- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकप सुरु हुन अब तीन दिनमात्र बाँकी छ । विश्वकप सुरु हुनुअघिको अन्तिम वार्मअप खेलमा ब्राजिलले उपाधिका लागि दह्रो दावेदारी दिएको छ ।
ब्राजिलका आकर्षण नेइमारले पनि फर्ममा भएको प्रमाण पेश गरेका छन् । भियनामा भएको खेलमा अष्ट्रियालाई ३–० ले हराउँदा नेइमारले एक गोल गरे ।
खेलमा गाब्रियल जिससले गोलको खाता खोलेका थिए । नेइमारले दोस्रो गोल गरे । फिलिप्पे कौटिन्होले तेस्रो गोल गरे ।
विश्वकै महंगा नेइमारप्रति चिन्तित ब्राजिल पनि तनावमुक्त भएको छ भने उनका प्रशंसक पनि ढुक्क हुँदै गएका छन् ।
अष्ट्रिया विरुद्ध गोल गर्दै नेइमारले ब्राजिलियन आइकन रोमारियोको बराबरी गरेका छन् । उनले ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।
नेइमारभन्दा अगाडि पेले ७७ गोल र रोनाल्डो ६२ गोलमात्र छन् । २६ वर्षे नेइमारले यी सबै कीर्तिमान तोड्ने अनुमान गरिएको छ ।
ब्राजिल विश्वकपको समुह इ मा रहेको छ । यो समुहमा स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्विया रहेका छन् ।