arrow

गौमुल गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न

logo
रमित बि.क.
प्रकाशित २०७५ असार १६ शनिबार
gaumul.jpg

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाकाले २१ करोड ६ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । तेस्रो गाउँ सभाले आ.व. ०७५-०७६ को निति तथा कार्यक्रम प्रस्ताव गरेको हो । गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले उक्त बजेट तथा निति कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 गाउँपालिकाको समग्र विकासका निम्ती संघ सरकार ,प्रदेश सरकार  र स्थानीय सरकारले लगेका उद्देश्य पुरा गर्न सम्पूर्ण निजी ,गैरसहकारी  तथा सहकारी क्षेत्रसंग समन्वय गरिने,आगामी आर्थिक बर्षको श्रावण महिना देखि मदिरा सेवन कार्ड पुर्ण रुपमा लागु गरिने,स्वास्थ्य विमा कार्यक्रमलाई तिब्रता दिईने,शैक्षिक क्षेत्रको सुधार गर्न विद्यालय समायोजन अति आवश्यक देखिएकाले विद्यालयहरुसमायोजन निती लिईने, विद्यार्थीहरुको शारिरीक तथा मानसिक तन्दुरुस्तीका लागि हरेक दिन संगित,खेलकुद र योगाभ्यास अनिवार्य वनाउन एक विद्यालय एक खेल संगित शिक्षक टेनर तालिम गराईने,गाउँपालिकामा विद्यार्थीहरुलाई प्रोत्साहन गर्न मदन आश्रीत छात्रबृत्ती कोषको  स्थापना गरिने,जडिबुटी क्षेत्रको व्यापक बृद्धिका लागि जनतासंग जडिबुटि कार्यक्रम लागु गरिने भएको छ  ।

 त्यस्तै अव्यवस्थीत पशुपक्षी पालनलाई पूर्णरुपमा व्यवस्थीत गरि बातावरणीय स्वच्छता कायम गरिने,छाडा रुपमा आवश्यकता भन्दा बढी पशुपक्षी पालन बन्द गर्ने नीति लिईने,खडेरी बिहीन हरियो गाउँपालिका बनाउन नाङा भागहरुमा बृक्षारोपण तथा एक घर १० विरुवाको निति लिईने,क्रमागत योजनालाई प्राथमिकता दिईएको छ । यस्तै जनताको घरदैलोमा स्वास्थ्य सेवा पुराईने,उपचार भन्दा रोग नै नलाग्न दिने गरी रोकथाम अभियान संचालन गरिने,आगामी पाँच बर्ष भित्र स्वच्छ खानेपानी हरेक बस्तीमा पुराईने,गाउँपालिका भित्रका सबै लघुजलविधुत आयोजना लाई आगामी २ बर्ष भित्र एकिकृत गरि संचालनमा ल्याईने भएको छ ।

 त्यस्तै सामाजिक विकास तर्फ शिक्षा,स्वास्थ्य, खानेपानी तथा सरसफाई,संस्कृति तथा पर्यटन, लैगिक समानता तथा सामाजिक समावेशीकरण गरिने,शैक्षीक गुुणस्तर बृद्धि गर्नका लागि विद्यालय समायोजन यसै बर्षबाट गर्ने तथा यसका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण,जनशक्ति व्यवस्थापन को कार्य थालनी गरिने,समायोजन भएका विद्यालयहरुमा कक्षा एक बाटै अंग्रेजी माध्यामबाट अध्यापनको व्यवस्थापन गरिने,आगामी चैत्र बाट सुरु हुने गरी पहिलो चरणमा वडा नं १ बाट विद्यालय समायोजनको प्रक्रिया अघि बढाईन,सवै विद्यालयहरु प्रविधीमैत्री बनाउदै लगिने,सबै तहको बार्षिक परिक्षा गाउँपालिका स्तरिय बनाईने छ भने प्रत्येक विद्यालयमा हरेक महिनाको अन्तिम तीन दिन अनिवार्य कक्षा टेष्ट परिक्षा लिनु पर्ने निति लिईएको छ ।

 यसैबीभ विद्यालयको लेखा प्रणालीलाई चुस्त दरुस्त बनाउन विद्यालय कर्मचारीलाई नियमित तालिमहरु सञ्चालन गरिदै लगीने छ भने विद्यालयको लेखा परिक्षणलाई व्यवस्थीत बनाईनेछ, विद्यार्थी संख्या मापदण्ड अनुसार नपुगेका ,शिक्षक दरबन्दी नभएका र कक्षा थप्न नपर्ने विद्यालयहरु स्वीकृती कक्षा र दरवन्दीमा झार्ने र यस्ता विद्यालयहरुलाई तल्लै कक्षाबाट गुणस्तरियताका लागी आवश्यक बन्दोवस्त मिलाईने,अव निर्माण हुने विद्यालयका भौतिक पूर्वाधारहरुलाई बालमैत्री,अपाग मैत्री र भुकुम्प प्रतिरोधात्मक बनाईने, गाउँपालिका भित्रका माविहरुमा सेनीटरी व्यवस्थापन मैत्री शौचालय निर्माण गरिने,गाउँपालिका भित्रका जेहन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान गर्न मदन आश्रीत छात्रबृत्ति कोष स्थापना गरिने निति लिईएको छ ।

स्वास्थ्यतर्फ उपचार पूर्व नागरिकलाई स्वस्थ बनाउन आवश्यक पोष्टीक आहारहरुमा जोड दिईने,नागरिकहरुलाई स्वास्थ्यमा पहुँच पुराउन सबै टोलहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने भएका स्वास्थ्य केन्द्रहरुलाई गुणस्तरिय र व्यवस्थीत गरिने,सबै बर्थिङ्ग सेन्टरहरुलाई पूर्ण व्यवस्थीत गरी संचालनमा ल्याईनेछन् भने गाउँपालिका स्तरिय एक ल्याव स्थापना गरिने भएको छ । यस्तै जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरी जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविर संचालन गरिने,स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर स्वरुप महिला स्वयमसेविका दिवस मनाईने,महिला स्वयंमसेविकाहरुलाई एस.एम.एस.मोबाईल रिर्पोटिङ्ग गर्नका लागि प्रत्येक स्वयमसेविकाको लागि रिचार्ज खर्च र मोबाईल उपलव्ध गराउने साथै तालिमको अवसर प्रदान गरिने,तत्काल महामारी तथा संक्रामक रोग फैलिने सम्भावना देखिएमा वा फैलिएको अवस्था आएमा त्यसलाई तुरुन्त संबोधन गर्नको लागि गौमुल गाउँपालिका स्वास्थ्य विभाग प्र्रमुखको संयोजकत्वमा  गठन गरी जनशक्ति परिचालन गरिने,हरेक परिवार र परिवारको सदस्यको खानपानमा सुधार ल्याईने छ ।

यसका लागि“एक घर एक करेसाबारी ,हरेक दिन हरियो तरकारी ”लाई अनिवार्य गरिने भएको छ । यस्तै खानेपानी तथा सरसफाईमा ५ बर्ष भित्र सबै जनताको घरमा स्वच्छ खानेपानी अनिवार्य पुर्‍याउने नीति लिईने,प्रत्येक गाउँमा पानी पुलिसको व्यवस्था गरिने,निर्माण भएका पानीका मुहानहरुमा विशेष मुहान संरक्षण कार्यक्रम लागु गरिने,प्रत्येक बर्ष सरसफाई सम्मेलन गरिनेछ भने पूर्ण सरसफाईको अभियानलाई तिव्रता दिई  स्वच्छ सफा गाउँको निर्माण गरिने,प्रत्येक वडा कार्यालयमा वडा समितिको प्रत्येक  महिना एक पटक अनिवार्य सरसफाई सम्बन्धि बैठक बसी समिक्षा गर्ने निति लिइने भएको छ । यसैबीच सांस्कृति प्रवद्र्धनतर्फमा स्थानीय सांस्कृति परम्परालाई प्रवद्र्धन एवं व्यवस्थापन गर्दे लगिन,परम्परागत सांकृतिक,धार्मिक बस्तुस्थिति झल्कीने तथा गाउपालिका भित्र उपलब्ध सम्पूर्ण चिजविज सहितको एक संग्राहालय स्थापना गरी यो कार्य आगामी २ बर्ष भित्र पुरा गरिने,स्थानीय भेषभुषा को संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिईने छ भने स्थानीय संस्कृतिहरुको संरक्षणका लागि विशेष कार्यक्रम ल्याईने,आगामी ३ बर्ष भित्र गाउँपालिकामा एक साँस्कृतिक संग्रहालय स्थापना गरिने,गाउँपालिकामा रहेका सांस्कृतिक पर्व तथा धरोहरहरुबारे प्रचार प्रसार गरिदै लगिनेछ  भने धार्मिक मठमन्दीरहरुको तथ्याङ्क संकलन गरि प्रोफाईल तयार पारिने भएको छ ।

लैगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ लैगिक समानता,समावेशिकरण र समान सहभागिता सहतिको समाज निर्माण अभियानको निति लिदैँ लैगिक विभेद अन्त्य र समाज निर्माणमा अपन्वत्वको भावना बृद्धिविकास गर्न सबै पक्षको सहायता र सहयोगबाट अगाडी बढिने,दलित,महिला तथा जनजातीलाई हरेक क्षेत्रमा (संघसंस्था,उपभोक्ता समिती,समुह गठन आदी ) सहभागिता तथा ईक्वाईल समावेशीको सिद्धान्तबाट अघि बढाईने,घरेलु हिंसा पूर्ण रुपमाा बन्दको अभियान सञ्चालन गरिने,घरेलु हिंसा जन्य कार्य गर्ने जोकोहीलाई कानुनी दाहेरामा ल्याई कार्वाही गरिने,हरेक व्यक्तिलाई सिर्जनशिल बनाउन सचेतना तथा व्यक्ति जागरण अभियान सञ्चालन गरेर यसका लागि राष्ट्यि तथा अन्तराष्ट्यि अभियन्ताहरुलाई गाउँपालिकामा भित्र्याउने निति अघि सारेको छ ।

आर्थिक विकासतर्फमा कृर्षिबालीमा आत्मनिर्भर गाउँपालिका बनाउँदै लगिने,माटो परिक्षण गरी माटो सुहाउँदो वाली क्षेत्रहरु तयार पारिने,गाउँ गाउँमा कृषक समुह गठन गरिने छन् भने कृषी व्यवसाय गर्ने व्यक्ति तथा समुहलाई सहकारी मार्फत सहुलियतमा तथा प्राथमिकतामा राखी ऋण उपलव्ध गराईन,परम्परागत वालीको संरक्षण तथा प्रवद्र्धन गर्न विउको व्यवस्थामा जोड दिईने छ भने रैथाने जौ बालीको प्रवद्र्धनमा विशेष जोड दिईने,नगदेवाली विकास कार्यक्रम अन्र्तगत अलैची,उखु,चिया र कफी खेतीको सम्भावना अध्ययन गरी अलैचि र कफीको नर्सरी स्थापना गरिने,किसानले खेतीपातीको क्रममा भोग्नु परेको समस्या तथा कृषी सम्बन्धि समस्यालाई टेलीफोन मार्फत समाधान गर्न किसान कल सेन्टर स्थापना गरी सञ्चालन गरिने छ ।

यसका लागि गाउँपालिकाले प्रदेश सरकार संग विशेष पहल गर्ने,गहुँ,आलु पाठशाला सञ्चालन गरिदै लगिने छन् भने गाउँपालिकाका विभिन्न भागहरुमा माटो परिक्षणलाई निरन्तरता दिईने भएको छ । साना सिचाई , हिउँ पोखरी ,एक घर एक करेशाबारी,हरेक दिन हरियो तरकारी लाई थप जोड दिईन,“एक हल गोरु,एक दुहुनु गाई वा भैसी लाई प्राथमिकता दिई अनावश्यक पशुपालन गरिने गाईवस्तुलाई घटाई हरेक व्यक्तिलाई उत्पादनमुलक क्षेत्रबाट अगाडी बढाईने,गोठ सुधार तथा मलखाडललाई व्यवस्थित पारिदै लगिने भएको छ भने हरेक परिवारले मुलघर भन्दा १ किलोमिटर टाढा गोठको व्यवस्था गर्नु पर्ने निति लिईएको छ । पर्यटनतर्फमा“जनताको आय आर्जनको आधार ः पर्यटन पूर्वाधार” भन्ने नारा सहित पर्यटक स्थलको पहिचान र व्यवस्थापन गरी आन्तरिक तथा बाह्रय प्रर्यटक आकर्षक गन्तव्य स्थल तयार गरिदै लगिने,गौमुल हुँदै बुढीनन्दा नगरपालिका सम्म पैदल पदमार्गको सम्भाव्यता अध्ययन अवलोकन गरिने छ  भने यसका लागि संघ सरकार संग आवश्यक बजेटका लागि पहल गरिने,गाउँपालिकाको केन्द्रमा जिल्ला भित्रका आन्तरिक पर्यटक भित्रयाउने गरि माछा,स्थानीय अग्रानिक परिकारका खाना लगायत पूर्ण व्यवस्थापन सहितको घटमुना तयार पारी शुक्रबार गौमुल जाउँ,माछा खाउ,पौडी खेलौ र शनिवार आउँ भन्ने नारा तय गरी प्रचार प्रसार गरिने छ र यसका लागि भौतिक पूर्वाधारहरु निर्माण गरिने,आन्तरिक पर्यटक तथा वाह्रपर्यटक गन्तव्य स्थलहरु गौमुलको मुहान,अन्द्राडीको झरना,राम्राकोट पाटन तथा माझपालीको गुफा लगाएतका क्षेहरुको प्रचार प्रसार र आवश्यक मार्गहरुको रेखाकन गरिने छ  भने गाउँपालकिाको कुनै एक नमुना टोललाई होमस्टे टोलको रुपमा विकास गरी पर्यटकहरुलाई आर्कषण गर्ने खालका कार्यक्रमहरु विभिन्न मिडिया मार्फत पर्यटक मैत्री जिगनल प्रशारणको कार्य अगाडी बढाईने,आगामी २ बर्ष भित्र पर्यटन गुरुयोजना तयार पारी सकिने भएको छ ।

 उद्योग तथा बाणिज्यमा एक घर एक रोजगारको राष्टिय नितीलाई अवलम्बन गरिने छ भने यो नितिलाई सार्थक बनाउन लघु तथा साना उद्योग धन्दा हरुलाई प्रोत्सहित गर्ने,  करछुट गर्ने,सामाग्रीहरुमा सहुलियत उपलब्ध गराउने र अनुदान कार्यक्रम संचालन गर्ने र हरेक व्यक्तिलाई सबै प्रकारका व्यवसायमा संलग्न गराईने,युवाहरुलाई नागरिकता र सर्टिफिकेट धितो प्राणालीबाट अनुदान उपलब्ध गरिने कार्यलाई निरन्तरता दिईने,उद्योगधन्दाहरुको संभावनाको खोजी कार्य लाई निरन्तरता दिईने छ भने गाउँपालिका भित्र रहेका खानीहरुको अध्ययन अनुसन्धान कार्यलाई अगाडी बढाईन,छाला जुत्ता सिलाई तालिम,आरन तालिम,च्याउ खेती तालिम,काठ सम्बन्धिका सबै प्रकारका तालिम,अल्लोभाँग्रो व्यवसाय तालिम, हातेहोजियारी, नेपाली कागज उत्पादन तालिम आदी सञ्चालन गरिदै लगिने, सहकारी क्षेत्रतर्फमा गाउँपालिका भित्रकासहकारीलाई मजबुद र व्यवस्थित गर्दे सहकारी मार्फत जनतालाई व्यवसायीक बनाई गौमुललाई समृद्धी उन्मुख लैजान सहकारीहरुलाई सहुलियत तथा व्यवस्थापन खर्च उपलव्ध गराईने,“एक गाउँ एक सहकारी,घरघरमा रोजगारी”को नीति लिईने भएको छ ।

यस्तै पूर्वाधार विकास तर्फ सडक तथा पुलमा सबै जनतामा सडकमा पहुँचको नीति लिई सबै वडाहरुमा आगामी ५ बर्ष भित्र मोटर बाटो पुर्‍याईने,आगामी आ.व.मा सडक निर्माणलाई प्राथमिकता दिईने,गाउँपालिका भित्रका सडकहरुको च्त्ःए तयार पारिने छ भने सर्वे हुन बाँकी रहेका सडकहरुको डिटेल सर्वे कार्य गरी सक्ने,निर्माण भएका सडकहरुको स्तरउन्नती गरी भु–क्षेतीलाई कम गर्दै लगिने,सडकको पहुँच नभएका नहुँन सक्ने र झोलुङ्गेपुल आवश्यक पर्ने ठाउँहरुमा आगामी ५ बर्ष भित्र निर्माण गरि सकिने,सिंचित क्षेत्र एकीन गरी सुख्खा तथा खडेर क्षेत्रमा सिचाईको व्यवस्था गरिदै लगिनेछ र उत्पादनमा बृद्धि गर्ने लक्ष्य लिईने,आगामी ५ बर्ष भित्र खडेरीमुक्त क्षेत्र बनाई सबै सिंचित क्षेत्रहरुमा साना ठुला तथा थोपा सिचाई आयोजनाहरु पुरा गरिसकिने,भवन तथा गाउँ  विकासतर्फ तोकिएको मापदण्डमा भवन र निश्चित  स्थानमा गाउँ बजारको नीति लिईन, प्राविधीकद्धारा व्यक्तिको घर तथा सामुदायिक भवन ,विद्यालय आदीको मापदण्ड सहितको नक्साहरु तयार पारि आगामी श्रावण महिनाबाट लागु गरिन,गाउँपालिकाका निश्चित स्थानहरुमा गाउँ बजार स्थापना गरी सबै प्रकारको विक्रि वितरण केन्द्र,संकलन केन्द्र आदि हुने,आगामी ५ बर्ष भित्र सबै स्वास्थ्य केन्द्रहरुमा कर्मचारी आवाशालय र माविहरुमा छात्रावासमा भुकुम्प प्रतिरोधी भवनहरु निर्माण सकिन,हालको बसाईको अवस्था जोखिम पूर्ण रहेकाले बस्तीहरुलाई सुरक्षित स्थानमा बसाउन जरुरी भएकाले बस्ती विकास कार्यक्रम लागु गर्न संघिय तथा प्रदेश सरकार संग विशेष पहल गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैबीच ऊर्जा क्षेत्रमा गाउँपाकिलका भित्र रहेका लघुजलविद्युत आयोजनाहरुलाई एकिकृत गरि एउटै सिस्टमबाट प्रशारण गर्ने व्यवस्था मिलाउदै यो कार्यको व्यवस्थापन आगामी २ बर्ष भित्र पुरा गरी सक्ने,बत्तिको पहुँच भन्दा बाहिर रहेका बस्तिहरुमा आगामी ३ बर्ष भित्र उज्यालो पुराउने गरी फाष्टट्रयाकबाट बत्तिको व्यवस्था गरिने,सबै स्वास्थ्य केन्द्र,विद्यालय,सामुदायिक भवनहरु र वडा कार्यालयहरुमा वैकल्पिक बत्तिको व्यवस्थाका लागि सोलार पावरको व्यवस्था गरिने,विद्युत उपभोग निति बनाई महसुलमा,एकरुपता ल्याईने भएको छ । यस्तै संचार क्षेत्रमा भौगोलिक विकटतालाई ध्यानमा राख्दै सबै जनतामा संचारमा पहँुच पुराउन विभिन्न ठाउँहरुमा टावर स्थापना गर्न संघिय सरकार नेपाल टेलिकममा पहल गरिनेछ भने निर्माण भै जडान कार्य ढिलो भएका टावर आगामी ३ महिनामा संचालनमा ल्याउन विशेष पहल गरिन,गाउँपालिकाको कार्यसम्पादनको बारेमा १ मिनेटमा हरेक जनताले जानकारी पाउने खालको मोवाईल एप्सका कार्यक्रम प्रयोगमा ल्याईने र यो कार्य आगामी २ बर्ष भित्र संचालनमा ल्याईने,गाउँपालिकाको मातहतमा एक रेडियो एफ.एम. सञ्चालन गर्नेका लागि आगामी ३ महिना भित्र प्रारम्भीक अध्ययन थालनी गरिने भएको छ ।

यस्तै वन तथा भु–संरक्षणमा वन जोगाऊ, भु–क्ष्यबाट भुमी बचाऊ को निति लिदै वन उपभोक्ता समिति,विभिन्न संघसंस्था,जनता,सबै समुहहरुलाई समन्वयात्मक सक्रियता गराउँदै वन जोगाउने अभियानमा लगिने,प्रदेशले अवलम्बन गरेका नितिहरुको कार्यान्वय गरिदै लगिने,जल उत्पन्न प्रकोप न्युनिकरण तथा तटिय क्षेत्र संरक्षण गरिदै लगिने,गाउँपालिकामा एक विपद व्यवस्थापन कोष स्थापना गरिने,विपद पूर्व तयारीका लागि सबै प्रकारका रणनिती तयार पारिने छन् भने आउन सक्ने विपदको पूर्व तैयारीकालागि विपदमा प्रयोगमा आउने श्रोतसाधानको जोहो गरी राख्ने,कार्यालयको कामलाई मितव्ययी तथा छिटो छरितो बनाउन ाष्चकत अयmभ ाष्चकत कभचखष्अभ अर्थात पहिलो आउनेलाई पहिलो पालो को नियमलाई लागु गरिने भएको छ भने मुस्कान सहितको सेवा दिईन,संचार माध्यामको अधिकतम प्रयोग गरि कार्यालयबाट सम्पादन हुने कामको जनतालाई जानकारी गराईने,सुरक्षित,शान्त र सफा गाउँ निर्माणको लागि फोहोरमैलाव्यवस्थापन,सामाजिक अपराध नियन्त्रण,राजस्व परिचालन जस्ता क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य गरिने,कार्यालयको दैनिक कार्यसम्पादनमा सुचना प्रविधिको अधिकतम प्रयोग गरिनेछ ।

 ई–केएभ्सी गभर्नेन्स सिस्टम कार्यान्वयनमा ल्याउन आवश्यक भौतिक प्राविधिक पूर्वाधारको विकास तथा विस्तार गरी ,आर्थिक गतिविधी सफ्टवयर मार्फत मात्र सञ्चालन गरिने भएको छ । यस्तै मेलमिलाप पद्दतिलाई अझ संस्थागत र प्रभावकारी रुपमा कार्यान्वयन गर्न मेलमिलाप प्रक्रियालाई सरल बनाउँदै गाउँपालिकामा पक्ष-विपक्ष भई न्यायिक निकायहरुमा दायर हुने मुद्धाहरुमा प्रभावकारी प्रतिनिधीत्व गर्न दक्ष जनशक्तिको व्यवस्था गरिने,आर्थिक कार्यप्रणालीलाई चुस्त र दुुरुस्त बनाई वित्तिय सुशासन कायम गरिनेछ भने प्रोदभावी लेखा प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि कार्यालयको संस्थागत क्षमता अभिबृद्धि गरिन,पेश्की तथा फछ्यौट बेरुजु शुन्य बनाउने कार्यलाई थप प्रभावकारी बनाई बक्यौता न्युनिकरण गरिन,सुचना प्रविधि समेतको प्रयोग गरी वित्तिय व्यवस्थापन सम्बन्धि अभिलेखहरु व्यवस्थित गरिने,आर्थिक क्रियाकलापहरुको मासिक,त्रैमासिक र बार्षिक विवरण कार्यालयको सुचनापाटी र वेवसाईटका साथै सञ्चार माधयामहरुबाट सार्वजनिक गरिने कार्यलाई थप नियमित तथा व्यवस्थीत गरिने,विश्वसनिय र गुणस्तरयुक्त लेखापरीक्षणको माध्यामबाट वित्तीय सुशासन कायम गरिने,आन्तरिक लेखा परिक्षण कार्यको बार्षिक कार्ययोजना तयारी गरी कार्यान्वयन गरिन,राजस्व संकलन कार्यको उचित मुल्याङ्कन गरी प्राप्त हुने सुझावहरुका आधारमा राजस्व प्रशासनलाई थप प्रभावकारी बनाईने,कर,शुल्क र दस्तुरको दायरा फराकिलो बनाईने छ भने करको दायरा बढाउन र कर प्रणालीलाई वैज्ञानिक बनाउन एकिकृत सम्पत्ति कर सुरु गरिने,सम्पूर्ण व्यवसायहरुलाई करको दायरामा आउन अनिवार्य गरिने जस्तो कार्यक्रम निति तथा कार्यक्रममा प्रस्ताव गरिएको गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ