- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनकुटा। युग पुरुष वीपी र पुष्पलाल (पिएल)लाई कांग्रेसजन र कम्युनिष्टले नै साचो अर्थमा जिवनभर चिन्न र बुझ्न सकेनन्। कांग्रेसजनले नै वीपीको र कम्युनिष्टहरु नै पुष्पलालका दर्शन, सिद्धान्त, व्यवहारलाई मनन् गरेर आत्मसाथ गर्न नसक्नु पार्टी र देशकै लागी विडम्वना र दुर्भाग्य हुदै आएको छ।
कांग्रेसका सस्थापक नेता वीपी र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पालाललाई चिन्नु भनेको उहाँहरुको घर परिवार, उहाँहरुको जीवनी थाहा पाउनु मात्र होईन। साँचो अर्थमा उहाँहरुलाई चिन्नु भनेको उहाँहरुले प्रतिपादन गर्नु भएको सिद्धान्तलाई बुझ्नु र उहाँहरुले देखाएको बाटोमा हिड्नु तथा व्यवहारमा उत्तार्नु हो।
वीपी र पुष्पलाललालाई दरवारीयाहरु र दलालहरुले भारतको एजेन्ट अन्तर्राष्ट्रिय तत्व र गद्धारको आरोप जिवन भर लगाए भने वीपीलाई प्यारो लाग्नेहरुले वीपीलाई सान्दाई र पुष्पालाललाई मान्दाई भन्ने गर्दथे । नेपाल भारतको एउटा प्रशासनिक इकाई मात्र भएको छ भनेर वीपीले भारतको हस्तक्षेपलाई अति भयो भन्दा भारत परस्त भनेर वीपीलाई खेदो गर्दथे भने गंगाजीको पानी पिएर क्रान्ति गर्छु भन्ने पुष्पलाललाई भारतीय व्यापारको प्रवन्ध मिलाउने क्षेत्रपार्टीको माईला साहु काँग्रेस परस्त भारतीय दलाल गद्धार समेत तत्कालीन केही कम्युनिष्टहरु नेताहरुले भन्ने गर्दथे।
दुवै नेतालाई साँचो अर्थमा समयमा नै चिनेको भए नेपाल र नेपालीले २००७ साल देखी अहिलेसम्म विजय र पराजयको नियती भोग्नु पर्ने थिएन। धेरै अगाडी नै लोकतन्त्र स्थापना भई नेपाल यतिखेर समृद्ध, सम्पन्न, विकासित राष्ट्र बनिसक्ने थियो। दुवै नेताहरुको सिद्धान्त शोषित पीडित, अपहेलित वर्ग, जाती र मानिसहरुको पक्षमा केन्दित थियो। दुवै पार्टी एउटै नभए पनि उदेश्य जहाँनिया सामन्ति राणा शासनलाई समाप्त गरी नेपाली जनतालाई अधिकार सम्पन्न बनाई नेपाललाई शान्त समृद्ध सार्वभौमसत्ता सम्पन्न बनाउनु नै थियो।
वीपी र पुष्पलालको सिद्धान्त दर्शन, नीति र कार्यक्रमहरु सबै जनता केन्द्रित थिए। राणा शासन विरुद्धको संघर्षका लागी संर्घषमा शहीद भएका योद्धाहरुको प्रेरणा र राष्ट्रिय तथा अन्तर्राष्टिय राजनैतिक परिस्थिको प्रभावबाट २००३ सालमा वीपीले कांग्रेस र २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना पुष्पलालले गर्नु भएको थियो।
वीपी फोटो कांग्रेसको पार्टी कार्यालयमा र पुष्पलालको फोटो कम्प्युष्टि पार्टीको कार्यालयहरुमा तथा नेता अनि कार्यकर्ताहरुले घर घरमा राखेर स्मृति अर्थात् जन्म जयन्तीमा वीपी र पुष्पालालको तस्विर तथा शालिकमा माला लगाई दिएर मात्र साँचो अर्थमा सच्चा कार्यकर्ता हुँदैन। उहाँहरुले प्रतिपादन गर्नु भएको सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दै उहाँहरुले देखाएको बाटो हिड्नु सक्नु पर्छ अनि मात्र उहाहरुलाई साँचो अर्थमा चिनेको र सम्मान गरेको पुष्टि हुन्छ।
निरंकुस पंचायती व्यवस्थालाई अन्त्य गर्नका लागी पुष्पलालले कांग्रेस र कम्युनिष्ट मिलेर संयूक्त जनआन्दोलन गर्नुपर्छ भन्ने धारणा तथा वीपीको राष्ट्रिय मेलमिलापको निति एक अर्काका पूरक जस्तै थिए । जुन पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि फलदायी पनि बन्यो। हरेक राष्ट्रको जीवनमा यस्तो क्षणहरु आउने छन्। जुनबेलामा विगतको अप्रिय विवादहलाई तिता नमिठा कुराहरुलाई साना तिना मदभेतहरुलाई विर्सेर यो राष्ट्र एकताको सुत्रमा बाँधिनु पर्छ। वीपीको यो राष्ट्रिय एकता र मेलमिलाको निती राष्ट्रको जिवनमा मात्र होइन, अहिले नेपाली कांग्रेसका लागी पनि उपयुक्त छ।
वीपीलाई यदि हामीले आत्मसाथ गर्न सकेनौ भने त्यहाँ भित्र हाम्रा सारा संकटका ओखतीहरु भेट्न सकिन्छ। तर वीपी कोइराला जबसम्म जिवित हुनुहुन्थ्यो तबसम्म देशले वीपीलाइ चिन्न सकेन। राजाले चिन्न सकेन, कम्युनिष्टले चिन्न सकेन र हामी कांग्रेसले पनि चिन्न सकेनौ र राम्रोसाग बुझ्न पनि सकेनौ।
नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र संर्घषबाट २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना पछि नै वीपीले अब जन सभाबाट जन संविधान निर्माण गर्नु पर्छ भन्नु भएको थियो। तर लामो समय सम्म निर्वाचन नभएपछि २०१२ सालको कांग्रेसको अधिवेशनबाटै पास गरेर संविधान सभाको यथाशीघ्र निर्वाचन गर्न तत्कालीन राजा समक्ष वीपीले माग गर्नु भएको थियो। राजाले वीपीको प्रथम जननिर्वा्चित सरकारलाई २०१७ सालमा अपदस्थ गरी पंचायती व्यस्थााको स्थापना गरेतापनि वीपीले जेल तथा स्वदेश र प्रवासबाट पनि सधैँ प्रजातन्त्र र संवैधानिक राजतन्त्रको पक्षमा मात्र आन्दोलन गरिरहनु भयो।
वीपी कोईरालाले राष्ट्रियता माथि संकट परेको देखेर राष्ट्रलाई जोगाउनका लागि प्रवासबाट राष्ट्रिय मेलमिलाको नीति लिएर २०३३ साल पौष १६ गते स्वदेश फर्कने क्रममा वीपीमाथि सात वटा विभिन्न राजकाज विरुद्धका मुद्धाहरु लगाईएका थिए। एउटा मुद्धा हार्ने वित्तिकै वीपीलाई फासी हुन्थ्यो, त्यसैले सवैले वीपीलाई नर्फकन अनुरोध गर्दा पनि वीपी फर्कनु भयो र भन्नु भयो ‘राजा र मेरो घाँटी जोडिएको छ।’ तर वीपीको त्यस भनाईलाई स्वयंम राजा र राजाका आसेपासेहरुले खिल्ली उडाउँदै भने कहाँ राजा, कहाँ वीपी, राजासंग वीपीले आफुलाई तुलना गर्ने यस्तो साहस भनेर उल्टै व्यङ्गे गरे । वीपीलाई त्रिभूवन अन्तर्राष्ट्रिय बिमान स्थलबाटै पक्राउ गरियो र जेल हालियो।
वीपी र कांग्रेसले आफ्नो स्थापना देखि नै संवैधानिक राजतन्त्रको पक्षमा बारम्बार रक्षात्मक ढंगबाट भूमिका निवार्ह गर्यो। तर, राजाहरुले भने वीपी लगायत कांग्रेसका नेताहरु र कांग्रेस पार्टीमाथि झन निरन्तर ढंगबाट एक पछि अर्को गर्दै कठोर हुदै प्रहार गर्दै गए अन्तत्वोगत्वा कांग्रेसले पनि २०६२-२०६३ सालको जनआन्दोलनमा पहिलो पटक राजतन्त्रको विपक्षमा गणतन्त्रको पक्षमा आफुलाई उभ्याएपछि राजतन्त्रले औपचारिक संवैधानिक रुपमा नै कांग्रेसकै नेतृत्वमा अन्त्य भई विदा हुन पुर्यो। यसरी वीपीलाई राजाले समयमा नै चिन्न नसक्दा नेपालबाट राजतन्त्र नै समाप्त भयो।
एउटा राजनैतिक प्रसंगमा २०४९ सालमा तत्कालीन नेकपा एमालेका महासचिव तथा चर्चित नेता मदन भण्डारीले भन्नु भयो मलाई मन पर्ने खाजा मम हो भने मनपर्ने नेता वीपी कोईराला। मदन भण्डारीले समयमा नै वीपीलाई चिनेको भए २०२८ सालको झापा काण्डमा किसान आन्दोलनको नाममा मानिसहरुको जमिनदारको आरोपमा घाँटी रेटिने थिएन होला । त्यसैगरी तत्कालिन नेकपा माओवादीका नेता कमरेड प्रचण्डले २०६४ सालमा पहिलो पटक प्रधानमन्त्री भएपछि सुन्दरीजलको वीपी संग्रालयको अवलोकन गरीसकेपछि बाहिर आएर पत्रकारहरुलाई भन्नु भयो मेरो पे्ररणाको स्रोत वीपी कोईराला। प्रचण्डले पनि २०५२ साल अघि नै वीपीलाई चिनेको भए १० बर्षसम्म वीपीका अनुयायी कांग्रेसीहरु र सर्वसाधारण नेपालीहरुको माओवादीबाट हत्या हुने थिएन होला।
संसदबाट होइन संघर्षबाट अनि ब्यालेटबाट होइन बुलेटबाट मात्र र कलमबाट होईन, बन्दुकबाट मात्र क्रान्ति गरी राज्य सत्ता प्राप्त गर्न सकिन्छ, भनेर मुठी उठाएर उद्घोष गर्ने कम्युनिष्टहरु अन्तत्वगत्वा वीपी काईरालाले तय गर्नु भएको ब्यालेटबाट संसदमा जाने र संसदबाटसत्ता पुग्ने लोकतान्त्रिक मार्ग नै अपनाई दुई तिहाई जति संख्यामा संसदमा विजयी प्राप्त गरी सत्तामा पुग्न सफल भएका छन।
वीपीको लोकतान्त्रिक संसदीय मार्ग सही भएको प्रमाणित लामो समय पछि अहिले आएर बामपन्थीहरुले गरि दिए। यसले गर्दा नेपालका कम्युनिष्टहरुले पनि वीपीलाई समयमा चिन्न नसक्दा कांग्रेस मात्र नभई उनीहरु स्वयंमले पनि दु.ख पाए। देश पनि धेरै पछाडि परेको भन्न सकिन्छ।
वीपी कोईरालाको नेतृत्वमा २०१५ सालमा पहिलो पटक भएको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि वीपीले पार्टीका नेता सुवर्ण समशेर राणालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नु भयो। सुवर्ण समशेरले मान्नु भएन। उहाँले वीपीलाई नै प्रधानमन्त्री बन्न आग्रह गरेपछि सबैका सल्लाहमा मात्र वीपी प्रधानमन्त्री बन्नु भयो। उहाँले त्यतिखेर देशको संविधान वा कांग्रेसको विधानमा समावेशी सिद्धान्तको व्यवस्था नभए पनि नेपाली र नेपालीलाई गाँस्नका लागि आफ्ना मन्त्री मण्डलमा राई ,लिम्बु, मधेसी, नेवार, गुरुग, मगर, थकाली, थारु, क्षेत्री, बाहुन, महिला, सबैजात जाति, वर्ग, क्षेत्र लिंग र भूगोललाई समेटर नेपालको पहिलो जननिवार्चित सरकार बनाएर काम गर्नु भयो।
विकासका योजना लगायत जुनै पनि योजनाहरु बनाउँदा होस् वा कार्यन्वयन गर्दा वीपीले जनतालाई केन्द्रित गर्नु हुन्थ्यो । हरेक नेपालीको एउटा घर, खेती गर्ने जग्गा होस, एकहल गोरु होस् भन्नु हुथ्यो । हरेक नेपालीको घर घरमा खानेपानी बिजुली बत्ती पुगोस् भनेर विकासका योजनाहरु बनाउनु हुन्थ्यो।
वीपी काईरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलाको नीति लिएर स्वदेश फर्कने क्रममा आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई कार्यवहाक सभापति दिनु भयो भने जेलबाट निस्किसकेपछि पनि उहाँ सभापति बन्नु भएन भट्टराई नै कार्यवाहक सभापति दिनु भयो। २०३७ मा जनमत संग्रहको निर्वाचनमा सहभागी हुदै गर्दा आगामी प्रधानमन्त्री पर्शुनारायण चौधरी भनेर घोषणा गर्नु भयो। त्यसका साथै भविष्यका प्रधानमन्त्रीहरु भनेर देवानसिंह राई र भीम बहादुर तामाङ भन्नु भएको थियो।
त्यतिखेर वीपी काईरालालाई के प्रधानमन्त्री र पार्टी सभापती बन्ने रहर थिएन होला त। वीपी कोईरालाले भन्नु भएको थियो, कांग्रेस सत्तामा पुगेपछि सुकिला मुकिलाहरुले पार्टी कब्जा गर्ने छन्। दुख पाएका संर्घष गरेका इमानदार नेता तथा कार्यकर्ताहरु पाखा लाग्ने छन त्यतिखेर पार्टी भित्रै दुः ख पाएका इमानदार नेता तथा कार्यकर्ताहरुले संर्घष गर्नु पर्छ । कांग्रेस सत्तामा गएको बेला वीपीले भने जस्तै कांग्रेसमा बारमर हुने गरेको छ।
पार्टीभित्र कांग्रेसले कांग्रेसलाई स्वीकार नगर्ने कांग्रेसले कांग्रेसलाई शत्रु सम्झने, कांग्रेसले कांग्रेसलाई नै हराउने अन्य पार्टीकालाई भने प्रिय मित्र सम्झने र व्यवहार गर्ने कांग्रेसजन भित्र एकले अर्कालाई तल्लो स्तर सम्मको गाली गर्ने चरित्र हन्या गर्ने, गलत प्रचार प्रचार गरी नेताहरुलाई खुइलाउने तिव्र रुपमा हुने त्यसले नेतालाई मात्र होइन पार्टीलाई पनि कमाजेर बनाउने भएकाले यस्तो कार्यको अभिलम्व अन्त्य गर्दै इमानदार नेता तथा कार्यकर्ताहरुले आफ्ना सबै नेता तथा कार्यकर्ताहरुको फेस र सेफ गर्ने परिपार्टीको तत्काल थालनी गरी पार्टीलाई बलियो बनाउने पर्ने धारणा समेत वीपीले तत्कालिन अवस्थामा राख्नु भएको उहाँको जिवनी अध्ययन गर्दा पाईएको छ। वीपीले अपनाउनु भएको शैली, सिद्धान्त र व्यवहारबाट कांग्रेस अगाडि बढ्को भए कांग्रेस यति धेरै कमजोर अवस्थाको यो हालत हुने थिएन।
त्यसैले कांग्रेसजनले वीपीलाई साँचो अर्थमा चिन्न नसके पनि वीपीको एजेण्डा तथा नीति अनुसार लोकतान्त्रिक संविधान निर्माण गरौ त्यसैले कांग्रेसले निर्वाचन हारेपनि वीपीको राजनितिले जितेको छ। कांग्रेसीजनहरुले अब वीपीको फोटो पार्टी कार्यालयमा र घरमा मात्र राख्ने र फुलमाला मात्र लगाई दिने होईन वीपीको सिद्धान्त आदर्श अनुरुप म बदलिन्छु हामी बदलिन्छौ र कांग्रेसलाई बदल्छौ भन्ने उद्घोषका साथ देश र पार्टी संचालन गर्ने वीपीको शैली र व्यवहारलाई व्यवहारमा उत्र्तादै पार्टी संगठन एकताबद्ध ढंगले क्रियाशिल हुदै २१ शताव्दीको भारी बोक्न सक्ने आधुनिक काग्रेस पार्टी निर्माण गर्नु पर्छ अनि मात्र समृद्ध सम्पन्न नेपाल र सम्मानित नेपाली बन्दै साचो अर्थमा वीपीलाई कांग्रेसजनले चिनेको अर्थ हुन्छ।
कांग्रेस कम्युनिष्ट लगायत लोकतान्त्रिक शक्तिहरु मिलेर संयूक्त आन्दोलन गर्दा मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने पुष्पलालको संयूक्त आन्दोलनको धारणाले नै राणा शासन, पंचायती व्यवस्था विरुद्धको आन्दोलन, लोकतान्त्रिक आन्दोलनले सफलता प्राप्त गर्न सक्यो । कांग्रेस कम्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरुको संयूक्त अभियान तथा एकताले मात्र लोकतान्त्रिक संविधान २०७२ निर्माण गरी औपचारिक रुपमा नेपालबाट राजतन्त्र समाप्त भएको हो।
अब नेपाललाई समृद्ध बनाउन पनि त्यतीखेर पुष्पलालले भन्नु भएजस्तै कांग्रेस ,कम्युनिष्ट संयूक्त ढंगबाट मिलेर अगाडी बढेमात्र संभव हुन्छ। वीपी र पुष्पलालले आन्दोलनको क्रममा भन्नु भएको थियो एउटा राजनैतिक दलको जिवनमा र नेताहरुको जिवनमा जित पनि आउँछ हार पनि आउँछ। सत्ता पनि आउछ र साहदत पनि आउछ।
कांग्रेसजनले वीपीको स्मृित साउन ६ गतेका दिन र कम्युनिष्टहरुले पुष्पलालको स्मृति साउन ८ गतेका दिन फोटो तथा सालिकमा माल्यपर्ण गर्ने मात्र होईन उहाँहरुलाई साँचो अर्थमा चिन्दै र बुझ्दै उहाँहरुले देखाएको बाटोबाट हिड्ने प्रतिवद्धताका साथ हिड्ने शुरु गर्नु पर्छ यसैबाट सत्ता पक्ष र प्रतिपक्षको भूमिका प्रभावकारी भै मुलुकले अहिलेको समस्याबाट निकास पाउछ।
(लेखक नेपाली कांग्रेस धनकुटाका सचिव एवं नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष हुन् ।)