- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप फुटबलको समुह जी को खेलमा दावेदार बेल्जियमले उत्कृष्ट सुरुआत गरेको छ । बेल्जियमले नवप्रवेशी टिम पानामालाई ३–० ले हरायो ।
बेल्जियमले जित हासिल गरे पनि खेल भने त्यत्ति राम्रो थिएन । गोलका लागि बेल्जियमको प्रयास पर्याप्त थिएन । मध्यान्तरसम्म निरश खेल थियो । १४ मिनेटमै बेल्जियमले पहिलो पहेंलो कार्ड खायो ।
त्यसपछि पानामाले लगातार दुई पहेंलो कार्ड खाए भने मध्यान्तरपछिको दोस्रो मिनेटमा ड्राइस मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए ।
त्यसपछि दवावमा आएको पानामाले मध्यान्तरअघि दुई वटा पहेंलो कार्ड खाएको थियो भने मध्यान्तरपछि जब गोल खायो तब तीन वटा कार्ड पायो १० मिनेटभित्र ।
त्यसपछि बल्ल छाएर रोमेलु लुकाकु । उनी उत्कृष्ट खेल्ने खेलाडी हुन् । उनले ६९ औं र ७५ औं मिनेटमा गोल गरेका थिए ।
खेलमा बेल्जियमा हावी भयो । गोलका लागि गरेका ६ मध्ये ३ प्रहारमा सफल भयो । ६१ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्यो । तर बेल्जियमले राम्रो भने खेलेन ।
किनकि यो खेल ‘फेयर प्ले’ को विरुद्धमा थियो । नयाँ टिम पानामाका सात खेलाडीको उपचार गर्नुपरेको थियो ।
बेल्जियमले १७ फाउल खेलेको थियो । तीन खेलाडीले पहेंलो कार्ड पाए । पानामा पनि राम्रो खेल्न सकेन । पाँच खेलाडीले पहेंलो कार्ड खाए । १८ फाउल खेले । गोलका लागि चार प्रहार भए पनि गोलपोष्टको जाली चुम्ने बल एउटा पनि रहेन ।
३९ प्रतिशतमात्र बल आफ्नो नियन्त्रणमा थियो । ३ अफ साइड थिए ।