- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एसिया महादेशबाट छनोट भएर विश्वकपमा पुगेको अष्ट्रेलियाले छनोट राम्रो खेलेको थियो । तर अहिले विश्वकपमा भने खासै राम्रो खेल हुन सकेको छैन ।
तर नराम्रो खेलेको पनि हैन । जित मात्र नल्याएको हो । समूह सी मा रहेको अष्ट्रेलिया त्यति कडा समूहमा परेको हैन । कडा टिमसंग जुधेको पनि हैन ।
तर कमजोर टिम कोही पनि हैनन् । किनकि सबै अनुभवी हुन् । पहिलो खेलमा फ्रान्ससंग २–१ ले हारेको अष्ट्रेलियाले दोस्रो खेलमा बिहिबार डेनमार्कसंग १–१ को बराबरीमै चित्त बुझायो ।
खेलमा क्रिस्टियान एरिक्सनको गोलबाट डेनमार्कले ७ औं मिनेटमा र माइल जेडिनाकले ३८ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
त्यसबाहेक अष्ट्रेलियाले गोलका लागि आधादर्जन प्रहार नोक्सान गर्यो । ५ प्रहार डेनमार्कले नोक्सान गर्यो ।
बल ५१ प्रतिशत पकडमा राखे पनि अष्ट्रेलियाले चमत्कार गरेन । डेनमार्कका दुई खेलाडीले पहेंलो कार्ड खाए पनि जम्मा फाउल ७ गर्यो । त्यसैगरी अष्ट्रेलियाले ५ फाउल खेल्यो ।
जारी प्रतियोगितामा धेरै नै फाउल भएको अवस्थामा यो खेललाई केही मात्रामा भए पनि ‘फेयर प्ले’ मान्न सकिन्छ ।
बराबरी खेले पनि डेनमार्कको ४ अंक छ । अब फ्रान्ससंग बराबरी खेले पनि डेनमार्क राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । तर अष्ट्रेलिया अर्को चरणमा पुग्नका लागि अबको पेरु विरुद्धको खेल कम्तीमा दुई गोलको अन्तरले हराएर पुग्नेछैन फ्रान्सले पनि डेनमार्कलाई हराउनु पर्ने हुन्छ ।
यसैले त भन्छ तयारी जति नै बढी गरेपनि फाइनल खेल निरस खेलेपछि अष्ट्रेलियालाई के भन्ने ?