arrow

सूर्यलाई छुन सक्ला त नासाको रकेटले ? 

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
nasa.jpg

एजेन्सी। अमेरिकाकी अन्तरिक्ष अनुसन्धान संस्था नासा इतिहासकै सबैभन्दा महत्वाकांक्षी मिसनको क्रममा छ। नासा आफ्नो पर्कर सोलार प्रोब नामक स्याटेलाइट सूर्यको बाहिरी वायुमण्डलमा पठाउने तयारीमा रहेको हो। सूर्यको उक्त बाहिरी वायुमण्डलको भागलाई कोरोना भनिन्छ। शनिबार यो रकेटलाई प्रक्षेपण गर्ने तयारी गरिएको छ । यो मिसनले अहिलेसम्म सूर्यको विषयमा सुनिने धेरै भ्रमहरु चिर्ने विश्वास लिइएको छ। 

यदि नासाको योजनाअनुसारको सफलता हासिल भएको खण्डमा उक्त रकेट सूर्यको सबैभन्दा नजिक पुग्ने पहिलो मानवनिर्मित रकेट हुनेछ। साथै यसले अबको सात वर्षमा सूर्यको विषयमा महत्वपूर्ण विवरणहरु दिनेछ। अहिलेको योजनाको नाम अमेरिकी भौतिकशास्त्री एयुगृेन पर्करको नाममालाई सम्मानमा राखिएको हो। उनले सन् १९५८ मा सौर्य आँधीको विषयमा अध्ययन गरेका थिए। नासाले जीवित व्यक्तिको नाममा यस किसिमको सम्मान दिएको यो पहिलोपटक हो।

कहाँबाट पठाइँदै छ रकेट ? 

आगामी शनिबार अमेरिकाको क्यालिफोर्नियामा रहेको केप क्यानेभरलल एयर फोर्स स्टेसनबाट यो रकेट मिसनको लागि पठाउने तयारी भइरहेको छ। अहिले पठाउन लागिएको रकेट क्षमताको हिसाबमा स्पेसएक्सको फाल्कोनपछिको सबैभन्दा क्षमतावान् रकेट हो। करिब एक दशकको योजनाअनुसार यो रकेट सूर्यमा पठाउन लागिएको हो।

यो योजनाको लागि सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले यो कार्यक्रमको लागि संघीय बजेट छुट्याएका थिए तर पछिल्लो प्रविधि र प्रणालीले मात्र यो कार्य सम्भव हुने देखिएको हो। नासाले पठाउन लागेको रकेट करिब एउटा कारबराबरको छ। यद्यपि यसले अत्यधिक मात्रामा ताप खपत गर्न सक्छ । यो मिसन पूरा गर्नका लागि यो रकेटले १३७७ डिग्री सेन्टिग्रेटसम्मको ताप खपत गर्नुपर्ने बताइएको छ। 

यसलाई बल्नबाट रोक्नका लागि ११ सेन्टिमिटर बाक्लो कार्बनबाट बनाइएको ताप रोक्ने लेपन लगाइएको छ। रकेटभित्रको तापक्रम सधैं ३० डिग्रीको हाराहारीमा रहने बताइएको छ। 

रकेटको गति कति छ ? 

नासाको यो रकेटको गति चार लाख ३० हजार मिटर प्रतिघण्टा अर्थात् १२५ माइल प्रतिसेकेण्डको रहनेछ। यो अहिलेसम्मकै सबैभन्दा छिटो रकेटमध्येको एक हो। गत अक्टोबर महिनामा यो रकेटलाई शुक्र ग्रहमा पठाउने प्रस्ताव गरिएको थियो तर नोभेम्बर महिनामा यो योजनालाई परिवर्तन गर्दै सूर्यको सबैभन्दा नजिक पुर्‍याउने योजना ल्याइएको थियो। पर्कर सोलार प्रोबले सन् २०२५ को अन्तिमसम्मा सूर्यको सबैभन्दा नजिक विन्दुमा रहेर २४ पटक परिक्रमा गर्नेछ। उक्त विन्दुबाट एकपटक सूर्यको परिक्रमा गर्न सो रकेटलाई ८८ दिन लाग्छ। यो विन्दु सूर्यको सतहभन्दा ३८ लाख ३० हजार माइल टाढा रहेको विन्दु हो। 

यसबाट के कुराको अनुसन्धान हुन्छ ? 

धेरै लामो समयदेखि सूर्यको विषयमा अध्ययन तथा अनुसन्धानको काम भइरहेको अवस्थामा यसको थप अध्ययनका लागि आफूहरुले एक कदम अघि बढ्ने निर्णय गरेको यो योजनाका एक वैज्ञानिकले बताए। विशेषगरी यो योजनाबाट अन्तरिक्षको पृथ्वीलाई असर पार्ने मौसमको अवस्थाबारे केही विवरणहरु आउनसक्ने बताइएको छ। त्यसका साथै सौर्य आँधी कसरी उत्पन्न हुन्छ र यसको प्रकृतिको विषयमा पनि यो मिसनले धेरै विवरणहरु पाउनेछ। 

लामो समयदेखि पृथ्वीमा सूर्यको प्रकाश आइरहेको भए पनि सौर्य आँधी भने देख्न सकिएको छैन। त्यसैले यस विषयमा थप विवरणहरु हासिल गर्ने क्रममा यस किसिमको मिसन सुरु गरिएको अधिकारीहरुले बताएका छन्। 

रकेटमा के के उपकरणहरु जडान गरिएका छन् ? 

नासाको सो रकेट सूर्यको कोरोनाभ भागसम्म पुग्नेछ। त्यहाँसम्मको यात्रामा यो रकेट सौर्य आँधीको निकै नजिक पुगिसकेको हुनेछ। सौर्य आँधी निकै तीव्र हुने अनुमान गरिन्छ। जसका लागि यो रकेटको माध्यमबाट त्यहाँको विद्युतीय र चुम्बकीय क्षेत्रको विषयमा सूचनाहरु हासिल गर्ने अनुमान गरिएको छ। 

त्यहाँको विवरण हासिल गर्नको लागि रकेटमा ठुलो आकारको तस्बिर लिनसक्ने फोटोग्रोफको व्यवस्था गरिएको छ। त्यसका साथै त्यहाँ आउने सौर्य आँधीको गति र हावाको तापक्रम नाप्ने उपकरणहरु पनि रकेटमा जडान गरिएको छ। साथै नासाको आईएसओआईएस प्रणालीका सहायताबाट सूर्यबाट आउने विभिन्न किसिमको ऊर्जाहरुको पनि मापन गर्न सकिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ