arrow

यो पल्ट खडेरी पर्दैन भन्छन् मौसमविद् (कुराकानीसहित)

‘बाढी र पहिरोको जोखिम’

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
khaderi.JPG

जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन पोहोर साल भन्दा छिटै भित्रिने जानकारी दिएको छ । महाशाखाले यो वर्ष पोहोरको तुलनामा बढी पानी पर्ने पनि जानकारी दिएको छ। मनसुनको समयभरी देशभर औषतमा पोहोर भन्दा बढी पानी पर्ने मौसमविदहरुले जनाएका छन् । पोहोर परार भारतको केरलामा अंग्रेजी जुन महिनाको १ तारिखमा मनसुन सुरु हुँदा नेपालमा त्यसको ९–१० दिनपछि ‘जुन १० मा भित्रने गरेको थियो । यो वर्ष केरलामा २७ मे मै मनसुन सुरु भइसकेकाले यही हप्ताभित्रमा नेपालमा मनसुन भित्रने मौसमविद्हरुको अनुमान छ । हामीले यसै विषयमा मौसविद् समीर श्रेष्ठलाई सोधेका छौँ । 

० यो पल्ट मनसुन पोहोर भन्दा छिटो भित्रिन लागेको हो ?  
–सामान्यतः औषतमा जुन १० तारिखमा भित्रिनु पर्ने हो । अहिलेसम्मको अवस्था हेर्दाखेरी जुन १० अथवा त्यो भन्दा एक दुई दिन अगाडि आउन अलिकति फेबरेबल कन्डिसन देखिएको छ । अहिलेको मनसुनमा पानी औषतमा हुने देखिएको छ । भन्नाले नर्मल हुने देखिएको छ । पश्चिममा बढी पर्ने भन्दा पनि देशैभर रेनफल एभरेजमा हुने देखिएको छ । 

० अनि, के यो पल्ट पोहोर भन्दा बढी पानी पर्छ ? 
–हजुर, पोहोर भन्दा केही बढी पानी पर्छ । तैपनि तथ्याङ्कीय रेकर्ड अनुसार सामान्य (नर्मल) नै देखिन्छ । मनसुनमा जति पर्नु पर्ने हो, त्यही आसपासमा बढी अथवा घटी हुने सम्भावना यो मनसुनमा अलि कमै छ । 

० यो वर्ष पानी बढी पर्छ भन्नु भो, कारण के हुन सक्छ ? 
–यसको धेरै कारणहरु हुन्छ । एउटा एलनिनो यसपटक न्यूट्रल स्टेजमा छ । त्यो पनि हुनसक्छ । र, हिन्द महासागरमा जुन वदलीहरु हुन्छ त्यसले मनसुनलाई फेबरेबल गर्ने कन्डिसन ल्याएको छ । लगभग ढेड महिना अघि हामीले एउटा फोरमबाट के प्रक्षेपण गरेका थियौँ भने, यसपालीको मनसुन नेपालको हकमा चाहिँ एभरेज हुने अर्थात नर्मल हुने देखिएको छ । 

० उसो भए यो वर्ष किसानले समयमै धान रोप्न पाउँछन् ? 
–हजुर, मनसुन टाइमै हुन्छ । त्यसकारण मनसुनसँग सम्बन्धित गतिविधिहरु र पानीमा निर्भर हुने अरु गतिविधिहरुलाई पनि मनसुनले सहयोग गर्छ । 

० खडेरी पर्छ कि पर्दैन ? 
–खडेर पर्ने सम्भावना त्यति छैन । तैपनि तीन महिनाको मनसुनमा लगातार दिनदिनै पानी पर्ने अवस्था रहँदैन । रोकिने त हुन्छ नै अर्थात् ब्रेक त हुन्छ नै । रोकिँदा बीचमा केही दिन अथवा एक महिनै पानी नपरेका दिनहरु पनि हुन सक्छन् । त्यसलाई अहिलेनै किटान गर्न मिल्दैन । जे होस् मनसुन नर्मल हुन्छ । 

० प्रशान्त महासागरको पूर्वी भूमध्यरेखीय क्षेत्रमा तापक्रम वृद्धि हुँदा मनसुन गडबडी हुन्छ भनिन्थ्यो नि, यो पल्ट त्यो अवस्था होइन ? 
–तपाईले भन्न खोज्नु भएको एलनिनो को कुरा हो ? 

० हो ?
– जसले गर्दा पूर्वी भूमध्यरेखीय क्षेत्रमा तापक्रम वृद्धि हुन्छ । त्यो यसपटक नहुने देखिएको छ । यो पल्टको मनसुन अवधिभर त्यो हुँदैन । त्यसले गर्दा पनि मनसुनमा असर नगरेको हो । मनसुन एभरेजमा नर्मल नै हुन्छ । 

० अनि देशको कुन भू–भागमा बढी पानी पर्ला भन्ने अनुमान गर्न सकिन्छ ? 
–कुन ठाउँमा बढी पर्ने भन्ने हुँदैन । भौगोलिक भू–बनोट अनुसार हरेक ठाउँमा पर्ने अवस्था फरक–फरक हुन्छ । जस्तै काठमाडौंमा १८ सय मिलिमिटर भयो भने अन्त कतै दुई तीन सय मिलिमिटर पनि हुन सक्छ । त्यसैले हरेक स्थानको लागि औषत वर्षा हुने देखिन्छ । त्यसकै आधारमा कुनै स्थानमा बढी  र कुनै स्थानमा कम हुन्छ । धरै तलमाथि पर्ने भने देखिँदैन । 

० बाढी पहिरोको जोखिमप्रति सतर्क हुनु पर्छ । त्यस्तो धेरै पानी पर्ला ? 
–छ । बाढी र पहिरोप्रति सतर्क हुनु पर्दछ । किनभने लगातारको पानीले भू–क्षय गराउने अर्थात् पहिरो निम्त्याउँछ । र, मनसुन भित्रिसकेपछि एक दुई दिन ठूलो पानी परेपछि त्यसले बाढीको सम्भावना बढाउँछ । त्यसैले बाढी पहिरोको जोखिमप्रति सतर्क रहनु पर्‍यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ