जाजरकोट। नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शुशिल कोईराला अहिले हामी माझ छैनन। तर उनका कार्यकर्ताले अहिले पनि उनीसँग विताएका क्षण झल्झली सम्झी रहेका छन्। त्यस्तै कार्यकर्ता मध्यका एक हुनु झलकनाथ वाग्ले। कोइराला संगठन विस्तार गर्ने भनेर २०४२ साल बैशाख ९ गते जाजरकोट खलंगा आए। शुरुमा चक्रबहादुर शाह जो सदरमुकाममै दोकान गर्थे उनीलाई भेट्न आएका थिए कोईराला तर चक्रबहादुर सामान लिन नेपालगंज गएको र उनकी श्रीमतिले भुमिगत नेतालाई घरमा राख्दा प्रशासनको डर हुन्छ तपाई अन्तै गएर बस्नोस भने पछि कोईरालाले झलकनाथसँग सम्पर्क गरे। झलकनाथ वाग्ले कोईरालालाई भेटन तुरुन्त आए। कोईरालाले होटलको ब्यवस्था गरिदिन आग्रह गरे तर वाग्लेले आफ्नै घरमा लिएर गए। झलकनाथको घरमा शुशिल कोईराला ५ दिन बसे। बस्दाबस्दै गहिरो सम्बन्ध स्थापित भयो। सँगै खान्थ्यौ सँगै सुत्थ्यौ। एउटै सिरानी हालेर सुतेको अहिले वाग्ले झलझली सम्झन्छन। कोईरालाले सागिनोको अचार खुवै मनपराए। पहिलो पटक सागिनोको अचार खान पाए ज्यादै मिठो हुँदो रहेछ कोईरालाले भनेको स्मरण गदै वाग्लेले भने।
एक दिन सिडिओलाई भेटन जाउ झलकजी भन्दै कोइरालाले आग्रह गर्नुभयो। स्मरण सुनाउँदै वाग्ले भन्छन " त्यसपछि सिडिओ अफिसमा दुई जना गयौ त्यतिवेला कृष्ण प्रसाद शर्मा सिडिओ थिए। म कोईरालालाई त्यहाँ पुरयाएर छिटै फर्कन चाहन्थ्ये किनभने म त्यतिवेला जिल्ला कृषि विकास कार्यालयमा सरकारी कर्मचारी थिएँ। तत्कालिन पञ्चायति सरकारले भुमिगत नेतालाई घरमा राखेको र सिडिओलाई भेटघाट गराएको आरोपमा आफुलाई कारवाही गर्ला कि भनेर निकै डराएको थिएँ। तर सिडियोले चिया खाएर जानुहोला भनेर बस्न आग्रह गरे।' अनी चिया खाएर कोईरालालाई त्यही छोडेर आफु फर्किएको वाग्लेले बताए। बेलुका कोईराला घरमा फर्के पछि भने सिडिओ डेमोक्रेटिक रहेछन् डराउनु पदैन तपाईलाई कुनै समस्या हुदैन भनेर आश्वास्त पार्नुभयो। त्यसपछि ढुक्क भएँ। मेरो आग्रह अनुसार संगठन विस्तारको सिलसिलामा ईश्वरी बहादुर शाह, भक्तबहादुर कार्की, तप्तबहादुर कार्की, हरिभक्त खत्री लगायतसँग भेटघाट गर्नुभयो कोईरालाले। काँग्रेसको सदस्यता लिएर संगठनको नेतृत्व लिन आग्रह गनुभयो तर उहाँहरु डराएर नेतृत्व लिन मान्नु भएन। त्यसैक्रममा आ.वाबाट तत्काल केन्द्रिय समितिको बैठकको लागी कोईरालालाई काठमान्डौ बोलाए पछि बैखाख १४ गते उहाँ फर्किनुभयो। जाजरकोट काँग्रेस गठनको जिम्मा मलाई दिएर उहाँ फर्किनुभयो वाग्लेले भने।
केही दिन पछि अछाम घर भएका खाद्य कार्यालयका हाकिम चन्द्रबहादुर रावलको कोठामा चक्रबहादुर शाहको सभापतित्वमा दीपकजंग शाह, झलकनाथ वाग्ले, नृपजंग शाह लगायतका साथीहरुलाई राखेर नेपाली काँग्रेसको पहिलो समिति बनाएर पठाईदिएँ। त्यसपछि पनि नियमित सम्पर्क भैरहन्थ्यो। मलाई खुवै माया गर्नु हुन्थ्यो उहाँ। बहुदल आईसकेपछि २०४८ सालमै कोइरालाकै कारण टिकट पाए झलकनाथले तर उनको राजीनामा स्वीकृत नभएका कारण वाग्लेले चुनाव लड्न पाएनन। २०५१ सालमा टिकट पाएर साँसद जिते र सहायक मन्त्री सम्म भए झलकनाथ वाग्ले। यसमा उनको त्याग लगनशिलता त छदैछ शुशिल कोईरालाको पनि उत्तिकै हात छ। २०५७ साल तिरको कुरा हो। उहाँ भान्जाको घर बुद्धनगरमा बस्नु हुन्थ्यो म भेटन गएँ के छ खवर भनेर सोध्नुभयो। सञ्चो विसन्चोका कुरा भए। मलाई त्यतिवेला आर्थिक अभावले निकै सताएको थियो। उहाँले मेरो समस्या बुझ्नु भएको रहेछ झलक जी तपाई सँग पैसा छैन होला म सँग छ कि हेर्छु भन्नु भयो। जताजतै खोज्नु भयो कतै पाउनु भएन। अन्तमा कुर्ताको गोजी छाम्दा ३ हजार रुपैया पाउनुभयो। त्यो पैसा निकालेर दिनुभयो मैले तपाईलाई पनि चाहिएला भनेर १५ सय उहाँलाई फिर्ता गरिदिएँ मैले १५ सय लिएर आँए। मलाई त्यति माया गर्नु हुन्थ्यो उहाँ। झलकनाथले भने उहाँ नीति र निष्ठा देखी बाहिर नजाने नेता हुनुहुन्थ्यो। राष्ट्र, राष्टियता र प्रजातन्त्रप्रति कसैसँग सम्झौता नगर्ने कुरा बारम्वार दोहर्याउनु हुन्थ्यो। उनले भने मैले आफ्नो अभिभावक गुमाए। राष्ट्रले सच्चा राष्टबादी नेता गुमायो। यस दुःखको घडीमा उहाँको आत्माले शान्ति पाओस हार्दिक श्रदान्जली।