arrow

के हिम्मत गर्लान् केपी शर्मा ओली ?

‘ओली जुन कुर्चीमा बसेका छन्, त्यो कुर्चीको चारवटै खुट्टा उनका होइनन्’

logo
रामहरी ओझा,
प्रकाशित २०७२ फागुन ४ मंगलबार
ramhari-ojha-new-p.jpg.jpeg
‘अब यो पनि भारत जान्छ, भारतलाई खुसी पार्नका लागि नेपालको कुन भु–भाग भारतलाई सुम्पेर आउँछ, अनि भारतको विश्वासपात्र बन्छ ।’ उमेर ढल्किसकेका एक जना सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका सन्दर्भमा आफ्नै शैलीमा माथीका हरफहरु भने । 
 
ओली प्रधानमन्त्रीको हैसियतले पहिलो औपचारिक विदेश भ्रमणमा जाने क्रममा उनले भारतलाई रोजे ।  भारतको औपचारिक निम्तो समेत पाएका ओली भारतले गरेको अघोषित नाकाबन्दी फिर्ता लिएपछि भारत जाने मिति तय गरे । उनी ७ गते एक साताका लागि भारत जाँदै छन् । ओलीको भारत भ्रमण अहिले चर्चाको विषय बनेको छ । बन्नु स्वभाविक पनि छ, करीव पाँच महिनासम्म भारतले लगाएको अघोषित नाकाबन्दी खुलेपछिको उच्चस्तरीय राजनीतिक भ्रमण हो । यसमा आशा र शंका दुवै हुने नै भए । त्यसका साथ–साथै विगतका प्रधानमन्त्रीहरुले भारत भ्रमणका क्रममा गरेका विवादित विषयहरु पनि छन् जसले गर्दा फेरी अर्को कुनै विवादित वा राष्ट्रघाती सम्झौता नहोस् भन्ने पनि बहसको विषय हुनु जरुरी छ । 
 
उनको पार्टीभित्रैबाट र सरकारमा सहभागि अन्य दलहरुले उनको कुर्चीको खुट्टा बनाइदिएका छन् । यदी उनी अहिलेको राष्ट्रिय आशय विपरित यदि कुनै कुरा गर्छन्, भने उनी फर्केर बालुवाटार नपुग्दै उनको कुर्ची पनि काँप्न थाल्ने छ । त्यसैले पनि उनका लागि यो भ्रमण फलामे च्यूरा हुनेछ । उनले अहिले राम्रोसंग के बुझेका छन भने अहिलेको अवस्थामा भारतको आशिर्वादले त्यो कुर्चीमा बस्न सक्ने अवस्था छैन । त्यसैले पनि उनी अलि बढी सचेत हुने छन् ।
 
हुन त ओलीले आफ्नो भ्रमणका क्रममा राष्ट्र र राष्ट्रियतालाई हानी हुने खालका कुनै पनि सम्झौता नगर्ने सार्वजनिक कार्यक्रममै प्रतिवद्धता जनाइसकेका छन् । तर, पनि उनको त्यो प्रतिवद्धता कति टिक्न सक्छ भन्ने विषय महत्वपूर्ण हो । त्यसै पनि उनलाई उनकै पार्टीभित्र लामो समयसम्म भारतपरस्तको आरोप लागेको थियो । यद्यपी त्यो आरोपलाई उनले नाकाबन्दीको दौरानमा निष्फल बनाइदिएका छन् ।
 
आरोप लाग्नु, शंका, उपशंका हुनु र बहस गर्नु एउटा विषय हो, तर अहिलेको अवस्थामा ओली आफैले चाहेर पनि भारतसंग कुनै त्यस्तो अप्रिय सम्झौता गर्न सक्ने अवस्थामा छैनन् । एकातिर उनी आफैले भारतसंग प्रधानमन्त्री भएदेखिनै राखेको अडान उनका लागि नैतिकताको विषय छ । भलै जनताले धेरै दुःख झेले तर उनले भारतसंग लिएको अडान र त्यो अडानकै भरमा खुलेको नाकाबन्दीका कारण उनले जनताको मनमा थोरै भएपनि ठाउँ बनाएका छन् । भारतमा गएर आफु वा राष्ट्रियता झुक्ने कुनै पनि सम्झौता गर्नु उनका लागि पनि हितकर हुँदैन । 
 
अर्को विषय ओली जुन कुर्चीमा बसेका छन्, त्यो कुर्चीको चारवटै खुट्टा उनका होइनन् ।उनको पार्टीभित्रैबाट र सरकारमा सहभागि अन्य दलहरुले उनको कुर्चीको खुट्टा बनाइदिएका छन् । यदी उनी अहिलेको राष्ट्रिय आशय विपरित यदि कुनै कुरा गर्छन्, भने उनी फर्केर बालुवाटार नपुग्दै उनको कुर्ची पनि काँप्न थाल्ने छ । त्यसैले पनि उनका लागि यो भ्रमण फलामे च्यूरा हुनेछ । उनले अहिले राम्रोसंग के बुझेका छन भने अहिलेको अवस्थामा भारतको आशिर्वादले त्यो कुर्चीमा बस्न सक्ने अवस्था छैन । त्यसैले पनि उनी अलि बढी सचेत हुने छन् ।
 
भौगोलिक रुपमा नजिकको छिमेकी राष्ट्र भएपनि नेपाल–भारतबीच धेरै यस्ता समस्याहरु रहेका छन्, जसका कारण हामीले नजिकको छिमेकी हुँदाहुँदै पनि मित्र राष्ट्र भन्ने कि नभन्ने विषयमा सोच्नु पर्ने अवस्था छ । सन १८१६ को सुगौली सन्धिदेखि नेपाल–भारतबीच भएका असमान सन्धि सम्झौताहरु यसका उदाहरण हुन् । यस्तै पञ्चेश्वर, कोशी, महाकाली जस्ता कयौं सम्झौताहरु छन् । जो भारतको एकलौटी हितमा भएका छन् । लिपुलेकदेखि सुस्ता महेशपुरसम्मका थुप्रै सिमाहरु छन् जहाँ भारतले अहिले पनि कब्जा जमाएर बसेको छ । 
अहिले पनि उसले नेपालको भू–सीमाना र प्राकृतिक स्रोत साधनमाथी प्रत्यक्ष हस्तक्षेप गर्ने प्रयास गरिरहेको  छ । माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती लगायतका ठुला जलविद्युत आयोजनाहरुमा उसको मोह बढ्दै गएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको विषयलाई पनि भारतले आफ्नो कब्जामा लिन खोज्दै छ । खुला सिमानाका कारण नेपालले भारतीय सुरक्षाकर्मीहरुबाट भोग्नु परेको पिडाको बयान गरी साध्य छैन ।
 
सन १८१६ को सुगौली सन्धिदेखि नेपाल–भारतबीच भएका असमान सन्धि सम्झौताहरु यसका उदाहरण हुन् । यस्तै पञ्चेश्वर, कोशी, महाकाली जस्ता कयौं सम्झौताहरु छन् । जो भारतको एकलौटी हितमा भएका छन् । लिपुलेकदेखि सुस्ता महेशपुरसम्मका थुप्रै सिमाहरु छन् जहाँ भारतले अहिले पनि कब्जा जमाएर बसेको छ । अहिले पनि उसले नेपालको भू–सीमाना र प्राकृतिक स्रोत साधनमाथी प्रत्यक्ष हस्तक्षेप गर्ने प्रयास गरिरहेको  छ । माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती लगायतका ठुला जलविद्युत आयोजनाहरुमा उसको मोह बढ्दै गएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको विषयलाई पनि भारतले आफ्नो कब्जामा लिन खोज्दै छ । खुला सिमानाका कारण नेपालले भारतीय सुरक्षाकर्मीहरुबाट भोग्नु परेको पिडाको बयान गरी साध्य छैन ।
 
हुन त नेपाल–भारत खुला सिमानाले भारतलाई पनि सधै सशंकित बनाउँदै आएको छ । तेस्रो मुलुकबाट नेपाल हुँदै भारत प्रवेश गरेर भारतमा आतङ्ककारी हमला हुन सक्छ, भन्नेमा उ सशंकित छ । तर, पनि खुला सिमानाका कारण भारतलाई जति फाइदा भएको छ, त्यो भन्दा दोब्वर नेपाललाई घाटा मात्र भएको छ । यस्ता, थुप्रै विषयहरु छन् जो नेपालले राजनीतिक तथा कुटनीतिक रुपमा भारतसंग सम्वाद गरी समाधानको खोजी गर्नु पर्नेछ । तर, यी सबै विषयहरु एकसाथ उठान गरेर कुनै पनि विषय टुङ्गोमा पुग्न सक्ने अवस्था रहँदैन । विगतका दिनहरुमा भारत भ्रमणमा जाने प्रधानमन्त्रीहरुको कमजोरी पनि यहीनै रह्यो । सबै विषयवस्तु उठान गर्दै भेटघाटको समय सकिने अनि फर्केर लुरुलुरु आउने बाहेक अरु कुनै फाइदा हुन सकेन । भारतले आफ्ना कुराहरु पहिलेनै राख्ने र सोही अनुसारको सम्झौता गर्ने शैली सधैं कायमै राख्यो । 
 
ओलीको भारत भ्रमणका बेला जुन विषय उठ्छ एउटा मात्रै विषय उठोस् र त्यसले ठोस निश्कर्ष पाओस भन्ने चाहाना आम जनताको छ । अहिले उठान गर्नु पर्ने विषयहरुमा भू–परिवेष्ठित राष्ट्रले पाउनु पर्ने पारवहन अधिकारको विषय हुन सक्ला, नेपाल भारत सीमा सम्बन्धको विषय हुन सक्ला, नेपाललाई अप्ठेरोमा परेका बेला थप अप्ठेरोमा पार्ने गरी भारतले लगाउँदै आएको नाकाबन्दीको विषय हुन सक्ला, खुला सीमानालाई व्यवस्थित गर्ने सम्बन्धको विषय हुन सक्दा वा फेरी नेपालीको राष्ट्रिय सिमा सुरक्षाको प्रश्न हुन सक्ला । त्यो भन्दा फरक पनि कुराहरु आउन सक्छन् । जस्तै, नेपालको प्राकृतिक स्रोतहरुको उपयोग र त्यसमा भारतको चाँसोको प्रसंग हो । यसमा ओलीले आफ्नो बोली मात्रै होईन खुट्टा पनि बलियोसंग टेकाउनजरुरी छ । 
 
मुख्य प्रश्न ओलीको बोलीमा कति दम छ, भनेर हेर्ने बेला आएको छ । उनकै पार्टीका नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा भारत गएनन् । भारतले उनलाई बोलाउनु आवश्यक पनि ठानेन । किनकी झलनाथ खनाललाई सबैले भारत विरोधीका रुपमा चित्रण गर्ने गर्दथे । तर, माधवकुमार नेपाललाई बोलायो । वामपन्थी प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई पनि भारतले बोलायो । अझ बाबुराम भट्टराई त विप्पा सम्झौताका कारण निकै विवादित पनि बने । तर अडान कसैले पनि राख्न सकेनन् । अहिलेका प्रधानमन्त्रीसंग जनताले त्यो आशा राखेका छन् ।
 
भारतलाई खुसी बनाउने जतिसुकै प्रयास गरेपनि नेपालको राजनीतिक परिस्थितिले कसैलाई पनि लामो समयसम्म कुर्चीमा बस्न दिएको छैन भन्ने कुरा पनि ओलीले राम्रोसंग बुझेको हुनुपर्छ । प्रधानमन्त्री पदमा उनी नयाँ अनुहार भएपनि नेपाली राजनीतिमा उनी पनि राम्रै प्रभाव राख्ने व्यक्तिभित्र पर्दछन । यस्ता, थुप्रै कुराहरु छन्, जसले गर्दा उनलाई कुनै पनि सम्झौता गर्नु भन्दा पहिले निकै बेर सोच्नु पर्ने अवस्था छ । यति हुँदा हुँदै पनि यदि उनले कुनै अप्रिय सम्झौता गरिहाल्छन्, भने त्यो राष्ट्रका लागि त घातक हुनेनै भयो स्वयं ओलीका लागि पनि हितकर हुने छैन । त्यसकारण ओलीले सोच्नु के जरुरी के छ, भने भारतसंग राष्ट्रिय हितमा स्पष्ट अडान राखेर उनी ऐतिहासिक व्यक्ति बन्ने कि विवादित बन्ने ? ऐतिहासिक व्यक्ति बने उनलाई जनताले अनन्त कालसम्म पनि स्मरण गर्नेछन् । यदि भारतलाई रिझाउनका लागि कुनै अप्रिय सम्झौता गर्छन् भने उनको बाँकी जीवन मरे तुल्य हुनेछ । 
 
यति हुँदा हुँदै पनि यदि उनले कुनै अप्रिय सम्झौता गरिहाल्छन्, भने त्यो राष्ट्रका लागि त घातक हुनेनै भयो स्वयं ओलीका लागि पनि हितकर हुने छैन । त्यसकारण ओलीले सोच्नु के जरुरी के छ, भने भारतसंग राष्ट्रिय हितमा स्पष्ट अडान राखेर उनी ऐतिहासिक व्यक्ति बन्ने कि विवादित बन्ने ? ऐतिहासिक व्यक्ति बने उनलाई जनताले अनन्त कालसम्म पनि स्मरण गर्नेछन् । यदि भारतलाई रिझाउनका लागि कुनै अप्रिय सम्झौता गर्छन् भने उनको बाँकी जीवन मरे तुल्य हुनेछ । 
 
धेरै, गर्नु पर्ने केही छैन । तमाम समस्याहरुकाबीचबाट एउटा मात्रै समस्या छान्दा हुन्छ । त्यो समस्यालाई मुर्त रुप दिन सक्नु पर्दछ । अन्य धेरै कुरामा भन्दा पनि एउटा वा दुईटा ठोस विषयहरु उठान गर्नु जरुरी छ र यदी त्यो विषयमा भारतले आनाकानी गर्छ भने अन्तराष्ट्रियकरण गर्न सक्ने हैसियत बनाउनु जरुरी छ । त्यसका लागि प्रधानमन्त्री स्वयं तयार हुनु पर्दछ । उनको पार्टी, सरकारमा सहभागि भएका अन्य पार्टीहरु र प्रमुख प्रतिपक्ष पार्टीले पनि उनलाई साथ दिनु जरुरी छ, यदि हामी सबै भारतीय हस्तक्षेपको विरोध गर्ने हो भने । 
 
भारतले तत्काल नेपाललाई सिक्कीमीकरण गर्न सक्ने सम्भावना त देखिदैन । कालान्तरमा त्यो पनि हुन सक्ला तर, अन्तर्राष्ट्रिय परिस्थितिले उसले त्यो गर्न तत्काल आँट गर्दैन । उसको अबको बाटो नेपाललाई पहिले भुटानीकरण गर्ने अनि विस्तारै विभाजन ल्याउने र ‘फुट डालो ओर राज करो’ को नीतिले अगाडी बढ्ने देखिन्छ । त्यसका लागि उसले नेपालको तराई क्षेत्रलाई नेपालबाट अलग गर्नु पर्ने छ । यसका लागि उसले अघोषित रुपमा सात महिनासम्म तराई क्षेत्रमा नेपालीहरुको सहभागितामा वितण्डा मच्चायो । ५६ जनाकोे मृत्यु भयो । तर, उसले चाहे जस्तो उपलब्धी हात पार्न सकेन । 
 
त्यसैले प्रधानमन्त्रीलाई भारत बोलाएर नयाँ ढंगको सम्झौता गर्ने र त्यसमा नेपाललाई कमजोर बनाउने उसको षड्यन्त्र हुन सक्छ भन्ने कुरा न प्रधानमन्त्री न उनको भ्रमण दलमा सहभागि हुने अन्य ब्यक्तिहरु कसैले पनि भुल्नु हुँदैन । यी र यस्तै कतिपय प्रसंगले गर्दा प्रधानमन्त्री ओलीको भारत भ्रमणले निकै चर्चा पाएको देखिन्छ । ओलीको यो भारत भ्रमण सफल होस् । उनलाई नेतामात्रै नभएर राजनेताका रुपमा नेपाली जनताले चिन्ने कुनै नयाँ र ठोस सम्झौता भारतसंग होस, यही शुभकामना । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ