arrow

बडिमालिका नगरपालिकाको बजेट ३८ करोड २७ लाख 

logo
रमित बिक 
प्रकाशित २०७५ असार ११ सोमबार
DSCN0236.JPG

बाजुरा । बडिमालिका नगरपालिकाले ३८ करोड २६ लाख ९५ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । आइतबारको तेस्रो नगर सभाले आ.व. ०७५–०७६ को निति तथा कार्यक्रम प्रस्ताव गरेको हो । 

बडिमालिका नगरपालिकाका उपप्रमुख कविता बिष्टले समृद्ध बडीमालिका नगर निर्माणका पाँच खम्वा अन्तर्गत बडीमालिका नगर कार्यपालिकाको आ.व.०७५–०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

“खुशी नगरबासी समृद्ध नगर” भन्ने मुल नाराका साथ सुरु भएको तेस्रो नगर सभामा आर्थिक विकास नीतिमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत ९ वटै वडालाई विषय क्षेत्रका प्राविधिकको राय बमोजिम विशेष उत्पादन पकेट क्षेत्रका रुपमा विकास गर्ने गरी कार्यक्रम लागु गरिने भएको छ ।  

“किसानको मुहारमा मुस्कान आधुनिकीकरण र प्रविधिकरणको अभियान”अन्तर्गत आधुनिक प्रविधीको प्रयोग मार्फत कृषि क्षेत्रमा आमूल परिवर्तन,कृषकसंग नगर प्रमुख कार्यक्रमलाई थप प्रभावकारी रुपमा कार्यन्वयन गरिने, माछा, मासु, दुग्धजन्य उत्पादन र कृषिमा आत्मनिर्भर नगरपालिका बनाउने अभियान अन्तर्गत हल्दी खुर्सानी (नगर बाहिरको नखानी) कार्यक्रम संचालन गरिने, जीवनस्तर सुधार कार्यक्रम अन्तर्गत हाम्रै बारीको कोदो मकै आलु, परम्परागत परिकारमा नगरबासी सिपालु अभियान अन्तर्गत खाद्य परिकार निर्माण र सीप अभिवृद्धि कार्यक्रम लागु गरिने, कृषि तथा पशुजन्य व्यवसाय संचालन गर्ने युवालाई अनुदान तथा सहुलियत ऋणको प्रवन्ध गराइने छ । 

शिक्षित वेरोजगारलाई रुची र योग्यता अनुसार स्वरोजगारमुलक कार्यक्रम संचालन गरिने,“शुन्य बाँझो खेतीयोग्य जग्गा,समृद्ध बडिमालिका निर्माणको आधार पक्का”कार्यक्रम अन्र्तगत बाँझो जग्गा राख्नेलाई मालपोत लगायतका शुल्कमा बढोत्तरी गराई जग्गा बाझो राख्ने संस्कृतीलाई निरुत्साहित गरिने भएको छ । 

त्यस्तै गोठालालाई किटबक्स सहित भैसी पालन व्यवसायलाई प्रवर्नद्धन गर्न पशु विमा गर्ने र पाडा हुर्काउने पशुपालक कृषकलाई भैंसीलाई सुत्केरी भत्ता कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाइने भएको छ । यसैबीच उद्योग तथा बाणिज्य नीति तर्फ बडीमालिका नगरपालिकालाई लगानीको उचित गन्तव्य बनाउन कर छुट, दर्तामा सहुलियत लगायतका लगानीमैत्री नीति अख्तियार गरिने, नगरपालिका क्षेत्रभित्र बनजन्य, कृषिजन्य, पशुजन्य, मासुजन्य र दुग्धजन्य लगायतका स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनाका लागि लगानीकर्तालाई विशेष प्याकेज मार्फत अकर्षित गरिने, नगरक्षेत्रका तिपाडा(जडाङ्गा), भौनेरा र चुथीलाइ भगीनी बजारका रुपमा विकसित गर्दै हरेक वडामा मा समेत वडास्तरिय बजारका रुपमा विकास गरिने, तरुणको लक्ष्य (सीप र दक्ष अभियान अन्तर्गत तरुणलाई सीपमूलक तालिम आयोगका तयारी कक्षा,सीप परिक्षण गर्ने गराउने प्रवन्ध मिलाइने,होटल व्यवसायलाई व्यवस्थित गर्दै पर्यटकिय होटललाई सुविधा सम्पन्न बनाउन उत्प्रेरित गरिने, हाट बजारलाई व्यवस्थित गरिने जस्ता निति तथा कार्यक्रम रहेका छन् । 

यस्तै पर्यटन नीतिमा “समृद्धिका लागि गन्तव्य बडिमालिका“ अभियान अन्तर्गत बुढाकोर्ध मालिका केवलकार र खेतीपातल दुनलेक केवलकारको सम्भाव्यता अध्ययन गराई समपुरक अनुदानका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्दै बडीमालिका नगरलाई ७ नं प्रदेशकै नमूना पर्यटकिय क्षेत्रका रुपमा विकसित गरिने, अद्भुत कालाजग्रा, आहा जाल्पादेवी, गणेश गुफा, पोरखे लेक, विरेखोला झरना जस्ता आन्तरिक पर्यटकिय प्याकेजको निर्माण गरि पर्यटन प्रवर्द्धन कार्यलाई तिव्रता प्रदान गराईने, बहुप्रतिक्षित त्रिकोण झोलुङ्गे पुल (थुवाकाँध–नाया–बयाल्या) को सम्भाब्यता अध्ययन गराई निर्माण कार्य थालनी गरिने, वडा नं ३ रजाली लाई कृषि पर्यटन क्षेत्रका रुपमा विकास गरिने, नगरपालिकाका कुनै दुई बस्तिलाई होम स्टेका रुपमा विकास गरिने, नगर क्षेत्रका पर्यटकीय क्षेत्रको पहिचान प्रवर्द्धन गरि पर्यटकीय पूर्वाधार निर्माण गरिने जस्ता रहेका छन् । 

त्यस्तै सहकारी नीति अन्र्तगत नाम मात्रका सहकारीलाई नियमन गरी सहकारीलाई व्यवस्थित सञ्चालन गर्न विशेष कार्यक्रम ल्याइने, संख्यात्मक बढोत्तरी भन्दा पनि गुणात्मक बनाउन उदेश्य र क्षेत्र मिल्ने सहकारी एकिकरण गरिदै लगिने भएको छ । 

त्यस्तै वित्तीय नीतिमा बैक तथा वित्तीय क्षेत्रमा नगरवासीको पहुँच वृद्धि गर्न हरेक नगरवासीका बैङ्कमा खाता,समृद्ध नगर निर्माणमा हाम्रो सहभागिता कार्यक्रम सञ्चालन गर्ने,बैङ्क तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने,बैङ्क तथा वित्तीय संस्थालाई नियमन गर्दै जनमूखी वित्तीय क्षेत्रका रुपमा विकास गर्ने निति अघि सारिएको छ । 

यस्तै सामाजिक विकास नीति,शिक्षा नीतिमा नगरक्षेत्रका कुनै ५ विद्यालयमा चालु आ.व.मा कक्षा १ देखि अँग्रेजी माध्यमबाट शिक्षण गराई भाषागत विषयलाइ प्रोत्साहन गर्ने,नगरक्षेत्रका शैक्षिक संस्थाहरुमा विद्युतीय शिक्षा प्रारम्भ गरिन,नगरभित्र सबै विद्यालयमा इन्टरनेटको विकास गरी ई(कलासका माध्यमबाट पठन पाठन गराइने भएको छ ।

 त्यस्तै “सवैका लागि शिक्षा सधैका लागि शिक्षा“भन्ने नारालाई मूर्तरुप दिन बिभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै “आफु जहाँ आफ्ना तहाँ“ कार्यक्रम अन्तर्गत जनप्रतिनिधी,सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुका बालबालिकाहरुलाई सरकारी विद्यालयमा पढाउने व्यक्तिलाई विशेष प्याकेज मार्फत सम्मानित गर्ने,सामुदायिक विद्यालयमा पढेर बाजुरा क्याम्पसबाट स्नातक गर्ने विद्यार्थीलाई कम्तिमा ६ महिने नगर स्वयमसेवकका रुपमा खटाइने व्यवस्था गरिने,संस्थागत विद्यालयलाई समेत शुल्क लगायतका क्षेत्रमा नियमन गरिने,आवासीय विद्यालय स्थापनाका लागि अवश्यक पहल गरिने,बडीमालिका प्राविधिक शिक्षालयको स्थापना गर्न प्रदेश तथा संघीय सरकारसंग पहल गरिने भएको छ । 

त्यस्तै स्वास्थ्य नीतिमा “घरघरमा अर्गानिक तरकारी ( रोग व्याधी डाँडापारी नारा अनुसार अर्गानिक खान पानलाई जोड दिई बहुक्षेत्रीय पोषण योजनालाई लागु गरि नगरलाई पोषणयुक्त बडीमालिका नगरपालिका बनाईने, हरेक वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी घरघरमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिनेछ भने वडा नं १ मा स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिने,महिला स्वयंसेविका लागि बैठक भत्ता,भ्रमण प्याकेज जस्ता विशेष कार्यक्रम सञ्चालन गरिने, लागु पदार्थ ओसारपसार तथा दुव्र्यसनी नियन्त्रण किशोर किशोरी स्वास्थ्य शिक्षा जस्ता सचेतनामूलक कार्यक्रममा विभिन्न संस्थाको सहयोग, समन्वय र साझेदारी गर्ने नीति अवलम्वन गरिने, बडीमालिका उपचार सहायता कोषको स्थापना गरी उपचार नपाइ मर्नुपर्ने बिडम्वनाको अन्त्य गरिने, रगत दिए सकिँदैन रगत लिउँ रगत दिउँ अभियान संचालन गरी ब्लड बैङ्कलाइ व्यवस्थित बनाइने, सुत्केरी आमा पोषिलो खाना कार्यक्रम अन्तरगत गर्भवती आमा सुरक्षा कार्यक्रमलाइ अझ प्रभावकारी बनाइदै लगिने, टोल टोलमा स्टेचर र नगर स्तरिय एम्बुलेन्सको सञ्चालन गरिने भएको छ । 

यस्तै खानेपानी तथा सरसफाई नीतिमा टोल विकास समितिलाई अझ जिम्मेवार र सक्षम बनाई आफ्नो घर आँगन सरसफाई फाइदै फाईदा हामीलाई कार्यक्रम प्रभावकारी रुपमा लागु गरिने भएको छ भने “एक घर एक धारा“ अभियान अन्तर्गत यस आ व मा मार्तडी बजार क्षेत्र लगायत वडा न ७ र वडा ९ को चौराटा क्षेत्रको खानेपानी व्यवस्थित गरिने,नगरक्षेत्रमा प्लास्टिकजन्य(शिसाजन्य फोहरलाई निरुत्साहित गर्दै पूर्णसरसफाईयुक्त नगर घोषणा गर्ने अभियान तिव्रताका साथ अगाडि बढाईने तथा शिसाजन्य फोहरको सिर्जनात्मक प्रयोग जस्ता कार्यक्रम संचालन गरिने,बसपार्क लयगात मान्छेहरुको धेरै आवत जावत हुने क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण गर्ने जस्ता कार्यक्रम रहेका छन् । त्यस्तै सँस्कृति प्रवर्द्धन नीतिनगरपालिका क्षेत्रभित्र मनाईने स्थानीय चाडपर्वलाई समयानुकुल विकास र संरक्षण गरिने,हाम्रो मौलिकता हाम्रो शान (संस्कार परम्परा र मेलापर्व हाम्रा पहिचान अभियान अन्र्तगत संस्कृती पहिचान,प्रवर्द्धन र विकासको नीति लिइने,देउडा गीत,गौरा अनन्तेका मागल, भार्ता, असारे गीत, भुवाका मागल लगायतका नगरका मौलिक सम्पदा संरक्षणका लागि भिडियो डकुमेन्ट्री बनाई संरक्षित गरिने,ुड्केली संस्कारलाई संरक्षित बनाउन पञ्चेवाजा समुह गठन गरी संस्कृती जगेर्ना गरिने,बौद्ध संस्कृतीको जगेर्ना गर्न हाम्रा बुद्ध (चित्त शुद्ध कार्यक्रम संचालन गरिन भएको छ । 

त्यस्तै खेलकुद तथा मनोरञ्जन नीतिमा नगर स्तरिय खेल मैदानको सम्भाव्यता अध्ययन गरी बडीमालिका खेलकुद मैदान निर्माणको आधारशिला तयार गरिने,बडीमालिका नगर स्तरीय खेलकुद प्रतियोगिताहरुको आयोजना गरिने,बहउद्देश्यीय कर्वडहललाई सुविधा सम्पन्न बनाउन समन्वय तथा सहकार्य गरिने भएको छ ।

यस्तै लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण नीति अन्तर्गत महिलासंग उपप्रमुख कार्यक्रमलाई शसक्त रुपमा वडास्तरमा सञ्चालन  गरी लैङ्गिक हिंसामुक्त नगर घोषणाका लागि बिभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरी लागु गर्दै गरिने,चालु आ.व.मा छाउपडीजन्य कुसंस्कार अन्त्यका लागि विभन्न क्रियमकलाप सञ्चालन गर्ने,एकल महिला तथा विपन्न महिला व्यवसायिक तथा स्वरोजगारमूलक कार्यक्रम लागु गरिने,बालमैत्री स्थानीय शासन अनुरुपका विविध कार्यक्रमहरु सञ्चालन गरी वडा तथा नगरलाई बालमैत्री नगर बनाउने वडालाई विशेष बजेट पुरस्कारको व्यवस्था गरिने,अपाङ्गता भएका व्यक्तीहरु लक्षित विभिन्न कार्यक्रमहरु संचालन गरिने,मदिरा तथा सुर्तिजन्य पदार्थको विक्री वितरणलाइ व्यवस्थित गरिने,बालविवाह न्यूनिकरणका लागी ब्या बरु छाँटै हरी ( म क्यान मरु अभियान सञ्चालन गर्ने,महिला समुहको संस्थागत विकास गरिनेछ भने महिलाहरुको कामको बोझ घटाउने खालका कार्यक्रम लागु गरिने भएको छ ।

पूर्वाधार विकास नीतिमा स्थानीय सडक पुल तथा झोलुङगे पुल वडा नं ५ र ६ का वडा कार्यालयसम्म सडक पहुँच पुर्याउने र सडक पुगेका वडामा बाह्रै महिनामा सडक सुचारु गर्न सडकको स्तरोन्नती गर्दै लगिने,बडीमालिका चक्रपथ निर्माण अभियान अन्तरगत विभिन्न चार ठाँउबाट चक्रपथ निर्माण कार्य थालनी गर्ने,मार्तडी बजारमा रहेको लथालिङ्ग र अव्वस्थिति विद्युत तथा टेलीफोन तारहरुलाई व्यवस्थित गर्न लाई एकीकृत ढंगले सडक, विद्युत, खानेपानी, टेलीफोनको लागि एकीकृत योजना तयार गर्ने कार्यलाई निरन्तरता,जिल्ला सदरमुकामसँग जोड्ने ठूलीसाँगु,भौन्यारा,बाहुली,अनाई,नाउलेगाड,चुथीखोला र ठूलीगाड (मार्तडी स्वास्थ्य चौकी चुथी जोड्ने) पक्कीपुल निर्माणलाई प्राथमिकता दिई संघमा समन्वय गरी निर्माणका लागि पहल गरिने,मार्तडी बजारका गौडा डिलदेखी खुला मञ्चसम्म र बन कार्यालयदेखी स्वास्थ्य कार्यालय गेटसम्म सडक निर्माण कार्य सम्पन्न गरिने भएको छ ।

सिचाई नीतिमा बडिमालिका नगरको कूल खेतीयोग्य जमिनमा हाल सिंचित क्षेत्र ८५ हेक्टरलाइ दोब्बर बनाइने,आकाशे पानी संकलन टंकी,लिफ्टिङ् सिचाइको समेत प्रवन्ध गरी सिंचित जग्गाको क्षेत्रफलमा बढोत्तरी गरिने जस्ता कार्यक्रम निति तथा कार्यक्रममा रहेका छन् । 

नगरपालिका नीति कार्यक्रमलाई सफल कार्यान्वयनका लागि संघीय सररकारबाट अनुदान,प्रदेश सरकारबाट अनुदान ,आन्तरिक श्रोत र गैरसरकारी संस्थाको कुल ३८ करोड २६ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कार्यपालिकाका सदस्य,९ वटै वडाका वडा अध्यक्ष लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ