arrow

१० खर्ब डलरको रस्साकस्सीमा अमेजन र एप्पल, को पुग्ला पहिले 

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
apple_amazon.jpg

काठमाडौं । दुई अमेरिकी कम्पनीहरु अमेजन र एप्पल अहिले १० खर्ब अमेरिकी डलरबराबरको कम्पनीको मूल्य पुर्‍याउने लक्ष्यमा लागेका छन् । पहिलोपटक कुनै कम्पनीको बजारको हिस्साले यो आँकडा पार गर्न लागेको हो ।

गएको बुधबार अमेजन कम्पनीको समग्र बजारको हिस्सा नौ खर्ब पार गरेसँगै यो दौडमा अमेजन र एप्पलको बीचमा कसले पहिला १० खर्ब डलरको आँकडा पार गर्ने भन्ने प्रतिस्पर्धा देखिएको हो । बजारमा आएको २१ वर्षमा अमेजन कम्पनी महत्वपूर्ण सफलता हासिल गर्ने दिशामा अग्रसर रहेको देखिएको हो । 

सन् १९९४ मा स्थापना भएको कम्पनीले आफ्नो प्राइम सेल डे को दिन मात्र १० करोड डलरबराबरको सामग्रीहरुको बिक्री गरेको विवरण सार्वजनिक गरेको हो । यससँगै उसको सेयरको मूल्य पनि १८५८ दशमलव ८८ अमेरिकी डलरमा पुगेको हो । यससँगै समग्र मूल्य नौ खर्ब दुई अर्ब डलरमा पुगेको देखिएको हो । 

सन् २०१८ माा अमेजनको सेयर बजारमा ५७ प्रतिशतको वृद्धिदर हासिल भएको देखिएको छ । सन् १९९७ मा सेयर बजारमा सूचीकृत भएयता यो कम्पनीको सेयरमा १२३० गुणाको वृद्धि भइसकेको छ । १८ डलर प्रतिसेयरको दरले अमेजनमा लगानी गरेका लगानीकर्ताहरुको सेयर अहिले २२, २०० डलरमा पुगिसकेको छ । 

अमेजनको भिडियो स्ट्रिमिङ सेवा नेटफ्लिक्स र अन्य महत्वपूर्ण प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको प्रदर्शनको कारण विश्व बजारमा कम्पनीको अवस्था बलियो रहेको देखिएको हो । 

एप्पल कम्पनी अमेरिकाको अर्को १० खर्ब डलरको हिस्सा ओगट्ने अवस्थामा पुगेको कम्पनी हो । सन् २०११ बाट अमेरिकाको सबैभन्दा ठुलो सेयर बजार रहेको कम्पनीको रुपमा यो कम्पनी रहेको छ । यो कम्पनीको सेयरमा पनि यस वर्ष १२ प्रतिशतको वृद्धिदर हासिल भएको देखिएको छ । यससँगै उसको समग्र बजारको मूल्य नौ खर्ब ३५ अर्ब डलरमा रहेको छ । 

एप्पल र अमेजनको विषयमा अहिले सार्वजनिक गरिएको विवरण सन् २०१८ को सुरुवाती तीन महिनाको विवरणको आधारमा गरिएको आँकलन हो । अमेजनले पछिल्ला त्रैमासिक अवधिहरुमा आफ्नो सेयरको गणना पनि १० लाखले बढाउँदै आएको छ । यस्तोमा अप्रिलदेखि जुन महिनासम्मको तीन महिनाको अवधिमा भने अमेजनको मूल्य नौ खर्ब डलर नाघिसकेको देखिन्छ । आगामी साता अमेजनले आफ्नो यस वर्षको दोस्रो त्रैमासिक अवधिको विवरण सार्वजनिक गर्दैछ । एप्पलले भने जुलाई ३१ मा आफ्नो उक्त तीन महिनाको विवरण सार्वजनिक गर्न लागेको हो । 

गत वर्ष अमेजनले आफ्नो खुद्रा व्यापारको माध्यमबाट आफ्नो व्यापारिक विस्तारको लागि होल फुड्सलाई खरिद गर्ने निर्णय गरेको थियो । साथै उसले आफ्नो अन्य प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि संरचनामा परिवर्तन गरेको छ । साथै उसको व्यापार पनि आशा गरिएभन्दा अत्यधिक धेरै रहँदै आएको छ । साथै उसको समग्र व्यापारको नाफा पनि बढिरहेको छ तर आशा गरिएअनुसारको वृद्धि भने यसमा देखिएको छैन । 

गएको फेब्रुअरी महिनामा अमेजनले माइक्रोसफ्ट कम्पनीलाई पछि पार्दै विश्व बजारमा आफ्नो हिस्सा बढाएको थियो । त्यसपछि माइक्रोसफ्टलाई गुगलको अल्फाबेट कम्पनीले पनि पछि पारिसकेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ