arrow

पर्सामा मेगा बैंकको दुई शाखारहित बैंकिङ सेवा

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
mega-BLB-parsa.jpg

काठमाडौँ। मेगा बैँक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ। पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ।

सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ मा सोही गाँउपालिकाकी उपाध्यक्ष श्रीमती फुलकुमारी थरुनी तथा मेगा बैँक नेपाल लिमिटेड बीरगंज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा सुरु गरे।

गाउँपालिकाकी उपाध्यक्ष थरुनीले सखुवाप्रसौनीका बासिन्दाहरुले मेगा बैकसँग बित्तिय कारोवार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरिदिएकोमा मेगा बैंकलाई आभार व्यक्त गरिन्। 

यसैगरी, पर्सागढी नगरपालिका वडा नं. ३ मा शाखारहित सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष उद्दबबहादुर उप्रेतीले कृषक, मजदुर, न्यून आय भएका जनताको आयस्तर बृद्धि गर्न मेगा बैकले पर्सागढी चयन गरेकोमा धन्यवाद दिए। स्थानीय जनप्रतिनिधिको हैसियतमा सक्दो सहयोग गर्न आफू तयार रहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ