arrow

के हो धार्मिक तथा आयुर्वेद रुपमा कुशको महत्व ?

logo
प्रकाशित २०७५ भदौ २४ आइतबार
KUSE-AUSI.jpg

काठमाडौं । कुश धार्मिक तथा आयुर्वेद रुपमा निकै महत्व भएको बनस्पति हो । हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र मानिन्छ ।

विशेषगरी देवकार्य तथा पितृकार्यका लागि कुशको ठूलो महत्व रहने गर्दछ । श्रावण शुक्ल चर्तुदशीका दिन रोपिने कुशलाई भाद्रकृष्ण औशीका दिन काट्ने गरिन्छ । कृष्ण पक्ष बढिजसो पितृकार्यका लागि महत्वपूर्ण मानिन्छ । कुशे औशीका दिन काटिने कुशलाई एक वर्षसम्म विभिन्न धार्मिक कार्यमा प्रयोग गर्न मिल्ने प्रा. डा. विणा पौड्यालले जानकारी दिईन् ।  

यदी कुशेऔँशी सोमबारका दिन परेको छ, भने त्यस दिन काटिएको कुश १२ वर्षसम्म प्रयोग गर्न सकिने धार्मिक मान्यता छ । वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व रहेको पाइन्छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार जालन्धर राक्षसकी पत्नी वृन्दाले विष्णुलाई श्राप दिने क्रममा झार र ढुंगााको जन्म होस भनेकाले विष्णुको कुशको रुपमा जन्म भएका उल्लेख छ । 

यसैगरी, वर्माले उत्पत्ति गरेका विभिन्न सन्ततिहरु जस्तै कुशको पनि उत्पति गरेको र यसले ति सन्ततिलाई काम गर्न सहज होस भनेर उत्पत्ति गराएको पुराणहरुमा उल्लेख छ । 

आयुर्वेदीक उपचारमा पनि कुशको ठूलो महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदीक औषधि बनाइन्छ । कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ । 

कुशलाई औषधिय रुपमा प्रयोग गरिन्छ । कुशलाई मासुमा राखेर खाने हो भने उच्च रक्तचाप भएका तथा युरिक एसिड भएकालाई फाइदा पुग्ने आयुर्वेद चिकित्सक बिपि तिमल्सीनाले बताए । कुश घरको मुल ढोका बाहिर माथि झुण्डयाउदा खराब तत्वहरु घर भित्रिदैन भन्ने मान्यता वास्तुशास्त्रमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ