arrow

मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
Mega_Star-Agreement.jpg

काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा. सन्देश जिसीबीच सोमबार मेगा बैंकको मुख्य कार्यालय राइजिब मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सोही सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई स्टार अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो।

सम्झौता अनुसार, मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले स्टार अस्पतालमा उपचार गराउँदा आइसीयू, क्याबिन र वार्डमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसैगरी, ल्याब टेष्ट, एक्सरे, इसिजी, इन्डोस्कपी, क्लोनोकपी, यूएसजी, इइजी, सिटी स्क्यान, पीएफटी लगायतका परीक्षण, औषधी र शल्यक्रियामा १०–१० प्रतिशत छुट पाउने भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ