arrow

अर्थमन्त्रीलाई लगानीकर्ताको प्रश्न : च्याँखे थाप्न क्यासिनो जस्ताे बनाएर राखेको ‘स्टक’ बन्द गर्न सक्नुहुन्छ ? (अन्तर्वार्ता)

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
uttam_aryel.JPG

सरकारले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै शेयर बजारका लगानीकर्ताले विरोध जनाएका छन् । उनीहरुले नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई ज्ञापनपत्र बुझाई उक्त व्यवस्था तत्काल हटाउन भनेका छन् । सरकारले बोनस तथा हकप्रद शेयरमा पूँजीगत लाभकर लगाउने व्यवस्था गरेको शेयर लगानीकर्ताको भनाइ छ । सरकारले सोमबारदेखि लागू हुने गरी बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ । यस्तै लगानीकर्ताले अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलगायत अधिकारीसँग पनि छलफल गरी पूँजीगत लाभकरले लगानीकर्ता मारमा पर्ने गुनासो गरे । हामीले यसै विषयमा शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालसँग कुरा गरेका छौँ । 

० शेयर बजारलाई लाभ करले ठूलै नोक्सानी गर्छ, तपाईहरु किन यति धेरै आतंकित हुनु भा ? 
–यो त सबैभन्दा ठूलो घातक हो । मृत्यु शय्यामा पुर्‍याउँछ यसले । असर सानोतिनो हैन । एकदमै व्यापकै असर हुन्छ । 

० के कति कारणले ? 
–यसमा के छ भने, सुरुमा हामीले वैज्ञानिक तवरबाटै शेयरमा बेस प्राइसहरुको गणना गरिएको थियो । जस्तो, उदाहरणका लागि हामीले सय कित्ता शेयर किन्दाखेरी एउटा शेयरको मूल्य जम्मा हजार रुपैयाँ पर्दथ्यो । हामीले बोनस २० प्रतिशत पायौँ भने, १० प्रतिशतको समायोजन गरेर बेस प्राइसमा १०१.२.२ ले भाग गर्दा जति आउँछ, त्यसको बेस प्राइस गणना हुन्थ्यो । आइतबारसम्म त्यसरी चलिरहेको थियो । अब अहिले, कस्तो बनाईयो भने, एक हजार रुपैयाँमा सय कित्ता शेयर किन्नेको पनि बेस प्राइस एक हजारनै रहने भयो । जुन २० प्रतिशत हामीले बोनस अथवा राइट पाउँछौ त्यो चैँ सय रुपैँया गणना हुने भयो । एक हजार शेयरमा बोनस पाइन्छ भनेर किन्नु भएको छ भने, समयोजन भएर फेरि ५ सय, ६  सयमा समायोजन भएर आउने । त्यो राइट अथवा बोनस पाएको सय रुपैँया मूल्याङ्कन हुने भन्नेवित्तिकै भोलि त ६ सयमै बेच्नु पर्दछ शेयरहरु । सयको बेस प्राइसको शेयर ६ सयमा बेच्दा सिधै साढे ७ प्रतिशतले कर तिर्दा तपाई हालतमा हुनुहुन्छ ? लगानीकर्ताहरु कसरी मारमा पर्छन् ? भन्ने कुरा हिसाबबाटै प्रस्ट हुन्छ । अर्को कुरा के हो, भने जस्तो स्ट्यान्डर्ड चार्टरको उदाहरण दिन्छु म । १० कित्ता स्ट्यान्डर्ड चार्टर हुनेको आज २५ सय कित्ता भइसकेको छ । २५ सय शेयर कित्ता हुनेको बेस प्राइस चैँ १६ सय १७ सय हाराहारीको छ, भने मार्केटमा ८ सय, ९ सयको हाराहारीमा छ । अब आइतबारबाट स्ट्यन्डर्ड चार्टरको कुनैपनि शेयर किन्नु भो भने जसको १० कित्ता शेयर थियो उसको बेस प्राइसको हिसाबले पनि जति पनि शेयर किन्नु हुन्छ आजसम्म त बोनसै मात्रै दिइरहेको हो । भनेपछि सय रुपैँया बेस प्राइस हुनेवित्तिकै ८ सयमा कसैले किनेकोमा, हिजो अस्तिको कारोबारमा जसले बेचिरहेको छ । उसले सिधै साढे ७ प्रतिशतको दरले भनेर सयमा ५०–५२ रुपैँया त तिर्नु पर्छ । उसले जिन्दगिभर कमाएर राखेको क्यापिटल गेनट्याक्सत सबै यसैपाली तिर्नु पर्ने भो । भनेपछि नयाँ लगानीकर्तालाई के होला । 

० अनि, के सरकारले शेयर बजार ध्वस्तै पार्न लागेको होला त ? 
– सरकारले उपयुक्त केही कदम चालेन भने त शेयर बजार ध्वस्त हुन्छ । किन भने क्यापिटल गेनट्याक्स भनेको ५ बाट साढे ७ प्रतिशत लगायो सरकारले । यसमा हामी सचेत नागरिकको हिसाबले कमाको सम्पतीमा क्यापिटल गेनट्याक्स थपेर तिर्नु कुनै ठूलो कुरा होइन भनेर हामीले सचेत नागरिकको हिसाबले सकारात्मक रुपमै लिएका थियौँ । पुजीँ बजारका लागानी कर्ताले पनि राज्य निर्माणमा योगदान गर्न पाउनु भनेको राम्रै हो भनेर हामीले सकारात्मक रुपमा लियौँ । त्यसलाई त्यति अन्यथा रुपमा लिएका थिएनौँ । यो कदमले सरकार नियोजित रुपमै शेयरब बजार ध्वस्त बनाउन लागेको देखियो । यसको ज्ज्वलन्त उदाहरणको रुपमा अस्ति मात्रै बजेटमा नीतिगत सुधार गर्ने, यो गर्ने त्यो गर्ने भनेर त्यति राम्रा, चिल्ला कुरा गर्ने । तर, आइतबार कुनै पनि संसारमा नभएको बेस प्राइसलाई गणना गरेर पुँजी बजारलाई आतंकित बनाउने र ठूला शेयरकर्तालाई पनि एकै चोटी तैले कर तिर् भन्ने प्रक्रियामा लगियो । यो कदम सुधार भएन भने सरकारले पुँजी बजार बन्न गर्न खोजेको हो भन्ने बुझ्न पर्दछ । यदि त्यसो गर्न लागिएको हो भने, पुँजी बजार बन्द गर्नु पर्छ पुँजी बजारको कुनै भविष्य छैन । 

० अफ्ठयारो के आइलाग्या हो, नीतिगत समस्या कि नियत ? 
–नीतिगत समस्या केही पनि छैन । अस्तिसम्मको प्रक्रियामा चलिरहेका बेस प्राइसका जुन गणनाहरु छन्, ति एकदमै वैज्ञानिक र विश्वव्यापी मान्यता अनुकुल छन् । त्यसलाई निरुत्साहीत गरेर राज्यले कर मात्रै आउँछ भनेर भोली कसरी होला । यो कस्तो हो भने, सुनको अण्डा पार्ने कुखुरालाई चिरेर यसको पेटमा अण्डारहेछ एकै पटक झिकौँ भनेको जस्तो । पुजीबजार जस्तो पारदर्शी क्षेत्र अरु छैन । बैँक र पुँजीबजार त्यति पारदर्शी क्षेत्र हो । राजश्वमा कुनै तलमाथि गर्न सकिँदैन । सरकारले आफ्नै हातबाट लिएर हामीलाई फिर्ता गर्ने हो । सरकारले आफैले कटाएर हामीलाई बाँकी दिने भएको हुनाले यो जस्तो सुरक्षित क्षेत्र अरु छैन । यसमा यसरी धावा बोलेर धरासाही पार्न खोज्नु भनेको पाखण्ड विद्वानहरुको कस्तो विद्वता हो, हामी आश्चर्य परेका छौँ । त्यसलाई परिक्षण गर्नु पर्ने नै होला । 

० अर्थतन्त्रीले के गर्न खाेज्नु भा ? केही भेउ पाउनु भा छ ? 
–यो सरकारले घोषणपत्रदेखि लिएर बजेटमा निजी क्षेत्रलाई साथमा लिएर सबैको सहभागितामा समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने भनेको छ । आर्थिक क्रान्ति नै एजेण्डा हो भनियो । तर, त्यसको ठीक विपरीत रुपमा अहिलेका कदमहरु चालिएका छन् । तपाई घर जग्गामा जानुस्, पुँजी बजारमा जानुस् अथवा आयात निर्यात क्षेत्रमा जानुस् । यि क्षेत्र सबैमा सरकार धावा बोलिरहेको छ । सबै क्षेत्रमा धावा बोलेर म चैँ सुधार गर्छु विस्तार गर्छु भनिरहेको छ । घाँटी न्याकेर गर्न खोजेको सुधार कस्तो हो । जनतालाई कस्तो खालेको सेवा दिने हो ? शेयरबजार, घर जग्गा अनुत्पादक क्षेत्र भनेर फलाकिरहँदाखेरी उत्पादनशील क्षेत्रमा राज्यले खै खाका ल्याएको । यो–यो क्षेत्रमा तपाईहरु लगानी गर्नु भनेर कि लगानीको क्षेत्र देखाईदिनु पर्‍यो । लगानीको क्षेत्रमा तपाईहरु सुरक्षित हुनुहुन्छ भनेर सुरक्षाको ग्यारेन्टी गरिदिनु पर्‍यो । होइन भने नियमित रुपमा चलिरहेका परम्परागत प्रणालीहरुलाई सुधार गर्दै लैजानु पर्ने हो । नीतिगत सुधार गर्नु छ भने गरे भयो ।

सबै क्षेत्रलाई समेटेर राज्यलाई यति फाइदा हुन्छ र लगानीकर्तालाई यति फाइदा हुन्छ भनेर खाका ल्याइनु पर्दथ्यो । हिटलर शैलीमा जे पनि गर्न हुन्छ त ? सरकारको दायित्व कर लिने मात्रै हो । जनतालाई सेवा दिनु पर्दैन ? लगानीकर्ताको गास, बास, कपासको सुरक्षा गर्नु पर्दैन ? आइतबार उठाएको कदमले एकै दिन ८० अरब रुपैयाँ बजारमा ध्वस्त भयो । यसको जिम्मेवारी कसले लिने ? यो राज्य यस्तै नाङ्गो नाच गर्दै जाने हो । यसको जवाफ अर्थमन्त्रीले नै दिनु पर्ने भो । उहाँले कसरी लगाएको हो ? उहाँको जस्तो विद्वता कसैसँग छैन जस्तो, उहाँ एकदमै विद्वान हुँ भन्नु हुन्छ । उहाँले लगानीकर्तालाई मारेर राज्यलाई कसरी फाइदामा लैजानु होला ? यो कुरा उहाँले सार्वजनिक रुपमै हामीलाई जानकारी दिनु पर्दछ । 

० तपाईहरुलाई अनुत्पादक घोषणा गरिसकेको छ सरकारले । तर, तपाईहरुलाई उत्पादनमूलक क्षेत्रतिर लैजाने आधार दिएको छ त ? 
–अघि मैले त्यही भनेको हो तपाईलाई । लगानीको सुरक्षा ग्यारेन्टी छ । यो क्षेत्रमा लगानी गर्नुस् भनेर त केही दिनु भएकै छैन । अनुत्पादक क्षेत्र भनेर बारम्बार भन्न सक्नु हुन्छ भने, उत्पादनमूलक क्षेत्रको रुपरेखा दिनु भएको खै ? चिलिमे, माथिल्लो तामाकोशीमा लगानी गरेको त जनताले नै होला । त्यसको ख्याल गर्नु पर्दैन । यदि पुँजी बजार चाहिँदैन । अनुपात्दक क्षेत्र हो भने, च्याँखे थापेर क्यासिनो जस्तो बनाएर स्टक एक्सचेन्ज किन खोलेको त सरकारले ? बन्द गरिदिए भइहाल्यो नि त ! अनुपात्दक क्षेत्र हो भने बन्द गरिदिनुस् । हिम्मत छ । त्यसो होइन भने जनताले लगानी गरेको क्षेत्रमा यसरी खेलवाड गर्न पाइन्छ ? अनुत्पादक क्षेत्र हो भने पुँजी बजार बन्द गरे भइहाल्यो नि ! 

० अब के तपाईहरु आन्दोलन गर्नु हुन्छ ? 
–हो, । विकल्पै छैन । हामी अब चुप लागेर बस्दैनौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ