arrow

गाउँ–गाउँमा प्रहरीको सचेतनामुलक अभियान

logo
सीता डोटेल,
प्रकाशित २०७५ असार ३० शनिबार
police-gau-gau.jpg

पाल्पा । समाजमा शान्ति सुरक्षा कायम गर्न र हुनसक्ने संभावित जोखिमलाई न्युनिकरण गर्न इलाका प्रहरी कार्यालय रामपुरले गाउँ गाउँमा सचेतना मुलक कार्यक्रम गरेको छ ।

परिवर्तनशील समय र समाज विकास सँगै घटनाका प्रकृति र जोखिम निम्तिएकोले सचेतना कार्यक्रममा जोड दिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताउनुुभयो । प्रहरीले आफ्नो कार्य क्षेत्रभित्रका बिभिन्न वडा, बिद्यालय तथा युवाहरु बिच पुुगेर समसामयिक बिषयमा सचेतना दिएको छ । देशभरि नै पछिल्लो समय बाहिर आएका जवरजस्ती करणी सहित बहुविवाह, बिभिन्न घटनामा कानुनी उपचार र दोषीप्रति कानुनी व्यवस्था, ट्राफिक सम्बन्धी ज्ञानका बिषयमा प्रहरीले सचेतना बढाएको छ । प्रहरी चौकी केलादीको समन्वयमा इलाका प्रहरी कार्यालय रामपुरले जनविकास माबिमा गरेको जवरजस्ती करणी अपराध नियन्त्रण सम्बन्धी सचेतनामा रामपुर नगरपालिका वडा नम्बर ३ मा जनप्रतिनिधि सहित डेढ सय स्थानीय समुदायको सहभागिता रहेको थियो ।

रामपुर नगरपालिका वडा नम्बर ५ बेझाँडमा आयोजना गरिएको जवरजस्ती करणी अपराध नियन्त्रण तथा बहुविवाह सम्बन्धी मुलुकी ऐन र आगामी भदौ १ गतेबाट कार्यान्वयनमा आउने मुलुकी अपराध (संहिता) ऐन २०७४ मा भएको व्यवस्था र उही अपराधमा भएका शंशोधनका विषयमा सहजिकरण गरिएको थियो । सो वडाका वडाध्यक्ष सहित वडा सदस्य तथा नगरकार्यपालिका सदस्य सहित १ सय बढी महिलाहरुको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले जवरजस्ती करणीको अबस्था, करणी भइसकेको खण्डमा बाहिर समाजमा ल्याउन गर्न सकिने प्रोत्साहन, जबरजस्ती करणी प्रमाणित गर्ने आधार र कानुनी उपचारका बिषयमा सहजीकरण गर्नुुभएको हो । त्यस्तै बहुविवाह सम्बन्धि सहजिकरण गर्दै अब बहुविवाह गर्न नपाउने कानुन बनेकोले जेठी वा कान्छी नभई एक मात्र श्रीमतीले कानुनी अधिकार पाउने बताए ।

गत महिना मात्र सरुवा भई इलाका प्रहरी कार्यालय रामपुरमा आएका प्रहरी निरिक्षक पाण्डेको अग्रसरतामा रामतुल्सी माबिमा कक्षा १२ का बिद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम पनि भएको छ । ट्राफिक सम्वन्धि ज्ञानको अभावमा समाजमा धेरैले सवारी दुर्घटनाको कारण अकालमा ज्यान गुमाउनु परेको साथै अङगभङग भई लाखौं रकम खर्च भइरहेकाले युवा बर्गमा ट्राफिक नियम बारे प्रशिक्षण दिएको पाण्डेले बताए । सवारी दुर्घटना के हो? र कसरी हुन्छ ? सवारी दुर्घटना के कसरी नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ र दुर्घटना भएको अबस्थामा ऐन कानूनमा के कस्तो क्षतिपुर्ति तथा दण्ड सजायको व्यबस्था गरेको छ ?

पछिल्लो समय प्रहरीले सवारी साधन चेकजाचलाई कडाईका साथ लिएको छ । इलाका प्रहरी कार्यालयले रामपुरका बिभिन्न स्थानमा गरेको सवारी साधन चेकजाचको क्रममा कारबाही वापत १ महिनामा १ लाख बढीको राजस्व पनि उठाएको छ । लाइसेन्स नभएका र २÷३ जनासँग मोटरसाइलक किनबेच भएपनि पास नभएका जस्ता जोखिमपुर्ण अबस्थामा मोटरसाइलक चलाएका बढी पाएकाले दैनिक जसो त्यस्ता मोटरसाइलकलाई बरामद पनि गरेको छ । साथै प्रहरीले अबैध घरेलुु मदिरा बिक्रीका लागि बसमा ल्याउदै गरेका र बिभिन्न होटेलमा राखिएका मदिरा जफत गरि नष्ट गर्ने गरेको छ । मदिरा सेवनका कारण गाउँघर र समाजमा झैझगडा निम्तिएको भन्दै सचेतनासँगै शान्ति सुरक्षाको लागि बिभिन्न अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ