arrow

कुन आश्रम व्यवस्थामा के के हुन्छ ? कस्तो बन्नुपर्छ गृहस्थहरुको जीवन ? 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ भदौ २४ आइतबार
aashram.jpg

नयाँ दिल्ली । मानिसले आफ्नो जीवनकालमा विभिन्न आश्रमहरुको पार गर्दछ । ऋग्वेद यजुर्वेद र सामवेदको अध्ययन गर्नको लागि जाने र ३६ वर्षमा चल्नेवाला जुन व्रत हुन्छ सो व्रतसम्मको समय गुरुकूलमा नै मनाउने गरिन्छ । 

षट्त्रिंशताब्दीचर्यं गुरौ त्रैवेदिकं व्रतम् 
तदर्धिकं पादिकं वा ग्रहणान्तिकमेववा ।।

अर्थात्, त्यसको कूल १८ वर्षसम्म चल्नेवाला जुन ब्रत अअथवा त्यसको चौथाई नौ वर्षको या त वेदको ग्रहण गर्ने समयसम्मको व्रतलाई गुरुकूलमा नै मनाउनुपर्ने विषय मनुस्मृतिमा लेखिएको छ । 

वेदानधित्य वेदौ वा वेदं वापि यथाक्रमम्
अविप्लुत ब्रह्मचर्याे गृहस्थाश्रममामसेत् ।।

अर्थात्, यसरी विधानपूर्वक सम्भव भएसम्म ३ वेद, त्यो नभए २ वेद र त्यो पनि नभए कुनै एक वेदको अध्ययन गरेको अस्खलित व्रह्मचर्य युक्त पुरुष गृहस्थास्श्रममा प्रवेश गर्दछ । यसरी कुनैपनि पुरुष पहिलो आश्रम व्यवस्था पार गरेर दोस्रो व्यवस्थामा प्रवेश गर्दछ । 

कूल ४ आश्रम व्यवस्था मध्ये गुहस्थ आश्रम एउटा महत्वपूर्ण र जटिल आश्रम व्यवस्था हो । कुनैपनि बालकले गुरुद्वारा यज्ञोपवितदधारण गरि वेदका मन्त्रहरु सिकेपछि स्वतः ब्रह्मचर्याश्रममा प्रवेश गर्दछ । 

वैदिक मन्त्रहरुद्वारा विधिवत् रुपमा प्रवेश गरिने व्रह्मचार्य आश्रममा वैदिक ज्ञान र व्यवहारिक ज्ञान लिनको लागि कुनैपनि बालक आफ्नो मातापिताबाट टाढा भएर आचार्य(गुरु)हरुको आश्रयमा पुग्दछ । 

समग्रमा भन्दा कुनैपनि मानिसको २५ वर्षसम्मको समय ब्रह्मचर्यका लागि उत्तम हुने विश्वास गरिन्छ । त्यही २५ वर्षदेखि माथिको वा वेदाध्यायन पछिको समय हो गृहस्थाश्रम । शास्त्रका अनुसार सम्पूर्ण रुपमा लौकिक तथा बैदिक ज्ञान हासिल गरिसकेको मानिसले गुरुलाई श्रद्धापूर्वक नमन गरेर गृहस्थ आश्रममा प्रवेशको लागि अनुमति माग्दछ । 

गुरुहरुले पनि विभिन्न व्यवहारिक जीवनको लागि आवश्यक मूलभूत गुरुवाणी दिएर शिष्यलाई सुखद् र संस्कारयुक्त गृहस्थ जीवनको लागि आशीर्वाद दिने चलन रहेको छ । 

गृहस्थाश्रम एउटा यस्तो आश्रम हो कि यसमा बढी औपचारिकताको आवश्यकता हुन्छ । लोकाचारका लागि गरिने व्यवहारहरु बाहेक मानिसले गृहस्थाश्रममा के के काम गर्नु पर्छ ? 

उक्त विषय उल्लेख गर्दै तैत्तिरीय उपनिषद् भन्छ । जन्मदेखिको मृत्युसम्मको अवस्था मध्ये ब्रह्मचार्याश्रम पछिको दोस्रो व्यवस्था हो गृहस्थास्श्रम । विधिवत रुपमा ब्रह्माचार्याश्रममा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउँदै आफ्नो आफन्त र घरपरिवारको बारेमा आफ्नो ध्यान केन्द्रित गर्ने आश्रमलाई नै गृहस्थ भनिएको छ । 

गृहस्थ आश्रम अन्य आश्रमको तुलनामा कठोर आश्रम मानिन्छ । घरपरिवारको व्यवहार मिलाउनेदेखि भगवान भक्तिमा मन डुलाउने हुँदै आफ्नो लोकाचारलाई जोगाउनको लागि गरिने सबै व्यवहारहरु गृहस्थहरुकै काँधमा थोपरिएको हुन्छ । 

तैतेरीय उपनिषद्मा गृहस्थहरुको मूल कार्यको रुपमा भनिएको छ आचार्यहरुले वेदको कोण कोणबाट अध्ययन गराएर समावर्तन संस्कारको समयमा गृहस्थ आश्रममा प्रवेश गर्नको लागि आधारभूत शिक्षा दिएर पठाएका हुन्छन् । 

उपनिषद्मा लेखिए अनुसार गुरुहरुले सबैभन्दा पहिले सदा सत्यको भाषण गर्न र कठिन आपत्ति पर्नेबेलासम्म पनि आफ्नो सत्य वचन मर्न दिन नहुने ज्ञान दिएर पठाउँछन् । 

आफ्नो वर्ण आश्रमको अनुकूल शास्त्र सम्मत धर्मको अनुष्ठान गर्नु वेदको अभ्यास, सन्ध्यावन्दन, गायत्रीजप तथा भगवान् नाम गुण कीर्तन आदि नित्यकर्म गर्न गृहस्थाश्रमका मानिसले सन्देह मान्नु हुँदैन । 

परम्परा सुरक्षित गर्न शास्त्र विधिका अनुसार विवाहित धर्मपत्नीको साथमा साथ ऋतुकालमा सहवास गर्ने, धेरै हाँसीमजाक तर्फ नलागेर आफ्नो बोलीको महत्व बढाउनु पर्छ । 

उपनिषद्मा भनिएको छ सीमित अवस्था बाहेक अरु अवस्थामा गृहस्थले झुटो बोल्नु र अधीक जिस्कनु गृहस्थ धर्म बाहिर मानिएको छ । सत्यं वद । धर्मं चर । स्वाध्यायान्म प्रमदः । अर्थात्, धर्म रक्षाको लागि बोल्नुपरेमा कहिलेकाँही झुटो बोल्नु परेपनि पछि हट्नु हुन्न भनिएको छ । 

त्यस्तै, एकदमै दुख पाएको मानिसले दुखरुपी संकटबाट मुक्त हुने अवस्था छ भने त्यस्तो अवस्थामा झुटो बोल्नु पनि आश्रम नियम विपरित हुनेछैन । अन्यथा झुटो बोल्नुको साँटो बरु मौन बस्नु नै उचित हुने हिन्दू शास्त्रहरुमा जतात्यतै देख्न सकिन्छ । 

मातृ देवो भव । पितृ देवो भव । आचार्य देवो भव । 

मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भवको भावना अनुसारको काम गर्नु पनि गृहस्थ कै जिम्मेवारी हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ