arrow

आर्थिक मोडलमा यसकारण सफल छ जापान 

logo
अडैर टर्नर,
प्रकाशित २०७५ असोज ५ शुक्रबार
japan11.jpg

काठमाडाैं । धेरैजसो मानिसहरु जापानको आर्थिक मोडल असफल भयो भन्नेमा विश्वास गर्छन् । सन् १९९१ यता जापानको आर्थिक वृद्धिदरको औसत केवल ०.९ प्रतिशत मात्र छ । जबकी त्यसभन्दा अघिको २० वर्षमा उसको आर्थिक वृद्धिदरको औसत ४.५ प्रतिशत रहेको थियो । सुस्त वृद्धिदर, आर्थिक नोक्सानी र शून्यको हाराहारीमा रहेको मुद्रास्फीतिदरको कारण मुलुकको ऋण पनि कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को ५० प्रतिशतबाट बढेर २३६ प्रतिशतमा पुगेको छ । 

६ वर्षअघि जापानको प्रधानमन्त्रीको रुपमा सिन्जो अवे आएपछि भने जापान ‘अवेनोमिक्स’ अर्थात् अवेको आर्थिक नीतिमा चल्न थाल्यो । उनले मुलुकको मुद्रास्फीतिदर २ प्रतिशतसम्म पुर्‍याउने वाचा गरेका थिए । यद्यपि पाँच वर्षसम्म शून्य व्याजदर तथा अन्य समस्याहरुको कारण यो नतिजा हासिल हुन भने सकेन । जापानको उत्पादकत्व १.४ रहेको छ, जसमा शून्यको हाराहारीमा बसाइसराइको अर्थ अबको ५० वर्षमा जापानको जनशक्ति २८ प्रतिशतले घट्नसक्ने देखिन्छ । बुढा मानिसहरुको स्वास्थ्यसेवाको विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ भने आर्थिक नोक्सानी जीडीपीको ४ प्रतिशतमा चलिरहेको छ । 

यदि जापानलाई ऋणको संकट आउन नदिने हो भने करमा वृद्धि गरिनु र सार्वजनिक खर्चमा कटौती गर्दै आर्थिक नोक्सानी कम गर्नुपर्ने आवश्यकता देखिन्छ । साथै आर्थिक सुधारको लागि संरचनात्मक सुधारमा ध्यान दिनु अर्को महत्वपूर्ण पाटो हो । 

यी सबै समस्याहरुको बाबजुद पनि जापानको आर्थिक मोडल असफल भन्नु गलत हुनसक्छ । जापानले अहिले विभिन्न किसिमको समस्याहरुको सामना गरिरहेको छ तर उसका लागि केही फाइदाहरु पनि छन् भने जापानको ऋणको अवस्था पनि देखिएको जस्तो जटिल छैन । वास्तवमा भन्नुपर्दा जापानको जीडीपीमा वृद्धिदर विश्वका अन्य विकसित मुलुकहरुको तुलनामा कमजोर रहेको छ । साथै जनसंख्यामा देखिएको गिरावटको कारण यो क्रम अझै पनि केही समय जारी नै रहनसक्ने देखिन्छ । यद्यपि मानवीय हिसाबमा हेर्ने हो भने प्रतिव्यक्ति आयमा ध्यान दिनुपर्ने हुन्छ । 

प्रतिव्यक्ति आयको हिसाबमा भने जापान अगाडि रहेको छ । उसको प्रतिव्यक्ति आय वार्षिक हिसाबमा सन् २००७ यता ०.६५ प्रतिशतले बढिरहेको छ । यो नतिजा अमेरिकासँग बराबरको नतिजा हो भने बेलायत  फ्रान्सको भन्दा धेरै सुधारको नतिजा हो । बेलायतको प्रतिव्यक्ति आयमा ०.३९ प्रतिशतको वार्षिक वृद्धिदर हासिल भइरहेको छ भने फ्रान्सको लागि ०.३४ प्रतिशतको वृद्धि भइरहेको छ । यसले मानिसहरुको जीवनस्तरमा भने जापान अब्बल रहँदै आएको देखिन्छ । 

विगत २५ वर्षदेखि अमेरिकाको प्रतिव्यक्ति आयको वृद्धिदर अत्यधिक रहँदै आएको छ तर जापानको अर्थतन्त्र पनि धेरै डगमगाएको छैन । अत्यधिक तरलताको कारण अमेरिकी कामदारहरुको वास्तविक तलब अझै पनि अन्योल रहँदै आएको छ तर जापानको बेरोजगारी भने ३ प्रतिशतभन्दा पनि कम छ । समृद्धिको लागि जनताहरुको अवस्था पनि निकै महत्वपूर्ण हुन्छ । त्यसैको आधारमा अन्य मुलुकहरुसँग जापानको अर्थतन्त्रको तुलनामा हुने गरेको छ । 

विश्वको अपराधको हिसाबमा जापान निकै कम अपराध हुने मुलुक हो । जापानका सामाजिक मोडल पनि निकै राम्रो पाटो हो । जापानको अर्को सकारात्मक पक्ष पर्यटन हो । पर्यटनको हिसाबमा जापान निकै अगाडि रहेको छ । पछिल्लो १५ वर्षको अवधिमा जापान आउने पर्यटकहरुको संख्या ६० लाखबाट बढेर दुई करोडमा पुगेको छ । 

आज जे सही छ त्यही कुरा भोलिको दिनमा गलत साबित हुन पनि सक्छ । यो ध्रुवसत्य कुरा हो । यदि जापानको जन्मदर १.४ मै सीमिथ रहिरहने हो भने आगामी दिनमा जापानको लागि त्यो एक समस्याको विषय हुनसक्छ । यद्यपि अवकाश पाएका मानिसहरुसँगको काम गरिरहेकाहरुको अनुपात २.१ बाट झरेर १.३ मा आइपुगेको छ, त्यो जापानको लागि अर्को समस्याको विषय हो । जापानमा ६५ वर्षपछि पूर्ण अवकाशको नियम रहेको छ । यो सीमा बढाउने विषयमा अहिले छलफल जारी रहेको छ । यदि यो सीमा बढाएर ७० पुर्‍याउने हो भने यो अनुपात घटेर २०५० सम्मको अवधिमा १.८ मा पुग्नसक्ने देखिन्छ । 

प्रविधिको हिसाबमा जापान अगाडि नै रहेको छ । यसले पनि बुढा मानिसहरुलाई आर्थिकरुपमा सक्रिय राख्न सहयोग गर्नसक्ने देखिन्छ । सागै रोबोटको प्रयोगले वस्तु तथा सेवाको क्षेत्रमा थोरै जनशक्तिले पनि धेरै काम गर्नसक्छन् । जापानको विषयमा भन्नेहो भने रोबोटले रोजगारी खान्छ कि भन्ने आशंका शून्यप्रायः देखिन्छ । 

विश्वमा अत्यधिक मात्रामा देखिएका स्वचालित सम्भावनाहरु, उच्च र बढ्दो जीवनको अपेक्षा र घट्दो जनसंख्याको समस्या बढ्दो जनसंख्याको कारण अत्यधिक रोजगारी सिर्जना गर्नुपर्ने बाध्यतामा पिल्सिएका मुलुकहरुको तुलनामा राम्रो हो । सरकारी ऋण र असन्तुलित आर्थिक नोक्सानीको हिसाबमा पनि जापान सहज अवस्थामा बाहिर निस्किनसक्छ । जीडीपीको २३६ प्रतिशत ऋण रहेको मुलुकको आर्थिक सम्पत्ति धेरै रहेको कारण औसतमा यो नतिजा १५२ प्रतिशतमा आउने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको बुझाइ छ । 

जापानको केन्द्रीय बैंकको बोण्ड पनि जीडीपीको ९० प्रतिशतबराबर छ । यसरी सबै कुरालाई ध्यानमा राख्ने हो भने जापानको वास्तविक ऋण भने जीडीपीको ६० प्रतिशतको हाराहारीमा हुन आउँछ भने यसमा वृद्धि भने भएको देखिँदैन ।  जापानको मुद्रस्फीतिदर र वास्तविक वृद्धिदर स्थिररुपमा १ प्रतिशतले वृद्धि भइरहेको छ । यसले वास्तविक जीडीपीमा २ प्रतिशतको वृद्धि भएको देखाउँछ । बोण्डको विस्तार २ प्रतिशत रहेको छ, जसको ऋणको अनुपात पनि स्थिर रहनसक्ने देखिन्छ तर सरकारको प्रारम्भिक नोक्सानी भने जीडीपीको ४ प्रतिशतबराबरको रहेको छ । जसले वास्तविक हिसाबमा उसको नोक्सानी वार्षिक ५ प्रतिशत रहने देखाउँछ । 

जापानको अर्थतन्त्रको करिब करिब सबै लेखाजोखा यही हो । यसले जापान अहिले ठुलो चुनौतीहरुको सामना गर्नुपर्ने अवस्थामा नरहेको देखिन्छ । स्वास्थ्य सेवाको रकमले आर्थिक नोक्सानी थप बढाउनसक्छ । यसले जापानको लागि अहिले मध्यमसमयका केही योजनाहरु ल्याउनु जरुरी रहेको देखिन्छ भने जन्मदर बढ्नका लागि सहयोग पुग्ने कार्यक्रमहरु अघि सार्नु राम्रो हुनसक्छ । साथै प्राविधिक हिसाबमा थप सुधार गर्दै उमेर बढ्दै गएका मानिसहरुलाई सक्रिय राख्न सकेको खण्डमा जापान अथतन्त्रमा थप बलियो बन्नसक्छ । (प्रोजेक्ट सिण्डिकेटबाट भावानुवादित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ