arrow

नेपालको राजनीतिलाई लिएर चीन दुई खेमामा 

ओलीको चीन भ्रमण औपचारिकतामा सीमित 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
nepal-china-flag.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण केवल औपचारिकतामै सीमित हुने देखिएको छ । कम्युनिष्ट सरकार भन्न बित्तिकै चीनले आँखा चिम्लेर चीनले नेपाल सरकारलाई अहिलेसम्मकै सबैभन्दा धेरै सहयोग गर्छ भन्ने अनुमान विपरीत कम सहयोग र सहमतिमै टार्न लागेको उच्च स्रोतको दावी छ । 

स्रोतका अनुसार ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बढी नै लम्पसारवादी चरित्र देखाएका कारण चीन ओलीप्रति विश्वस्त हुन सकेको छैन । चीनकै कारण तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो भने चीनकै दबाबबीच पार्टी एकता भएको दावी गरिन्छ । 

चीनको चाहना स्थायी सरकारको थियो । पाँच वर्षसम्म एउटै सरकार भयो भने सहकार्य गर्न सजिलो हुने चीनको बुझाइ थियो । त्यो पूरा भएको छ । त्यसमाथि कम्युनिष्ट सरकार नै भएपछि सुनमा सुगन्ध थपिएको छ । 

यति हुँदाहुँदै चीन ओलीप्रति किन नकारात्मक भयो त ? 
हुनत एमाले र माओवादीबीच पार्टी एकता भएपछि सबै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भइसकेका छन् । तर एउटै पार्टीभित्र पनि एउटा खेमा हुन्छ भनेझैं अहिले चीन पुष्पकमल दाहाल प्रचण्ड खेमातिर मात्र रहेको छ ।


स्रोतका अनुसार अहिलेसम्म ओलीलाई चीनले पर्खेको थियो तर ओलीले सकारात्मक सन्देश दिएनन् । ओली चीनले चाहेजस्तै नबनेकै कारण असार ५ गतेदेखि हुने ओलीको चीन भ्रमण औपचारिकतामा सीमित हुनेछ । 

नेपाल हेर्ने चिनियाँ टिमले ओलीलाई अवसरवादी नेताका रुपमा बुझेको छ । ओलीले भारतबाट व्यक्तिगत लाभ उठाएको र चीनसंग दोहोरो चरित्र खेलेको बुझाइ चिनियाँ पक्षको छ । चीनले नेपालमा गर्ने भनेका काममा पनि सघाउ पुर्याउन ओलीले इच्छा देखाएका छैनन् । चिनियाँ टिमले ओली भारततिर झुकेको निष्कर्ष बनाएको छ । 

नेपालसंगका नाका खोल्ने कदमलाई ओलीले आफ्नो पहल बताउँदै आए पनि चीनको यो पूर्व सरकारसंगको निरन्तरता भएको बताइन्छ । ओलीको भ्रमणका बेलामा हुने केही सहमति र सम्झौता केवल औपचारिकताभित्र पर्ने पनि स्रोतको दावी छ । 

चीनसंग नजिक रहेका तत्कालीन एमालेका एक नेता भन्छन्, ‘चीनले पहिले जुन दृष्टिकोणले हामीलाई हेर्दथ्यो अहिले त्यही दृष्टिले हेरेको पाइएन । बहुमतको सरकार भएकाले पनि हुन सक्छ । तर चीन त्यतिधेरै उत्साही पो नभएको मैले पाएको छु ।’

त्यसको कारण के हुन सक्छ ? उनी भन्छन्, ‘कारण अनेक हुन सक्छन् । मेरो बुझाइमा ‘चीन पनि एक चीन नीति’ मा नेपालको समर्थनमात्र खोज्छ । तर अर्को छिमेकीसंगको हिमचिम अलि बढी पो भएको हो कि ।’
अर्को एक स्रोतका अनुसार नरेन्द्र मोदीको नेपाल भ्रमणका बेलामा दिइएको सम्मानप्रति चीन खुसी छैन । त्यो सम्मान खान मोदी लायक नभएको चिनियाँ एक पक्षको दावी छ । त्यसले गर्दा चीन खुशी छैन । मोदीको त्यही नेपाल भ्रमणको प्रभावले गर्दा चिनियाँ राष्ट्रपति पनि नेपालमा आउनेमा आशंका बढेको छ । 

चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल आउने सम्भावना टरे पनि उनले प्रधानमन्त्रीलाई पठाउने सम्भावना छ । तर प्रधानमन्त्रीको पनि तत्काल आउने सम्भावना बन्ने सम्भावना कम रहेको स्रोत बताउँछ । 


ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पहिले चीन गएरमात्र भारत जाने बताएका थिए । त्यसमा पनि चीन हच्किएको छ । त्यतिमात्र होइन उनले पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसंग गरेका बाचा पनि पूरा जगरेको भन्दै एक खेमा ओलीप्रति असन्तुष्ट छ । 

तर चिनियाँ अर्को पक्ष भने ओलीले छिमेकीबाट अपेक्षा गर्नु स्वभाविकै भएको भन्दै भारतसंगको सम्बन्ध सुधारको प्रसंगले नेपाल चीन सम्बन्ध बिग्रन नसक्ने बताउँदै आएको छ । यो पक्ष प्रचण्डसंग नजिक छ । त्यसैले त प्रचण्डको नजिकका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीको चीन भ्रमणको बाटो सोझ्याउन चीन गए । 

यो नारायणकाजी फ्याक्टरले कत्तिको काम गर्ने हो त्यो त अर्को हप्ता हुने ओलीको भ्रमणका बेलामा अवश्य पनि देख्न पाइने नै छ । ओली टाढा भए पनि प्रचण्डले सन्तुलन ल्याउन खेल्ने भूमिका पनि महत्वपूर्ण हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ