर्नुपर्छ । 

० बहस गर्न जाने कि नजाने ? 
–मलाई नजानु नभनेसम्म जाने । 

० केन्द्र सरकारले नजानुभने पनि जाने ? 
अम्अम् मलाई केन्द्र सरकारले होइन, मेरै सरकार (प्रदेश सरकारले)ले भन्नुपर्छ । 

० भनेको प्रदेश सरकारले ?
–अँ.. प्रदेश सरकारले । किनभने म प्रदेश सरकारप्रति बढी उत्तरदायी हुन्छु। मैले बुुझेको प्रदेश सरकारको हरेक निर्णयको स्वामित्व मैले ग्रहण गर्छु र त्यसको एगेन्स्टमा म जान्न । मोरल्ली जान्न, इथिकल्ली जान्न र लिगल्ली जान्न । 

० गृहमन्त्रीले सार्वजनिक ठाउँमा आक्रोस देखाएको भरमा तपाईं संजेलको बहसका लागि रोकिन्न हुन्न होइन त ? 
उहाँले कार्यकर्ताको भावना आवाज सुनेर भन्नुभाको होला के बेठीक भो त ? ह्वाँसँग पनि त कुरा होला नि । त्यति बेला दिउँला नि त जवाफ । 

० निलम्बित सई बालकृष्ण संजेलको मुद्दासँग् जोडिनुभयो चाहिँ कसरी ? 
ह्वाँको बुवा, आमा, श्रीमती आउनुु भो । पछि उहाँसँग पनि कुरा गरें । नातागोता आउनुुभो । ८ कक्षा पढेको सिपाही हाकिमले जे अह्राए त्यही गर्‍यो । कामबाट मात्रे बढुवा भएको हो । अवार्ड पाएको हो । सोचें, ऊ ठीक छ फसेको हो भनेर हो । 

० अहिले त ठूलो हंगामा भयो नि ? 
–हो यत्रो ठूलो रुमर फैलिन्छ भन्ने सोचेको भए म उसको तर्फबाट बहस गर्थिन होला । 

० बालकृष्ण संजेल निर्दोष जस्तै लाग्छ ? 
–एकदम डिफनेट्ली ।मलाई लाग्छ । इट इज माई बिलिफ । 

० संजेलको पक्षमा लडेर बेकारमा फसियो जस्तो भित्रभित्रै कतै चाहिँ लाग्छ कि लाग्दैन ? 
–अ..अ.. मिडियामा जुन हिसाबले आयो, मतदाताको प्रक्रिया, उनीहरुको चिन्ता र चासो हेर्दा चाहिँ नगको भएनि हुन्थ्यो जस्तो लाग्छ । तर यस्ता थुप्रै घटनामा थुप्रै निर्दोष फसेका छन् । मेरो अनुरोध इण्डिया र नेपालको प्राक्टिस पनि हेर्दिऔं भन्ने हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ