arrow

स्काभेटरले खनेको बाटो पहिरोको उच्च जोखिममा

logo
दयाराम पण्डित,
प्रकाशित २०७५ साउन २ बुधबार
sadak_khanna_use_gareko_skyvetar.jpg

बाजुरा । बाजुराका अधिकांश ग्रामिण सडक खण्ड निर्माणमा वातावरणीय प्रमभाव मुल्यांकन नै नगरी सडक निर्माण  भईरहेको छन् ।  वतावरणीय असर प्रभावको कुनै प्रवहा नगरी पछिल्लो समयमा स्काभेटर प्रयोग गर्नाले सडक तथा गाउँवस्ती जोखिममा परेका छन्। अन्धाधुन्द डोजर प्रयोग गरि निर्माण गरीएका सडक  बर्खायाम शुरुभएसंगै भत्किन थालेका छन् ।

जिल्लाका नौ वटै स्थानीयतहले सडक  सञ्जालमा जोडिनका लागि डोजर तथा स्काभेटरहरुको प्रयोग गरी बाटो निमार्ण गरिरहेका छन् । विनाअध्ययन निमार्ण गरिएका यस्ता बाटोहरु भत्किन थालेपछि पहिरोको समेत जोखिम बढेको छ । गत आर्थिक बर्ष २०७४-७५ मा कर्णाली रोजगार कार्यक्रम द्धारा बनाईको सडक ठाँउ ठाँउमा भत्कीएको स्वामीकार्तिक गाउपालिका तीनका वडाध्यक्ष विरजित कट्टेलले बताए ।  

बाजुराको जिल्ला सदरमुकाम देखि ४३ किलोमिटर कोल्टी सम्मको कच्चीबाटोमा समेत गाडी भने चल्दैनन । हिउदका केहि महिना गाडी चल्छन् । बाटो स्तरोन्नती गर्नुको साटो नयाँ ठाउँमा ट्याक खोल्नका लागि बजेट छुट्याउने र डोजरको प्रयोग गर्ने गरिएको छ ।

बाजुरामा कर्णाली करिडोरले समेत छोएकाले बाजुराका स्थानीयतहले ठुलो बजेट सडक निमार्ण लगाएका समेत बताउदै आएका छन् तर गाडी भने चलि सकेका छैनन । सडक सञ्जालमा जोडिन हतार गरेर सडकमा पैसा खर्च गरिरहेका स्थानीयतहले करोडौं रुपैँया सडकमा लगाएर बजेटको सदुपयोग नभएको  स्थानइिको गुनासो छ । तर, स्थानीयतहले किलोमिटरौ सडक बनाइ सकेका छन् । जहाँ गाडी भने चल्ने समभावना एकदमै न्युन छ ।

स्थानीय ब्यक्तिको प्रयोग गरेर पनि उक्त सडक वनाउन सकिन्थ्यो । उनीहरुको रोजी रोटीमा समेत सहज हुन्थ्यो तर जिल्लाका स्थानीय तहले डोजरको प्रयोग गरी निमार्ण गरिरहेकाले यसबाट मजदुरहरु मारमा परेको समेत बताइदै आइएको छ । नेपाल कम्युनिष्ट पार्टी बाजुराका जिल्ला इन्चार्ज भुपेन्द्र विक एन्डिजले स्थानीयतहहरुले डोजरको प्रयोग गरेर जनतालाई काम गरेर खाने अवसरबाट बन्चित गरेको बताए ।

बाजुराका सवै स्थानीयतह गरी करिव एक दर्जन बढी डोजरको प्रयोग भै रहेको छ र बाजुराका सवै स्थानीयतहले सडक निमार्णमा डोजरको प्रयोग गरि रहदा एक दिनमा एक डोजरले आठ घण्टा मात्र कामगर्दा प्रतिघण्टाको सरदर ८ हजारका दरले ७ लाख ६८ हजार रुपैँया सकिन्छ । डोजर लगाएर बाटो बनाएका स्थानीयतहले एक महिनामा मात्र २ करोड ३० लाख रुपैँया सकेका छन् । तर बाजुरामा बजेट सक्नकै लागिविहानै देखि साँझसम्म डोजरको प्रयोग हुदै आएको छ ।

बाजुराको छेडेदह, गौमुल, स्वामीकर्तिक , जगन्नाथ गाउँपालिका र त्रिबेणी बुडिगंगा बडिमालिका र बुढिनन्दा नगरपालिका नौवटै स्थानइि तहले आफ्नै तजविजमा  र आफन्त पोष्नका लागि सडकमा लगानी गरेका छन् । अलिअलि पानी पयोकी वाटो वन्द हुन्छ पहिरोको जोखिममात्र वढेको छ छेडेदह गाउँपालिकका  स्थानीयले गुनासो गरे ।
 
स्थानीयतहले प्रति डोजर एक घण्टा फरक फरक दररेट दिने गरेका छन् । मानिसहरुले कामगर्न सक्ने ठाँउमा पनि स्थानीय सरकाले डोजर, स्काभेटर र जेसीविहरुको प्रयोग गर्ने गरेकाकारण वातावरणीय रुपमा समेत जोखिम बढेको  जिल्ला प्राविधक कार्यलय बाजुराका ईन्जिनियर तथा जिल्ला समन्वयसमिति वाजुराका अधिकारी जंगबहादुर थापाले वताए । जिल्लामा सदरमुकाम मार्तडीदेखि भौनेरा भौनेरा घट्मुना , भौनेरा सटेडा र मार्तडी रजाली , सडक खण्डको मात्र वतावरणीय प्रभाव मुल्यांकन गरिएको छ ।  त्यसैगरी ड्रिलिपले पनि वातावरणीय प्रभाव अध्ययन गरेर सडक निर्माण गरेको छ ।

   पछिल्लो समयमा   जिल्लाका ७० वढि ग्रमाणि सडक खण्डको वतावरणीय प्रभाव अध्यायनै नगरी निर्माण गरिदा बोट विरुवा र जंगली पुशुपक्षी पनि लोपहुने सम्भावना बढेको छ ।  पहिरोको जोखिम पनि बढेको छ ।  बनक्षेत्रमा पर्ने  गरी खनिएका सडक केही हद्सम्म बन्द गराएर टर्‍याक परिवर्तन गराएको जिल्ला वन अधिकृत दानवहादुर श्रेष्ठले वताए । स्थानीयवाट उजुरी आएमा प्रशासनको सहयोग लिएर पनि सडक वन अतिक्रमणबाट रोकेका छौं  अधिकृत श्रेष्ठले भने।
 
स्थानीय तहमा जनप्रतिनीधि आईसकेपछि आफन्तलार्ई काम दिन अधिक्तम रकम सडकमा लगानी गर्ने र डोजर खरिद गर्न लगाउने गरेको पाईएको छ ।  सडक जथाभावी खन्ने हुंदा जीव जन्तुलगायत  वनजंगलमा पनि निकै असर परेको जिल्ला प्राविधिक कार्यलयका कर्मचारीले समेत बताउदै आएका छन्  ।

वतावरणीय संरक्षण ऐन २०५४  नियमको कार्यान्वयन गरेको देखिदैन जिल्ला समन्वयसमिति अधिकारी थापाले भने ।   कुनैपनि स्थानीयतहले वातावरणीय प्रभावमुल्याङकन (इआइए )नगरेरै वाटो निमार्ण गरिरहेकाले यसले वातावरणीय चुनौती थपिएको सरोकारवाला वताउछन् । यताप्रदेश नम्बर सात सरकारले भने बाटो खन्ने काममा डोजर तथा स्काभेटरको प्रयोग नियन्त्रण गर्ने तयारी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ