arrow

सामाजिक सञ्जाल चलाउनु बन्नसक्छ घातक, तुरुन्त छाडिदिनोस् यी बानीहरु

logo
प्रकाशित २०७५ असार २३ शनिबार
laptop.jpg

काठमाडौं । सुरुवातमा मानिसहरुको सम्पर्क र नेटवर्किङको लागि सुरु गरिएको सामाजिक सञ्जाल अब इन्टरनेटमा आधारित रहेका धेरै मानिसहरुको लागि जीवनको महत्वपूर्ण साधन बनिसकेको छ । मानिसहरुसँग जोडिनको लागि यो अहिले निकै आनन्ददायक र शानदार तरिका हो । यद्यपि कहिलेकाँही मानिसहरु भाइरल हुने र धेरै मानिसहरुको ध्यान आकर्षित गर्नका लागि गलत तरिकाहरुको प्रयोग गर्ने गर्छन् । जसले समस्या उत्पन्न गर्न सक्छ ।

विश्व साइबर सुरक्षाको क्षेत्रमा काम गरेको कम्पनीले सन् २०१७ का लागि सार्वजनिक गरेको एक विवरणमा उक्त एक वर्षको अवधिमा २० मुलुकहरुबाट मात्र ह्याकरहरुले करिब ९७ करोड ८० लाख मानिसहरुबाट १७ करोड २० लाख डलर बराबरको रकम असुल गरेका थिए । पछिल्लो समय ट्वीटर, फेसबुक, स्न्यापच्याट र इन्स्टाग्रामजस्ता धेरै सामाजिक सञ्जालहरुको प्रयोग विश्वव्यापीरुपमा हुँदै आएको छ । यस्तोमा आफ्नो खाता सुरक्षित राख्नु पनि जरुरी हुन्छ, त्यसका लागि निम्न कुराहरु पालना गर्नु राम्रो हुन्छ –

१. सबै पोस्टहरु साझा नगर्नु
सामाजिक सञ्जालमा कुनै पनि पोस्ट गर्दा सबै मानिसहरुले हेर्न मिल्ने गरी पोस्ट नगर्नु राम्रो हुन्छ । सबै किसिमका सामाजिक सञ्जालमा आफूले गरेको पोस्ट कसका लागि लक्षित हो वा कस–कसले हेर्न पाउँछन् भन्ने किसिमको अप्सन हुन्छ । सबै किसिमको विकल्पहरुको छनोट गरी आफूलाई उपयुक्त लाग्ने किसिको गोपनीयताको विकल्प चयन गर्नुपर्छ । यद्यपि सामाजिक सञ्जालमा गरिएका पोस्टहरु पूर्णरुपमा भने सुरक्षित हुँदैनन् ।

२. नचिनेको मानिससँग साथी नबन्नु
केही वर्षपहिलासम्म सामाजिक सञ्जालमा धरैभन्दा धेरै साथीहरु बनाउने होडबाजी चलेको थियो । यद्यपि धेरै मानिसहरुसँग साथी बन्नु भनेको आफ्नो पोस्टलाई नियन्त्रणमा राख्न गाह्रो हुनु हो । त्यसैले सबैभन्दा पहिला वास्तविक जीवनमा तपाइँलाई एड गर्ने मानिसले चिन्छ कि चिन्दैन भन्ने कुरालाई ध्यानमा राख्नु जरुरी हुन्छ । यदि कसैले समस्या दिएको खण्डमा ब्लकको विकल्प पनि हुन्छ ।

३. धेरै खुल्ला नहुनु
सामाजिक सञ्जाल ह्याकरहरुको सबैभन्दा बढी निशानामा रहेको छ । ह्याकरहरु सामाजिक सञ्जालबाट जन्ममिति, पढाइ तथा रुचिलगायतका सबै किसिमको जानकारी हासिल गर्छन् । उनीहरु यो विवरणहरुको प्रयोग खाता ह्याक गर्नका लागि प्रयोग गर्ने गर्छन् । त्यसैले कुनै पनि विवरणहरु आफ्नो प्रोफाइलमा राख्नुभन्दा पहिले आफ्नो अनलाइन जीन्दगीको विषयमा राम्रोसँग विचार गर्नु राम्रो हुन्छ ।

४. खाता लगआउट गर्ने बानी
आफ्नो व्यक्तिगत कम्प्युटरमा पनि आफ्नो खाता लग आउट गर्नु जरुरी हुन्छ । यसका साथै आफ्नो निजी डिभाइसहरुमा पनि समयसमयमा लगआउट गर्ने बानीको विकास गर्नु राम्रो हुन्छ । यसरी समयसमयमा आफ्नो खाता लगआउट गर्ने बानीले मानिसहरुलाई खातामा निशाना बनाउनको लागि केही गाह्रो पर्नजान्छ । साथै लगआउट गरिएको खाताबाट विवरणहरु चोरी गर्नुपनि असम्भव कार्य हो ।

५. सबै सामाजिक सञ्जालमा एउटै पासवर्ड नराख्नु
सबै सामाजिक सञ्जालको लागि एउटै पासवर्ड राख्ने बानी गर्नु हुँदैन । जुन पासवर्ड ट्वीटरका लागि प्रयोग गरिन्छ, सो पासवर्ड फेसबुक, इन्स्टाग्राम वा अन्य कुनै सामाजिक सञ्जालको प्रयोग गर्नुहुँदैन । सबैमा एउटै पासवर्डको प्रयोग गर्ने बानीले ह्याकरलाई तपाइँको पासवर्ड थाहा पाउनका लागि निकै सजिलो पर्न जान्छ । यदि कुनै सामाजिक सञ्जालको पासवर्ड चुहावट भएको खण्डमा सबै खाताहरु ह्याक हुनसक्छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ