- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्डरवल्ड डन दाउद इब्राहिमका दाहिनी हात जबीर मोती पक्राउ परेका छन् । मोती लन्डनको एक होटलबाट गिरफ्तार भएका हुन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मोतीले पछिल्ला दिनमा ब्रिटेन, युएई र अफ्रिकी देशहरुमा दाउदका लागि लेनदेनको कारोवार गर्दै आएका थिए ।
दाउदलाई घेराबन्दीमा पार्नका लागि भारतले जबीर मोदीलाई पक्राउ गर्न अपिल गर्दै आएको थियो । जबीरमाथि लागू औषध तस्करी, फिरौती एवं अन्य थुप्रै अपराध गरेको आरोप छ ।
जबीरको साथबाट पाकिस्तानी पासपोर्ट फेला परेको छ । यसमा कराँचीको ठेगाना राखिएको छ ।
ब्रिटेनको १० वर्षको भिसा पाएको जबीरले एन्टिगुवाको नागरिकता लिने प्रयास गरिरहेको समेत बुझिन आएको छ ।
पाकिस्तानको कराँचीमा रहँदै आएको दाउदलाई सन् १९९३ को मुम्बई बमकाण्डका मुख्य नाइके मान्दै आइएको छ ।