लैंगिक विभेदमुक्त संविधान बनाउन सकेनाैँ (कुराकानी)

प्रकाशित मिति : २०७५ भदौ २० बुधबार

नयाँ मुलुकी ऐनमा महिलाहरुले थाहा पाउनैपर्ने कुरा के छन् ? अहिलेको संसदबाट जसरी महिलाअधिकारका लागि कस्ताे बाटाे तय भएको छ । यसमा के–के कुरा परिवर्तन भए । महिलाका लागि के भयो ? यसै विषयमा हामीले नेकपा नेतृ रेखा शर्मासँग कुरा गरेका छाैँ । 

० अहिलेको एेनले महिलालाई नयाँ के दियो ?
– लामो समयदेखि विभिन्न आन्दोलन, घटनाक्रम र परिवेशमा विकसित हुँदै आएका महिलासम्बन्धी एजेन्डा जति थिए, तिनलाई सकेसम्म संविधानमा समेट्न कोसिस गरियो । कति समेटियो, कति बाँकी छ त्यो आफ्नो ठाउँमा छ, तर पनि संविधानमै महिलाका हकसम्बन्धी उल्लेख्य व्यवस्था राख्न हामी सफल भयौं । त्यही अनुसार नै भदौ १ गतेदेखि लागू गरी देवानी फौजदारी संहिता पनि सार्वजनिक भइसकेको छ । अर्को कुरा मौलिकसम्बन्धी कानुन तीब्रताका साथ संसदमा बनिरहेका छन्, छलफलका लागि समितिमा गइरहेका छन् ।

विगतभन्दा हामीले धेरै नयाँ कुराको व्यवस्था गरेका छौं । सम्पत्तिको अधिकारसम्बन्धी, महिलाहरुलाई पैतिक सम्पत्तिमा समान अधिकार सुनिश्चित गरिएको छ । हिंसामा परेका महिलाहरुका लागि संरक्षण गरिएको छ । अपराधलाई दण्डनीय बनाइएका छन् । कानुन कडाइपूर्वक अगाडि लैजान भनिएको छ । शिक्षा, स्वास्थ्य तथा रोजगारलगायत सबै ठाउँमा महिलालाई विशेष अधिकार प्राप्त हुने व्यवस्था छ । संसदमा कानुन बन्नेक्रम जारी छ । यी सबै कानुन बनिसकेपछि हामीले विगतभन्दा महिलाका सम्न्दर्भमा हक अधिकार प्राप्तिको कानुनी व्यवस्थालाई सुनिश्चित गर्छ ।

० महिलाका लागि यो संविधान कोषेढुंगा हो ?
– संविधानमा केही कमी र सीमाहरु छन् । लैंगिक विभेदमुक्त संविधान हामीले बनाउन सकेका छैनौं । तर लैगिक विभेदका धेरै कुरालाई न्यूनीकरण गरेका छौं । जस्तो नागरिकताको सन्दर्भमा हामीले समान व्यवस्था लागू गर्न सकेनौं । यस्तै धेरै कुरा लागू भएका छैनन् । लामो संघर्षपछि हामीले जे उपलब्धि प्राप्त गरेका छौं, संविधानमा लिपिबद्ध गर्न हामी सफल भयौं । लिपिबद्ध भएको संविधानलाई हामीले कानुनी प्रकृयामा ढाल्न सकेका छौं । त्यसअर्थमा यो संविधान कोषेढुंगा हुनसक्छ । पूर्ण समानताको अर्थमा यो संविधान कोषे ढुंगा हो भन्न सकिन्न ।

० अझै के कुरा पुगेन ?
– नागरिकता प्राप्तिको विषयमा हामीले छोरा र छोरीका सन्तानलाई समान व्यवस्था गर्न सकेका छैनौं । छोरा र छोरीको वैवाहिक सम्बन्धलाई समान व्यवस्था गर्न सकेका छैनौं । छोराबाट जन्मेको सन्तान स्वतः वंशजको नागरिक हुने, यदि छोरीको विदेशी श्रीमान छ भने उसका सन्तान अंगिकृत हुने व्यवस्था छ । आमाको पहिचानबाट नागरिकता प्राप्त गर्न सकिँदैन । त्यसका लागि बाबुको पहिचान खोजिन्छ । त्यस्ता कमजोरीलाई हामीले हटाउन सकेनौं ।

नयाँ