- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटार अगाडि विरोध प्रदर्शन गर्दैछ । नेविसंघले बिहान कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिको विरोध गर्दै विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।
मन्त्री तामाङले बंगलादेशमा मेडिकल शिक्षाका लागि नेपाली छात्राहरुले सम्झौता गर्नुपर्ने भन्ने भाषा प्रयोग गरेपछि आलोचित भएका छन् । मन्त्री तामाङले माफी मागेर पदबाट राजीनामा दिनुपर्छ भन्ने चर्को आवाज उठे पनि उनले आफूले यथार्थ चित्रण गरेको भनी गैरजिम्मेवारपूर्वक प्रेस विज्ञप्ति जारी गरेका थिए ।
यही विरोधमा नेविसंघ उत्रिएको हो । नेविसंघले मन्त्री तामाङले माफी माग्नुपर्ने जनाएको छ ।
बालुवाटारमा बिहान ८ बजे नै कार्यक्रम गर्ने भनिए पनि सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच कार्यक्रम हुँदै गरेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् ।
उक्त विरोध कार्यक्रमको नेतृत्व नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले गर्दैछन् ।
नेविसंघले डा गोविन्द केसी २५ दिनदेखि आमरण अनसनरत हुँदा पनि प्रधानमन्त्री ओलीले देखेर पनि नदेखेझैं गरेपछि ओलीले सुन्ने र देख्ने गरी नै नारा जुलुस निकाल्न लागिएको नेविसंघले जनाएको छ ।