arrow

प्रधानमन्त्री ओली भन्छन् –चीन भ्रमणमा जानुअघि गराएको जानकारी भन्दा बढी उपलब्धी भयो

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
kp-oli-samsad.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट आएपछि जानकारी गराएका छन् । संसद बैठकमा जानकारी गराउँदै उनले थुप्रै कुराहरु संचारमाध्यमबाट आइसकेकाले खासै नयाँ नलाग्ने भन्दै औपचारिक ढंगले सदन समक्ष जानकारी गराउने कर्तव्य ठानेको बताए । 

उनले बाहिर गरिएका टिकाटिप्पणी र भनाइले अन्योल पार्न सक्ने भन्दै त्यसलाई स्पष्ट पार्ने बताए । उनले भ्रमण फलदायी रहेको बताए । आफूसंग गएको टोलीले सघाउ पुर्याएको उनले बताए । 

प्रधानमन्त्री ओलीले दुई देशबीच विगतमा भएका सन्धी र सम्झौताको ढांचा तयार गर्ने, आफ्नो सरकारका योजना सुनाउने र आर्थिक समृद्धि हासिल गर्नका लागि विभिन्न क्षेत्रमा सहकार्य कसरी अगाडि बढाउन सक्ने भन्ने विषयमा छलफल भएको बताए । 

राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि खछ्याङ संगको वार्ता फलदायी भएको उनको निष्कर्ष छ । 

चिनियाँ नेतृत्वबाट नेपालको परिवर्तन र सरकारको योजनाको स्वागत गरेको प्रधानमन्त्री ओलीले बताए । उनले दुवै पटक चीन जाँदा भएका सहमति र सम्झौतालाई कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएको बताए । 

हिमालय वरपर वृहत्तर गर्न रेलवे, राजमार्गमा सघाउ पुर्याउने सहमति भएको उनले बताए । दुई देशबीच विकास र सम्बन्ध विस्तार गर्न दुई पक्षबीच १४ बुँदे विज्ञप्तिसमेत जारी भएको उनले उल्लेख गरे । 

चीनबाट अहिले भइरहेका आर्थिक सहयोगलाई फराकिलो बनाउन मद्धत पुग्नेछ । रेलवे कनेक्टिभिटी बढाउन सघाउन पुग्नेछ भन्ने उनले विश्वास व्यक्त गरेका छन् ।
काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गका लािग आधार तयार भएको छ भन्दै नेपाल चीनको इतिहासमा यो सबैभन्दा उचाइमा रहेको सम्झौता भएको उनको दावी छ । 

नेपालको पूर्वाधार विकासमा सघाउन दुवै पक्ष स्थल तथा हवाइ क्षेत्रको विकास गर्न सहमत भएका छन् भन्दै उनले निजी क्षेत्रको एयरलाइन्स चलाउन सहमत, सीमा वारपार विद्युत पारवहन क्षमता बढाउन हस्ताक्षर, सम्पूर्ण पारबहनलाई सिघ्र छलफलमा बसेर टुंगाउने सहमति भएको बताए ।

तेल तथा ग्यासको अन्वेषण अध्ययन गर्न चीन सघाउन तयार रहेको जनाएको उनले सुनाए । उनले भने, ‘नेपालमा कृषि विकासका लागि चीन सकारात्मक, व्यापारिक नाका खोल्ने सहमति, नेपालको सन् २०२० को नेपाल वर्ष भ्रमण सफल पार्न चीन सरकार सहमत भएको छ ।’ 

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइएको र चाँडै ने नेपाल आउने विश्वास गरे ।

चीनमा रहेका नेपालीले आयोजना गरेको कार्यक्रममा भेटेर उनले चिनियाँ उद्योगीलाई लगानी गर्न आग्रह गरेका छन् । 

ल्हासामा रहँदा नेपाल र तिब्बतबीच व्यापार, पर्यटन र लगानीबारे छलफल गरे । 

के के भए समझदारी
उर्जा समझदारी, रेलवे कनेक्टिभिटी बढाउन मार्ग प्रशस्त्र ।
मितेरी पुल निर्माण ।
मालसामान ढुवानी गर्न तिब्बती राजमार्गको प्रयोग गर्ने (चीनका कुनै ठाउँमा सामान पुर्याउन परे)
लगानी तथा उत्पादन क्षेत्रमा सहयोग
संयन्त्र स्थापना गर्न दुई देशका परराष्ट्रमन्त्रीबीच
सुदृढिकण
मानव संशासन सम्बन्धी
चीनले ३ अर्ब युवान सहयोग
नुवाकोट, रसुवा, दोलखा, सिन्धुपाल्चोकका विद्यालयलगायत मर्मत लगायत सहमति र सम्झौता भएको उनले बताए । 
दुई देशबीच राजनीतिक सम्बन्ध थप सुदृढ भएको प्रधानमन्त्री ओलीको विश्वास छ । सहयोगी समझदारी भएको र रेलवे सम्झौता विशेष रहेको पनि उनको विश्वास छ । 

चीन भ्रमणमा जानुअघि सदनमा उपलब्ध गराएको भन्दा बढी सफल भएको विश्वास ओलीको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ