arrow

धानले मात्रै डेढ प्रतिशत जीडीपी बढाउने अनुमान सरकारले कसरी गर्‍यो ? (अन्तर्वार्ता) 

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
dhan.jpg

यो आर्थिक वर्षमा धानको उत्पादन करिब १५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको  छ । पोहोर तराई क्षेत्रमा भएको डुबानका बाबजुद पनि ५१ लाख ५२ हजार टन धान उत्पादन भएकोमा यो वर्ष वर्षा अनुकुल भएकाले ५८ लाख टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । पोहोर साउन २५ गतेसम्म धान रोपाइँ हुने क्षेत्रमध्ये ८४ प्रतिशत मात्र रोपाईँ सकिएकोमा यो वर्ष साउन २१ भित्रै ९२ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाईँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । कुल गार्हस्थ्य उत्पादन जीडीपीमा धान उत्पादनले प्रत्यक्ष प्रभाव राख्छ । यो वर्ष धानकै कारण १.५ प्रतिशतले जीडीपी बढ्ने अनुमान कृषि मन्त्रालयको छ । धानको मात्र कुल कृषि गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान छ । मन्त्रालयको अनुमान अनुसार उत्पादन हुने हो भने चालू आर्थिक वर्षमा इतिहासकै सबैभन्दा बढी उत्पादन हुनेछ । हामीले धानले यो वर्ष १.५ प्रतिशतसम्म जीडीपी बढाउने विषयमा रहेर पूर्व कृषि सचिव सरोज पोखरेलसँग कुरा गरेका छौँ । 
० धानले यो वर्ष १.५ प्रतिशत जीडीपी बढाउँछ भनियो । रोपाईको प्रतिशतकै आधारमा अनुमान गर्ने हो ? 
–त्यही मात्रै त होईन । समयमा रोपाँई हुन सक्यो भने धानको उत्पादकत्व बढ्छ, भन्ने हो । क्षेत्रफलको हिसाबले र धानको फियोलोजीको हिसाबले ३० दिन कटेको विरुवा समयमै रोप्न सकेको छ भने, उत्पादकत्व बढ्छ । विगतको विवरण हेर्ने हो भने, धान उत्पादनमा १० प्रतिशतले वृद्धि भयो भने, जीडीपीमा यसको एक प्रतिशत कन्ट्रिव्यूशन हुन्छ भन्ने तथ्याङ्कले देखिन्छ । त्यही आधारमा मन्त्रालयले यो वर्ष झण्डै डेढ प्रतिशत धानको योगदान रहन्छ भनेको होला । 

० यसको आधार के हो ? 
– मूख्य कुरा के हुन्छ भने ? धानको बोट भित्रको फियोलोजी, जुन आन्तरिक प्रक्रिया हो, त्यसले गर्दा पनि उत्पादन कति हुन्छ भन्ने कुरा आउँछ । अहिलेको खास गरी सिफारिस भएका नयाँ जातहरु जुन छन् । ति ३० दिनको हाराहारीमा रोप्नु पर्ने हुन्छ । यदि रोपाईँ ढिलो भयो भने अर्थात् विरुवा ३५ दिनको ४० दिनको रोप्यो धान रोपाईँ त भयो तर, उत्पादकत्व घट्न जान्छ । त्यसैले पनि अहिले समयमा रोपाईँ भएको परिस्थितिका कारण उत्पादकत्व बढ्छ भन्ने एजेम्सन हो । त्यो बाहेक अन्य थुप्रै कारणहरु पनि हुन सक्छन् । अहिलेसम्म पानी पर्‍यो, अब खडेरी भयो भने के हुन्छ ? भन्ने कुरा पनि रहन्छ । जलवायु परिवर्तनको असर परिरहेका बेला रोपाईँ समयमा भएका कारण उत्पादकत्व बढ्छ भन्ने कुरा हो । त्यस्तै हुन्छ भन्ने छैन । डिजास्टर, फ्लडिङको कुराहरु, ड्राउडको कुराहरु, धानको फूल लाग्ने बेला भयो भने नकारात्मक असर पर्ने पनि हुन्छ । अहिलेको एजम्सन के हो भने, समयमै रोपाईँ भएको छ, आउने दिनहरुमा कन्डिसन फेबरेवल होला । त्यो कारणले जीडीपीमा धानको कन्ट्रिव्यूसन बढ्ला भन्ने हो । 

० अनुमान को कुरा मात्रै भयो ? 
–हो, हजुर । रोपाईँ नै ढिलो भएको भए । यो अनुमान पनि हुँदैन थियो । रोपाईँ समयम भएको हुनाले यो अनुमान ठिकै हो । तर, आउँदो दिनमा मौसमले कसरी धान उत्पादनमा साथ दिन्छ भन्ने हो । 

० समयमै धान रोपेका खण्डमा आश गर्ने ठाउँ प्रशस्त हुन्छ भन्ने बुझौँ ? 
– एक्जेक्ट्ली त्यो हो । पक्का कुरा हो । 

० हाम्रो डेढ प्रतिशतको अनुमानलाई के–के कुराले प्रभाव पार्छ ? 
–मेजर कुरा त मौसम नै हो । मौसमसँगै जोडिएर आउने अरु कुराहरु पनि हुन्छन् । जस्तो, रोगको आक्रमण, किराको आक्रमण । यसले पनि उत्पादनमा फरक पार्छ । रोपाई मात्रै ठूलो कुरा भएन । मलखाद समयमै पुर्‍याउन सक्नु पर्‍यो । सिँचाईको व्यवस्थापन समयमै हुनसक्ने, कुराहरु पनि मेजर हुन्  । 

० अरु के–के ले प्रभाव पार्छ ? 
–अब जस्तो तापक्रम बढ्यो, तर सनसाईन चैँ घट्यो भने त्यस्तो अवस्थाले पनि धान उत्पादनमा सिधै असर गर्छ । अर्को सनसाईन बढ्यो तापक्रम घट्यो भने पनि असर पुग्छ । यसमा सबै कुराको तारतम्य मिल्नु पर्छ । खास गरी फल लाग्ने समयमा ८–१० दिन मात्रै पनि खडेरी पर्‍यो भने त्यसले पनि असर पर्छ । फ्याक्टरहरु धेरै छन् । आउने दिनमा ति सबै कुराहरु फेबरेवल भयो भने जीडीपीमा धानको योगदान बढ्छ भन्ने हो । 

० यो त अहिलेको प्रक्षेपण भयो । अब हामीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने भनेका छौँ । हामी त्यो अभियानमा लाग्ने हो भने, धान उत्पादन बढाउन के गर्न सक्छौँ ? 
–यहाँले महत्वपूर्ण जिज्ञासा राख्नु भयो । तपाई हामीले १९९२ देखिको धानको तथ्याङ्क हेर्ने हो भने, २००१ ताका धानको सबै भन्दा बढी क्षेत्रफल भएको देखिन्छ । १५ लाख ६० हजार ४४ हेक्टरमा धान खेति भएको तथ्याङ्कले देखाउँछ । हरेक वर्ष धेरै बल गरेर सिँचाईको प्रबन्ध गर्दा पनि सन् २००० देखि अहिलेसम्मको आँकडा हामीले हेर्दा ६ प्रतिशत धानको क्षेत्रफल घटेको पाईन्छ । यति धेरै सिँचाईको ईफोर्ट हुँदा हुँदै पनि धानको क्षेत्रफल घटेको छ भने, यसको पछाडि दुई चार वटा कुरा छ । एउटा कुरा धान खेतमा प्रयोग भईराखेको जग्गा अरु क्षेत्रको लागि प्रयोग भएको छ । अथवा धान खेतेको जग्गा बाँझो रहन गयो, भन्ने देखिन्छ । यसरी जग्गा खुम्चिँदै जाने र हरेक वर्ष देखिएका उतारचढाले कृषिको योगदानबाट दोहोरो अंकको जीडीपी हुने भन्ने कुरा अफ्ठ्यारो छ । त्यसैले दीर्घकालीन एटा सोच बनाउनु पर्ने र कृषि भूमिको संरक्षण गर्नु पर्ने देखिन्छ । त्यो भूमि कृषिकै लागि प्रयोग गर्नु पर्ने तथा नाफामूलक आय हुन सक्नेतिर कृषिलाई रुपान्तरण गर्ने कुराहरुमा सरकारको कार्यक्रम केन्द्रीत हुनुपर्दछ । सरकारको कार्यक्रम त्यतातिर डाईभर्ट भए, कृषिको कारणले दोहोरो जीडीपीको प्रोग्रेस एचिभ गर्न सकिन्छ । एउटा महत्वपूर्ण कुरा यो कृषि मन्त्रालयसँग मात्रै सम्बन्धित कुरा होईन र लाईन मिनिट्री सबैको दायित्व हो भन्ने बोध सरकारलाई हुनु पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ