arrow

काफल बेचेर पढाई खर्च जुटाँउदै बिद्यार्थी

logo
रमित बि.क.,
प्रकाशित २०७५ जेठ २१ सोमबार
kafal.jpg

बाजुरा । हिजो आज जिल्ला सदरमुकाम मार्तडीमा विशेष गरी ८ वर्ष देखी १२ वर्ष उमेर समुहका बिद्यार्थीहरु काफल ल्याएर बिक्रीको लागि दैनिक जसो आउने गरेको पाईन्छ । अहिले सदरमुकाम मार्तडीमा १ गिलास काफल १० रुपैयाँमा बिक्री हुन्छ ।

अघिल्ला दिनभरी काफल टिप्ने र अर्को दिन सोही काफलको बिक्रीको लागी सदरमुकाम मार्तडी आउने केही स्कुले बिद्यार्थीको दैनिकी जस्तै भएको छ । त्यसमा पनि विशेष गरी शनिबारका दिन बिद्यार्थीहरु काफल ल्याएर सदरमुकाममा आउने क्रम बढी देखिने गरेको छ । कक्षा ४ देखी ८ सम्म पढ्ने बिद्यार्थीहरु काफल बेचेर कापी कलमको जोहो गर्ने र स्कुल ड्रेसको व्यवस्था गर्ने गरेको बडिमालीका नगरपालिका वडा नं. ७ का दिनेश बि.क.ले बताए । बि.क. लक्ष्मी मावि जिल्लीमा अध्ययन गरीरहेका छन् । बि.क. स्कुलको विदा गरेर आईतवारको दिन एक डालो काफल ल्याएर बिक्रीका लागी सदरमुकाम मार्तडी पुगेका हुन् ।

 सोही काफल बेचेर उनले ५ सय बढी रुपैँया बनाएको बताए । उनले भने विहान खाना नखाई कापल बेच्न मार्तडी आएको हुँ,काफल बेचि सकिएपछि आफुलाई चाहिने कापी कलम र अन्य घरायसी सामाग्रीहरु तेल चिनी लगेर जाने बताए । उनी भन्छन् शनिवारको बिदाको दिन भएपछि जंगलमा काफल टिप्न जान्छु अनि आईतवारको दिन काफल बिक्रीको लागी मार्तडी आउछौँ । दिनेश बि.क.का परिवारका अन्य सदस्य सबै कृषि कार्यमा संलग्न रहेका छन् । आम्दानीको अन्य कुनै स्रोत छैन विद्यालयमा पढाउनको लागी आवश्यक पर्ने कापी कलमको जोहो गर्नका लागी स्रोत छैन,त्यसैले गाह्रो भएको बताएका छन् ।

 जिल्लामा बालबालिका लागि वर्षेनी ठुलो रकम खर्च हुने गरेको छ । अहिले सम्म जिल्लामा बाल श्रमिकको संख्या ४४ जना मात्र रहेको भएपनि तथ्याङ्कमा आउन नसकेका कतिपय बालबालिका अझै पनि पिडित रहेका छन् । गरिब तथा पिछडिएका क्षेत्रका परिवारका बालबालिका लाई स्थानीय निकायबाट १५ प्रतिशत रकम विनियोजन गरिएको हुन्छ उक्त रकम बालबालिकाको क्षेत्रमा मात्र खर्च गर्नुपर्ने प्राबधान रहेको भएपनि त्यसको सही कार्यन्वयन हुन सकेको छैन ।

त्यसैले बालबालिका क्षेत्रमा काम गर्ने विभिन्न गैह्र सरकारी निकायहरुले पनि गरिब तथा बिद्यालय पुहँचमा पुग्न मुस्किल भएका बिद्यार्थीहरुलाई केही मात्रामा भएपनि सहयोग गरे राम्रो हुने काफल बेच्न आएकी सोही वडाकी कोपिला बि.क.ले बताएकी छन् । काफल बेचेर पढ्नको लागी सामाग्रीको जोहो गर्ने कोपिला बि.क. एक उदाहरण भएपनि यस्ता बिद्यार्थी बडिमालिका नगरपालीका भित्रै पनि धेरै रहेका छन् ।

 कोही दाउँरा बेचेर गुजारा चलाउछन् भने कोही अन्य विभिन्न बस्तुको बिक्री गरी आफ्नो पढाई अगाडी बढाईरहेका छन् । त्यसैले अब बालबालिकाको नाममा नारा मात्र लगाउनु भन्दा पनि वास्तविक रुपमा परिर्वतनमा सबैले लाग्दा केही परिर्वतन हुने नागरिक समाजका अगुवाहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ