- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान तयार भएको छ। विधानअनुसार नेकपाको एकता महाधिवेशन २०७७ जेठ ३ गतेभित्र गरिने छ।
नेकपामा तत्कालका लागि ८ वटा संरचना रहने छ। त्यसअनुसार एकता एकताको राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने छन्। नेकपाले अहिले ३२ वटा विभाग बनाएको छ । विधानअनुसार २०७५ कात्तिकभित्र तल्लो तहसम्म पार्टी एकीकरण भइसक्नु पर्नेछ।
ओलीलाई बलियो बनायो
विधानले प्रधानमन्त्रीसहित संसदीय दलका नेतासमेत रहेका केपी शर्मा ओलीले पार्टीका आन्तरिक बैठक र भेला तथा सभाका लागि पनि समान हैसियतमा अध्यक्षता गर्ने व्यवस्था पारित गरेको छ। यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीले आलोपालो पार्टीका सभा बैठकमा अध्यक्षता गरिने बताइएको थियो। पार्टी एकीकरणपछि पनि ओली शक्ति सर्वोच्चता कायम गर्न सफल भएका हुन्।
नेकपाले सोमबार पारित गरेको विधान र नियमावलीको पूर्णपाठ यस्तो छ –